22/05/2026
सूचना
नमस्ते बचत तथा ऋण सहकारी संस्था लि.
ललितपुर
ब्याजदर परिवर्तन सम्बन्धी सूचना
यस नमस्ते बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिको निर्णय तथा नेपाल सरकार एवं नियामक निकायबाट समय–समयमा निर्धारण हुने समय सान्दर्भिक ब्याजदर (सन्दर्भ ब्याजदर) लाई आधार मानी, संस्थामा लागू विभिन्न बचत खाताहरूको बचत ब्याजदरमा १% (एक प्रतिशत) ले घटाई मिति २०८३/०२/१० गतेदेखि लागू हुने व्यहोरा सम्पूर्ण सदस्य तथा सरोकारवालाको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
संस्थाले प्रचलित कानुन, नेपाल सरकारको नीतिगत व्यवस्था तथा समय सान्दर्भिक ब्याजदर सम्बन्धी निर्देशन अनुरूप ब्याजदर निर्धारण तथा लागू गर्ने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ।
परिवर्तित ब्याजदर सम्बन्धी थप जानकारी संस्थाको कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
संस्थाको तर्फबाट
नमस्ते बचत तथा ऋण सहकारी संस्था लि.
ललितपुर
अध्यक्ष