Doctors' Society Of Nepal -DSON

Doctors' Society Of Nepal -DSON Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Doctors' Society Of Nepal -DSON, Kanti Path, Kathmandu.
(2)

NAMS लगायत अन्य शिक्षण संस्थामा residents को रोकिएको stipend  पाउने बाटो खुल्यो।
16/06/2026

NAMS लगायत अन्य शिक्षण संस्थामा residents को रोकिएको stipend पाउने बाटो खुल्यो।

मेडिकल काउन्सिलको रजिस्ट्रार बन्न अध्यक्षभन्दा बढी योग्यता चाहिने! 😄😃अध्यक्ष हुन:• दर्तावाला चिकित्सकको रूपमा २० वर्षको ...
16/06/2026

मेडिकल काउन्सिलको रजिस्ट्रार बन्न अध्यक्षभन्दा बढी योग्यता चाहिने! 😄😃

अध्यक्ष हुन:
• दर्तावाला चिकित्सकको रूपमा २० वर्षको अनुभव भए पुग्ने,
• र कम्तिमा स्नातकोत्तर (PG) गरेको हुनुपर्ने।

तर रजिस्ट्रार हुन:
• PG गरेपछि सम्बन्धित क्षेत्रमा कम्तिमा १० वर्षको कार्य अनुभव चाहिने।

उदाहरणका लागि, २० वर्ष पुरानो MBBS र हालै PG गरेको व्यक्ति अध्यक्ष हुन सक्ने देखिन्छ, तर रजिस्ट्रार हुन PG पछिको १० वर्ष अनुभव चाहिन्छ।

रजिस्ट्रारको योग्यता अध्यक्षभन्दा कडा किन?

कानुन बनाउँदा गम्भीर छलफल भएकै थियो होला! 🤔

🤔

Ministry of Health and Population-Nepal

स्वास्थ्य मन्त्रालयद्वारा ८ निकायका पदाधिकारीका लागि आवेदन आह्वान:स्वास्थ्य मन्त्रालयले नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य...
16/06/2026

स्वास्थ्य मन्त्रालयद्वारा ८ निकायका पदाधिकारीका लागि आवेदन आह्वान:

स्वास्थ्य मन्त्रालयले नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य अनुसन्धान परिषद, स्वास्थ्य बीमा बोर्ड र शहीद गंगालाल हृदय केन्द्रसहित ८ वटा सार्वजनिक निकायका रिक्त पदाधिकारी पदका लागि दरखास्त आह्वान गरेको छ।

२०८३ जेठ २९ गते स्वीकृत नयाँ कार्यविधि अनुसार अब राजनीतिक भागबन्डाको सट्टा योग्यता प्रणाली (Merit System) का आधारमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिनेछ।

इच्छुक उम्मेदवारले आफ्नो सोचपत्र (Vision Paper) र रणनीतिक कार्ययोजना (Strategic Action Plan) सहित सूचना प्रकाशित भएको १० दिनभित्र (असार १२ गतेभित्र) मन्त्रालयमा भौतिक रूपमा वा अनलाइन मार्फत आवेदन दिन सक्नेछन्।

अतिरिक्त स्वास्थ्य सचिवको अध्यक्षतामा बन्ने समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा योग्य ३ जनाको नाम सिफारिस गर्नेछ।

15/06/2026

स्वास्थ्य सेवा विभाग भ्रष्टाचार प्रकरण: डा. संगीता मिश्रलाई पूर्ण सफाई, डा. श्रवण थापासहित ५ जना दोषी ठहर!!

15/06/2026

के तपाईं नेपाल मेडिकल काउन्सिल (NMC)बाट गुड स्ट्यान्डिङ प्रमाणपत्र लिने सोचमा हुनुहुन्छ? 🤔 नेपाल मेडिकल काउन्सिलको आधिकारिक वेबसाइट nmc.org.np मा गई अनलाइन आवेदन दिनुहोस्। थप जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्। 🩺🇳🇵

चिकित्सकहरूको आन्दोलन र नेपाल मेडिकल काउन्सिलको आग्रह पछि चिकित्सा शिक्षा आयोगले सबै विश्वविद्यालय र प्रतिष्ठानहरूलाई कड...
15/06/2026

चिकित्सकहरूको आन्दोलन र नेपाल मेडिकल काउन्सिलको आग्रह पछि चिकित्सा शिक्षा आयोगले सबै विश्वविद्यालय र प्रतिष्ठानहरूलाई कडा परिपत्र जारी गर्दै आवासीय चिकित्सक तथा इन्टर्नहरूको श्रम शोषण रोक्न निर्देशन दिएको छ।

आयोगले चिकित्सकहरूलाई नियमविपरीत दिन-रात अत्यधिक काममा खटाउने बेथिति बन्द गरी अनिवार्य रूपमा पाठ्यक्रमको परिधिभित्र मात्र सेवामा लगाउन निर्देशन दिएको छ भने कतिपय निजी मेडिकल कलेजहरूमा विद्यमान न्यून भत्ताको विभेद अन्त्य गर्दै अबदेखि सबै सम्बन्धन प्राप्त कलेजहरूमा सरकारी (आंगिक) अस्पताल सरह नै समान रूपमा इन्टर्नसिप भत्ता उपलब्ध गराउन कडा ह्वीप जारी गरेको छ।

