Vishwa Hindu Parishad, Nepal

Vishwa Hindu Parishad, Nepal Official page of Vishwa Hindu Parishad, Nepal (An ideologically Hindutva based Non-Governmental organization.)

 #बाढी_प्रभावित_क्षेत्रमा_तत्काल_उद्धारमा_जुटौँभोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलग...
26/08/2026

#बाढी_प्रभावित_क्षेत्रमा_तत्काल_उद्धारमा_जुटौँ
भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा उत्पन्न विपद्को यस घडीमा विश्व हिन्दू परिषद् नेपालका सम्पूर्ण स्वयंसेवक तथा कार्यकर्ताहरूलाई प्रभावित क्षेत्रमा तत्काल परिचालित भई उद्धार कार्यमा जुट्न हार्दिक अनुरोध गर्दछौँ।

स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा सम्बन्धित निकायसँग समन्वय गरी जोखिममा रहेका नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण तथा आवश्यक राहत व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गर्दछौँ।

बाढीका कारण भएको जनधनको क्षतिप्रति परिषद् गहिरो दुःख व्यक्त गर्दछ। ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

विपद्को यस घडीमा—उद्धार, सेवा र सहयोगका लागि एकजुट बनौँ।

– विश्व हिन्दू परिषद् नेपाल


PMO Nepal Nepal Police हेलो गृह मन्त्रालय - Ministry of Home Affairs - Nepal B***n fans

🚩 विश्व हिन्दू परिषद् नेपाल गण्डकी प्रदेश को योजना बैठक पोखरामा सम्पन्न भएको छ। गण्डकी प्रदेशअध्यक्षमा पूर्व न्यायाधीश श...
23/08/2026

🚩 विश्व हिन्दू परिषद् नेपाल गण्डकी प्रदेश को योजना बैठक पोखरामा सम्पन्न भएको छ। गण्डकी प्रदेशअध्यक्षमा पूर्व न्यायाधीश श्रीमान् रामचन्द्र पौडेल जी प्रदेश युवा विभाग संयोजक श्री राम सुनार, कास्की जिल्ला अध्यक्षमा नेपाली सेनाका पूर्व मेजर श्री लेखनाथ खनाल जी कास्की जिल्ला युवा विभाग संयोजक श्री सन्तोष पोखरेल जी तथा पोखरा महानगरपालिका युवा विभाग संयोजक श्री नारायण भण्डारी जी लगायत को नेतृत्वमा समिति विस्तार र गठन भएको छ। नव दायित्वधारी सम्पूर्णमा कार्यकर्ता ज्यू हरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
जय श्रीराम 🚩 🙏
नेपाल आमाको जय 🚩 🙏

विश्व हिन्दू परिषद् नेपाल, सप्तरी जिल्ला स्तरीय वार्षिक योजना बैठक–२०८३ सम्पन्नराजविराज । विश्व हिन्दू परिषद् नेपाल, सप्...
20/08/2026

विश्व हिन्दू परिषद् नेपाल, सप्तरी जिल्ला स्तरीय वार्षिक योजना बैठक–२०८३ सम्पन्न

राजविराज । विश्व हिन्दू परिषद् नेपाल, सप्तरीको जिल्ला स्तरीय वार्षिक योजना बैठक–२०८३ राजविराज नगरपालिका स्थित साह सेवा (साह धर्मशाला) मा सम्पन्न भएको छ।

बैठकका क्रममा विश्व हिन्दू परिषद् नेपाल, सप्तरी जिल्ला समितिमा विभिन्न जिम्मेवारीसमेत प्रदान गरिएको छ। दिवाकर प्रसाद झालाई जिल्ला धर्म प्रसार प्रमुख, श्री सचिन्द्र प्रसाद यादवलाई जिल्ला सम्पर्क विभाग प्रमुख, श्री सूर्य नारायण साहलाई जिल्ला प्रचार प्रमुख तथा श्री प्रमोद कुमार चौधरीलाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरिएको हो।

