22/06/2026
रामेछाप जिल्लाको मन्थली नगरपालिका, वडा नं. ८, चिसापानीको ठुलो चउरमा नागरिकहरुको अपनत्व हुने गरि "प्याराफिट सहितको खेल मैदान" निर्माण गर्न आवस्यक लागत वडा र जनसहभागिताबाट जुटाउने लक्ष्य अनुरुप वडा अध्यक्ष श्री गोपाल श्रेष्ठ ज्यु ले यहि २०८३ जेठ २ गते शनिबार, बिहान भृकुटीमण्डप, काठमाडौंमा नगर प्रमुख श्री लब श्रेष्ठको समेत सहभागितामा चिसापानीसङ्ग सरोकार राख्ने संघ/सस्था र चिसापानी निवासी नागरिकहरु सङ्ग छलफल गरि परियोजना सम्पन्न बनाउन गर्नु भएको आव्हानलाई सार्थक बनाउन चिसापानीसङ्ग सरोकार राख्ने संघ/सस्था र चिसापानी निवासी नागरिकहरुको प्रतिनिधित्व रहने गरि गठित "चिसापानीको ठूलो चउरमा प्याराफिट सहितको खेल मैदान निर्माण सहयोग समिति, काठमाडौं" को संयोजक सस्थाको तर्फबाट सम्पुर्ण सहयोगी सस्था एवं शुभचिन्तकहरुमा हार्दिक आभार प्रकट गर्दछौं ।
तपाईंहरुको न्यानो साथसहयोगले "प्याराफिट सहितको खेल मैदान" बनाउन संकलित रू.१०,००,४४८/- (अक्षेरुपी: दश लाख चार सय अठचालीस, मात्र) सहयोग रकम मिति २०८३ असार ७ गते, शनिबारका दिन ८ नं. वडा कार्यालय (चिसापानी वडा कार्यालय अाठ) चिसापानीमा एक समारोह बिच वडा अध्यक्ष श्री गोपाल श्रेष्ठ ज्यु को रोहबरमा निर्माण समितिका अध्यक्ष श्री भक्त बहादुर श्रेष्ठ ज्यु लाई हस्तान्तरण गरिएको छ । यो अभियानमा नैतिक एवं आर्थिक सहयोग गर्नु हुने सम्पुर्ण सस्था एवं शुभचिन्तकहरुमा पुनः आभार प्रकट गर्दछौ ।
धन्यवाद ।
चिसापानी ठुलो चउर खेल मैदान निर्माण सहयोग समिति, काठमाडौं
संयोजक, चिसापानी जनकल्याण समाज, (रामेछाप) काठमाडौंका अध्यक्ष श्री राजेन्द्र श्रेष्ठ,
उपाध्यक्ष, नागरिक समाज, चिसापानी-काठमाडौंको तर्फबाट श्री बिक्रम कुमार श्रेष्ठ,
सचिब- चिसापानी गढी सरक्षण तथा विकास समाजका श्री गणेश कुमार श्रेष्ठ,
उपसचिब- सल्लेपानी सामाजिक सस्थाका सुर्य बहादुर माझि
कोषाध्यक्ष - स्टार युनिभर्सका श्री रमेश श्रेष्ठ,
सदस्य - ब्राइट स्टार ग्रुप, काठमाडौंका श्री विशाल श्रेष्ठ,
भिमेश्वरी युवा समुह, सल्लेरी, चिसापानीका श्री अर्जुनकुमार श्रेष्ठ,
मिलिजुली युवा समाज, चिसापानी ।
चिसापानी भक्तपुर मिलन समाज, भक्तपुर ।