Cartoonists' Club of Nepal - CCN

Cartoonists' Club of Nepal - CCN The Organization of Nepalese cartoonists.

हार्दिक श्रद्धाञ्जली !​कार्टुनिस्ट क्लब अफ नेपालका सदस्य, हाम्रा मित्र, कलाकार तथा कार्टुनिस्ट अकृन अधिकारीका पूजनीय पित...
07/05/2026

हार्दिक श्रद्धाञ्जली !

​कार्टुनिस्ट क्लब अफ नेपालका सदस्य, हाम्रा मित्र, कलाकार तथा कार्टुनिस्ट अकृन अधिकारीका पूजनीय पिता स्व. शिवलाल अधिकारीको असामयिक निधनले हामी सम्पूर्ण क्लब परिवार मर्माहत र स्तब्ध भएका छौँ।

​दिवंगत आत्माको १३औँ दिनको पुण्य तिथिको अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त सम्पूर्ण अधिकारी परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ।

-​कार्टुनिस्ट क्लब अफ नेपाल

कार्टुन प्रदर्शनीमा सहभागिताको लागि आह्वान!कार्टुनिस्ट क्लब अफ नेपाल (CCN) सँगको सहकार्य र नेपाल ललितकला प्रज्ञा प्रतिष्...
09/03/2026

कार्टुन प्रदर्शनीमा सहभागिताको लागि आह्वान!

कार्टुनिस्ट क्लब अफ नेपाल (CCN) सँगको सहकार्य र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (NAFA), राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA)को आयोजना निकट भविष्यमै हुन गइरहेको विपद व्यवस्थापनका बिषयहरुमा विशेष कार्टुन प्रदर्शनीमा सहभागी हुन इच्छुक सम्पूर्ण कार्टुनिस्टहरुमा हार्दिक आह्वान गरिन्छ।

​यस प्रदर्शनीमार्फत विपद व्यवस्थापन जस्तो संवेदनशील विषयमा व्यंग्य र कलाको माध्यमबाट जनचेतना फैलाउन हामी यहाँहरूको सहभागिताको अपेक्षा गर्दछौं।

​कसरी सहभागी हुने?

सहभागी हुन इच्छुक कलाकारहरूले तल दिइएको गुगल फर्म (Google Form) भरि आफ्नो नाम दर्ता गराउनुहोला।

​दर्ता फारमको लिङ्क: https://docs.google.com/forms/d/e/1FAIpQLSe7kF9NEN79XcKjYxW2UBwof82WtsHpHQr8bNzr4N5s5TgJ8A/viewform

​महत्वपूर्ण मिति तथा जानकारी:
​नाम दर्ता गर्ने अन्तिम मिति: २०८२/११/२४ गते भित्र (बिचमा चुनाव परेकोले नाम दर्ता आज २५ गते ५ बजेसम्म कायम गरिएको छ)।
अभिमुखीकरण मिति: २०८२/११/२७ गते।
स्थान: नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्साल)

​⚠️ विशेष नोट (अनिवार्य शर्त):
प्रदर्शनीको तयारी र विषयवस्तुको स्पष्टताका लागि फागुन २७ गते आयोजना गरिने अभिमुखीकरण कार्यशाला (Orientation Workshop) मा सहभागी हुनु अनिवार्य छ। उक्त कार्यशालामा उपस्थित नहुने कलाकारहरूको सिर्जना प्रदर्शनीमा समावेश गर्न असमर्थ हुने व्यहोरा जानकारी गराइन्छ।

​समयमै आफ्नो नाम दर्ता गराई यो महत्वपूर्ण अभियानमा सहभागी हुनुहोला!
(दोस्रो सूचना, म्याद हिजै सकिएको र कोहि छुट्नुभएको भए, आझ बेलुका ५ बजेसम्म फारम भर्नुहोला । )

​थप जानकारीका लागि:
इमेल: [email protected]

​- कार्टुनिस्ट क्लब अफ नेपाल (CCN)

नेपाल कार्टुनिस्ट क्लब र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हुन गइरहेको विपद व्यवस्थापन सम्ब....

कार्टुन प्रदर्शनीमा सहभागिताको लागि आह्वान!​कार्टुनिस्ट क्लब अफ नेपाल (CCN) र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (NAFA) को...
28/02/2026

कार्टुन प्रदर्शनीमा सहभागिताको लागि आह्वान!