🔴 ब्रेकिङ न्युज: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (NAMS), वीर अस्पतालले २४ घण्टा लगातार ड्युटी गरेका आवासीय चिकित्स...
15/06/2026

🔴 ब्रेकिङ न्युज:

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (NAMS), वीर अस्पतालले २४ घण्टा लगातार ड्युटी गरेका आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर) हरूलाई बिहानको वार्ड राउन्ड सकिएलगत्तै अनिवार्य रूपमा छुट्टी (Post-Duty Off) दिन परिपत्र जारी गरेको छ।

हाल चिकित्सा क्षेत्रमा युवा चिकित्सकहरूको Prolonged Duty Hours लाई लिएर ठूलो बहस चलिरहेको छ। यसै सन्दर्भमा SIMON का अध्य...
15/06/2026

हाल चिकित्सा क्षेत्रमा युवा चिकित्सकहरूको Prolonged Duty Hours लाई लिएर ठूलो बहस चलिरहेको छ। यसै सन्दर्भमा SIMON का अध्यक्ष डा. मुकुन्दप्रसाद काफ्लेज्यूले सामाजिक सञ्जालमार्फत पुराना पुस्ताले पनि ३६ घण्टा ड्युटी गरेको र लामो ड्युटीले स्वास्थ्यमा गम्भीर असर नपर्ने भन्दै आफ्नो अनुभव share गर्नुभएको छ।

नेतृत्व तहको यो बुझाइ सार्वजनिक भएपछि युवा चिकित्सकहरूले भने यसलाई व्यक्तिगत अनुभव भन्दा पनि आजको यथार्थका आधारमा हेर्नुपर्ने तर्क अघि सारेका छन्।

इन्टरनल मेडिसिनको पाठ्यपुस्तक Harrison's Principles of Internal Medicine मा स्पष्ट रूपमा लेखिएको छ:

“Prolonged and excessive duty hours for residents significantly impair physical and mental health, leading to burnout, depression, and an increased risk of medical errors."

बढ्दो कार्यबोझ र महँगो लगानीका बीच ३६ घण्टे अनिँदो ड्युटीले बिरामीको सुरक्षा (Patient Safety) र डाक्टरको स्वास्थ्य दुवै जोखिममा पार्ने भएकाले, पुराना अनुभवको सम्मान गर्दै अब अन्तर्राष्ट्रिय अभ्यास र आधुनिक चिकित्सा विज्ञानका स्थापित तथ्यका आधारमा Duty Hours परिमार्जन गरी Systemic Reform गर्नु आजको आवश्यकता हो। 🙏

“जेनजी को नाममा बनेको सरकार!जेनजी डाक्टरलाई न्याय दे!”अहोरात्र बिरामीको सेवामा खटिने आवासीय (Resident) र इन्टर्न चिकित्स...
13/06/2026

“जेनजी को नाममा बनेको सरकार!
जेनजी डाक्टरलाई न्याय दे!”

अहोरात्र बिरामीको सेवामा खटिने आवासीय (Resident) र इन्टर्न चिकित्सकहरू आज आफ्ना जायज मागहरू लिएर माइतीघरको सडकमा उत्रिनु परेको दृश्यले राज्यको स्वास्थ्य नीति र संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ।

ऐक्यबद्धता! 🤝


Photo: Rato Pati

हामिलाइ 36/36 घण्टाको Shift पनि गर्नु छैन । म Duty गर्न सक्दिन Burnout भए भनी anonymous post पनि गर्नु छ । रास्टृय तथा अ...
13/06/2026

हामिलाइ 36/36 घण्टाको Shift पनि गर्नु छैन । म Duty गर्न सक्दिन Burnout भए भनी anonymous post पनि गर्नु छ ।

रास्टृय तथा अन्तरास्टृय ध्यान यता खिचियोस भनि अरुले Organize गरिदिएको बिरोध कार्यक्रममा Presence देखाएर पनि समर्थन गर्नु छैन ।

Identity reveal नहोस भन्ने कुरा पनि ध्यानमा राखी Mask को समेत ब्यबस्था गरिदिदा पनि काठमाण्डौमै भएका डाक्टर हरुको सहभागिता यति कम हुनु निरासजनक हो ।

काठ्माण्डौमा भएका सबै Intern\Medical officer तथा Resident हरु माइतिघरमा सहभागी भै साथ दिनु होला ।

यति थोरै सहभागिताले त majority resident 36 hour shift ले खुसी छन 2/4 जना अल्छिहरु मात्र उफ्रेका हुन भन्ने Message जान्छ ।

✍️Dr. Bikash Sitaula

Address

Kanti Path
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Doctors' Society Of Nepal -DSON posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share