03/08/2026
यूरोपियन युनियनको आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराध कार्यालय (UNODC) को प्राविधिक सहयोग र पिपुल फोरमसँगको सहकार्यमा राष्ट्रिय न्यायिक प्रतिस्ठानको आयोजनामा मिति २०८३।४।१६ र १७ मा धुलिखेलमा सञ्चालन गरिएको "प्रवासी तस्करी (Smuggling of Migrants) नियन्त्रण सम्बन्धी दुईदिने तालिम कार्यक्रम" सफलतापूर्वक सम्पन्न भएको छ।
राष्ट्रिय न्यायिक प्रतिष्ठानका पदाधिकारीहरु तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको उक्त तालिममा आप्रवासी तस्करीसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, अवधारणागत पक्ष, अनुसन्धान तथा अभियोजनका चुनौतीहरू तथा प्रभावकारी न्याय सम्पादनका विषयमा ज्ञान आदानप्रदान र अन्तरक्रियात्मक छलफल गरिएको थियो ।
यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने यूरोपियन युनियन, UNODC, राष्ट्रिय न्यायिक प्रतिष्ठान, स्रोत व्यक्तिहरू तथा सहभागीहरुमा पिपुल फोरम हार्दिक आभार व्यक्त गर्दछ ।