​कार्टुनिस्ट क्लब अफ नेपाल (CCN) र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (NAFA) को सहकार्यमा निकट भविष्यमै हुन गइरहेको विपद व्यवस्थापनका बिषयहरुमा विशेष कार्टुन प्रदर्शनीमा सहभागी हुन इच्छुक सम्पूर्ण कार्टुनिस्टहरुमा हार्दिक आह्वान गरिन्छ।

​यस प्रदर्शनीमार्फत विपद व्यवस्थापन जस्तो संवेदनशील विषयमा व्यंग्य र कलाको माध्यमबाट जनचेतना फैलाउन हामी यहाँहरूको सहभागिताको अपेक्षा गर्दछौं।

​कसरी सहभागी हुने?

सहभागी हुन इच्छुक कलाकारहरूले तल दिइएको गुगल फर्म (Google Form) भरि आफ्नो नाम दर्ता गराउनुहोला।

​दर्ता फारमको लिङ्क: https://docs.google.com/forms/d/e/1FAIpQLSe7kF9NEN79XcKjYxW2UBwof82WtsHpHQr8bNzr4N5s5TgJ8A/viewform

​महत्वपूर्ण मिति तथा जानकारी:
​नाम दर्ता गर्ने अन्तिम मिति: २०८२/११/२४ गते भित्र।अभिमुखीकरण मिति: २०८२/११/२७ गते।
स्थान: नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्साल)

​⚠️ विशेष नोट (अनिवार्य शर्त):
प्रदर्शनीको तयारी र विषयवस्तुको स्पष्टताका लागि फागुन २७ गते आयोजना गरिने अभिमुखीकरण कार्यशाला (Orientation Workshop) मा सहभागी हुनु अनिवार्य छ। उक्त कार्यशालामा उपस्थित नहुने कलाकारहरूको सिर्जना प्रदर्शनीमा समावेश गर्न असमर्थ हुने व्यहोरा जानकारी गराइन्छ।

​समयमै आफ्नो नाम दर्ता गराई यो महत्वपूर्ण अभियानमा सहभागी हुनुहोला!

​थप जानकारीका लागि:
इमेल: [email protected]

​- कार्टुनिस्ट क्लब अफ नेपाल (CCN)

नेपाल कार्टुनिस्ट क्लब र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हुन गइरहेको विपद व्यवस्थापन सम्ब....

26/11/2025

नेपालको ‘निशाना छाप’का सर्जक मध्येका एक कलाकार हिमालय गौतमको जीवन यतिबेला निकै कठिन मोडमा आइपुगेको छ।

​जीवनका ३ दशक भन्दा बढी कार्टुन, दृष्टान्त चित्र, पेन्टिङ लगायत ललितकलाका विभिन्न विधामा योगदान पुर्याउनु भएका गौतम कार्टुनिस्ट क्लब अफ नेपालका संस्थापक सदस्य हुनुहुन्छ । उहाँ आज श्वास-प्रश्वासको गम्भीर समस्यासँग जुधिरहनुभएको छ।

विगत १२ वर्षदेखि दमको व्यथाले गाँजेका गौतमलाई २ हप्ता अघि अचानक गाह्रो भएर अस्पताल लगिएको थियो । अस्पतालको उपचारले समेत निको नभएपछि घरमा ल्याइएको छ। र उहाँको अवस्था गम्भीर छ।

गौतमको सिर्जना आज हरेकसरकारी कागजपत्रको टाउकोमा सानसाथ बसेको छ । तर आज तिनै सर्जक जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहँदा राज्य बेखबर छ । त्यो विडम्बना हो।
​हामी नेपाल सरकार, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सम्बन्धित निकायसँग आग्रह गर्दछौं— यी सर्जकको योगदानको कदर गरियोस्। उहाँको स्वास्थ्य अवस्थाप्रति तत्काल चासो देखाइयोस्।

​हिमालय गौतमजीको शीघ्र स्वास्थ्यलाभको कामना !

Address

Dhumbarahi
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779808283886

Alerts

Be the first to know and let us send you an email when Cartoonists' Club of Nepal - CCN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Cartoonists' Club of Nepal - CCN:

Shortcuts

Share