07/07/2026
रामेछाप बाबियाखर्क समाज १५ वर्षपछि सफलतापूर्वक नवीकरण हुन सफल भएको सुखद अवसरमा अध्यक्षज्यू तथा यस नवीकरण प्रक्रियालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अमूल्य योगदान पुर्याउनुहुने सम्पूर्ण पदाधिकारी, सल्लाहकार, सदस्य तथा शुभेच्छुकहरूप्रति हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौं ।
लामो समयपछि संस्थाको विधिवत् नवीकरण हुनु केवल प्रशासनिक प्रक्रिया पूरा हुनु मात्र होइन, यो हाम्रो समाजको एकता, प्रतिबद्धता, जिम्मेवारी र सामूहिक प्रयासको महत्वपूर्ण उपलब्धि पनि हो। यस सफलताले संस्थालाई अझ सुदृढ, व्यवस्थित, सक्रिय र प्रभावकारी रूपमा अगाडि बढ्दै सामाजिक सेवा, आपसी सद्भाव, सहयोग तथा बाबियाखर्कवासीहरूको हित र विकासका लागि थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास लिएका छौ ।
आगामी दिनहरूमा पनि रामेछाप बाबियाखर्क समाजले समुदायबीचको एकता अझ मजबुत बनाउँदै शिक्षा, स्वास्थ्य, सामाजिक उत्तरदायित्व, सांस्कृतिक संरक्षण तथा नयाँ पुस्तालाई जोड्ने विविध रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै उदाहरणीय सामाजिक संस्थाका रूपमा स्थापित हुँदै जाने व्यक्त गर्दछौं ।
रामेछाप बाबियाखर्क समाज
२०८३/०३/२३
सोमबार
रामेछाप बाबियाखर्क समाज