नवदायित्व प्राप्त सम्पूर्ण कार्यकर्ताहरूलाई छिन्नमस्ता विभाग सेवा विभाग प्रमुख श्री दिगम्बर यादवले चन्दन लगाई स्वागत तथा शुभकामना व्यक्त गर्नुभयो।

यसै अवसरमा राजविराज नगरपालिका समिति समेत गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा श्री अखिलेश देव, उपाध्यक्षमा श्री देवकृष्ण चौधरी, सचिवमा श्री धनेश्वर प्रसाद यादव तथा सहसचिवमा श्री कृष्णदेव देव चयन हुनुभएको छ। उहाँहरूलाई छिन्नमस्ता विभाग अध्यक्ष श्री रामकिसुन साहले चन्दन लगाई स्वागत तथा सफल कार्यकालको शुभकामना दिनुभयो।

बैठकमा संगठन विस्तार, हिन्दू समाजको संगठनात्मक सुदृढीकरण तथा आगामी कार्ययोजनाका विषयमा महत्वपूर्ण छलफल भएको थियो।

नवनियुक्त तथा नवगठित समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

जय श्रीराम 🚩

#विश्वहिन्दूपरिषदनेपाल #सप्तरी #राजविराज #वार्षिकयोजनाबैठक #संगठनविस्तार #जयश्रीराम

नाग पञ्चमीको हार्दिक शुभकामना 🐍🙏नाग पञ्चमीको पावन अवसरमा सम्पूर्ण सनातनी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभका...
17/08/2026

नाग पञ्चमीको हार्दिक शुभकामना 🐍🙏

नाग पञ्चमीको पावन अवसरमा सम्पूर्ण सनातनी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना।

नाग देवताको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, आरोग्य तथा दीर्घायु प्राप्त होस्। घर–परिवारमा सदा सुख, शान्ति र समृद्धि छाओस् भन्ने हार्दिक मंगलकामना।

शुभेच्छुक:
विश्व हिन्दू परिषद् नेपाल
सेवा, सुरक्षा र संस्कार हाम्रो आधार।

#नागपञ्चमी #नागपञ्चमीकोशुभकामना #हार्दिकशुभकामना #सनातनधर्म #हिन्दूसंस्कृति #नागदेवता #जयश्रीराम #ॐनमःशिवाय #विश्वहिन्दूपरिषदनेपाल

स्व. गणेश कुमार यादवको परिवारलाई विश्व हिन्दू परिषद् नेपालद्वारा सहयोगसिरहा, २५ साउन । कप्तानगञ्ज घटनामा ज्यान गुमाएका १...
10/08/2026

स्व. गणेश कुमार यादवको परिवारलाई विश्व हिन्दू परिषद् नेपालद्वारा सहयोग

सिरहा, २५ साउन । कप्तानगञ्ज घटनामा ज्यान गुमाएका १७ वर्षीय स्व. गणेश कुमार यादवको परिवारलाई विश्व हिन्दू परिषद् नेपालले रु. १ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ।

परिषद्का राष्ट्रिय उपाध्यक्ष श्री रघुनाथ प्रसाद साह, मधेश प्रदेश अध्यक्ष राम विलास राय, सचिव रुप कुमार न्यौपाने, संगठन सचिव श्री जंग बहादुर सिंह तथा सिरहा अध्यक्ष शिवदेव साह र धनुषा जिल्लाका अध्यक्ष संतोष कुमार साह सहितका पदाधिकारी एवं कार्यकर्ताको उपस्थितिमा आज सहयोग रकम हस्तान्तरण गरिएको हो।

परिषद्ले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा परिवारको साथमा रहेको जनाएको छ। घटनामा घाइते सुभाष कुमार ठाकुरलाई समेत उपचारका लागि रु. ११ हजार आर्थिक सहयोग उपलब्ध गराइएको छ।

विश्व हिन्दू परिषद् नेपालले संकटमा परेका परिवारलाई सहयोग गर्नु आफ्नो सामाजिक तथा मानवीय दायित्व भएको उल्लेख गर्दै आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

स्व. गणेश कुमार यादवप्रति भावपूर्ण श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना। 🕯️

#विश्वहिन्दूपरिषदनेपाल #गणेशकुमारयादव #कप्तानगञ्ज #पीडितसहयोग #मानवीयसेवा #श्रद्धाञ्जली

 #सनातनी वीर ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवारप्रति विश्व हिन्दू परिषद् नेपालको समवेदनाविश्व हिन्दू परिषद् नेपा...
09/08/2026

#सनातनी वीर ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवारप्रति विश्व हिन्दू परिषद् नेपालको समवेदना

विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष श्री पुरुषोत्तम भण्डारी र राष्ट्रिय संगठन सचिव श्री प्रल्हाद रेग्मीको उपस्थितिमा सनातनी वीर ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवारजनलाई भेट गरी गहिरो समवेदना व्यक्त गरिएको छ।

परिषद्का तर्फबाट दुवै परिवारलाई एक–एक लाख रुपैयाँ नगदसहित समवेदना पत्र प्रदान गरिएको छ। साथै, दुवै वीरको चितामा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरिएको छ।

विश्व हिन्दू परिषद् नेपाल दिवंगत वीरहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ।

ॐ शान्तिः शान्तिः शान्तिः।

#विश्वहिन्दूपरिषदनेपाल #श्रद्धाञ्जली #समवेदना #सनातनीवीर #ओमप्रकाशमेहता #जयप्रकाशमेहता

 #कप्तानगञ्ज घटनाका पीडित परिवारलाई विश्व हिन्दू परिषद् नेपालको  #आर्थिक सहयोग ।मृतक परिवारलाई रु. १ लाख र घाइते परिवारल...
08/08/2026

#कप्तानगञ्ज घटनाका पीडित परिवारलाई विश्व हिन्दू परिषद् नेपालको #आर्थिक सहयोग ।
मृतक परिवारलाई रु. १ लाख र घाइते परिवारलाई रु. ११ हजार सहयोग गर्ने घोषणा

काठमाडौं । कप्तानगञ्ज घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई जनही रु. १ लाख तथा घाइते प्रत्येक परिवारलाई रु. ११ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय विश्व हिन्दू परिषद् नेपालले गरेको छ।
घटनापछि उपचाररत घाइतेहरूको अवस्थाबारे जानकारी लिँदै परिषद्ले पीडित परिवारलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
यसै क्रममा आज अस्पतालमा उपचाररत दुई जना घाइतेलाई जनही रु. ११ हजारका दरले आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ। सहयोग रकम हस्तान्तरण गर्दै विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय संगठन सचिव श्री प्रह्लाद रेग्मीले पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै दुःखको यस घडीमा परिषद् पीडितहरूको साथमा रहेको बताउनुभयो।
परिषद्का अनुसार कप्तानगञ्ज घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदान गरिने रु. १ लाखको सहयोग रकम भोलि विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष श्रीमान् पुरुषोत्तम भण्डारीज्यूको उपस्थितिमा हस्तान्तरण गरिनेछ।
विश्व हिन्दू परिषद् नेपालले पीडित परिवारलाई आवश्यक मानवीय सहयोग उपलब्ध गराउनु आफ्नो सामाजिक दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा समेत पीडित तथा प्रभावित परिवारको साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ।

- विश्व हिन्दू परिषद् नेपाल
सेवा, संस्कार र समाजको हितमा समर्पित
#विश्वहिन्दूपरिषद्ननेपाल #कप्तानगञ्जघटना #पीडितपरिवार #आर्थिकसहयोग #मानवीयसेवा #राहतसहयोग #घाइतेकोसहयोग #मृतकपरिवार #सेवाभाव #सामाजिकसेवा #हिन्दूसमाज #एकताऔरसेवा

04/08/2026
31/07/2026

Breaking News !
धारिलो हतियार प्रहार भएको छ । मन्दिरभरि रगतको छिटा परेको छ ।

Address

Matatirtha
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Vishwa Hindu Parishad, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Vishwa Hindu Parishad, Nepal:

Shortcuts

Share