Disabled Friend Nepal-DFN

Disabled Friend Nepal-DFN Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Disabled Friend Nepal-DFN, Non-Governmental Organization (NGO), Makalbari, Gokarneshwor, Kathmandu.

नेपालका महिला तथा नारीवादी मूलधारमा विविध अपाङ्गता भएका महिला तथा बालिकाको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व सुनिश्चित ग...
29/05/2026

नेपालका महिला तथा नारीवादी मूलधारमा विविध अपाङ्गता भएका महिला तथा बालिकाको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्ने” राष्ट्रिय संवाद कार्यक्रममा अपाङ्ग साथी नेपालका सदस्य उमा पौडेल सहभागी हुनूभएको छ
आमन्त्रणका लागि Blind Women Association Nepal प्रति हार्दिक धन्यवाद। समावेशी नेतृत्व, समान अवसर र सबैको आवाजलाई नीतिगत तहसम्म पुर्‍याउन सामूहिक प्रतिबद्धता आवश्यक छ। ♿

अपाङ्गता भएका महिलाहरूको वर्तमान अवस्था, चुनौती तथा पहुँच विस्तारका लागि गरिएका प्रयास सम्बन्धी विषयमा आयोजित अन्तरक्रिय...
02/05/2026

अपाङ्गता भएका महिलाहरूको वर्तमान अवस्था, चुनौती तथा पहुँच विस्तारका लागि गरिएका प्रयास सम्बन्धी विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा DFN का सदस्य उमा पौडेलज्यूको सक्रिय सहभागिता रहेको थियो।
यस प्रकारका संवाद र सहकार्यले अपाङ्गता भएका महिलाहरूको सशक्तिकरण, नेतृत्व विकास तथा अधिकार सुनिश्चिततामा थप सहयोग पुग्ने विश्वास DFN ले व्यक्त गर्दछ। कार्यक्रम आयोजना गरेको Blind Women Association Nepal प्रति धन्यवाद व्यक्त गर्दछौं।

सम्पूर्ण सार्वजनिक सवारी साधनहरू मानव मैत्री / अपाङ्ग मैत्री हुन आवश्यक छ ।सरकारले सातै प्रदेशमा महिलाहरूको सुरक्षालाई ध...
07/04/2026

सम्पूर्ण सार्वजनिक सवारी साधनहरू मानव मैत्री / अपाङ्ग मैत्री हुन आवश्यक छ ।

सरकारले सातै प्रदेशमा महिलाहरूको सुरक्षालाई ध्यानमा राखी ब्लुबस सञ्चालन गर्ने तयारी भइरहेको छ । त्यसरी सञ्चालनमा ल्याइने सवारी साधन कस्तो हुनुपर्दछ त ? यस विषयमा सरकारको ध्यान पुग्न आवश्यक छ किनकि हामीले महिलाहरूको सुरक्षाको दृष्टिकोणबाट सञ्चालनमा ल्याएका सवारी साधनहरू अपाङ्गता भएका महिलाहरूले प्रयोग गर्नै नसक्ने अवस्थाको त हुँदैन !!!
सरकार लगाएत सबै जनसमुदायले ध्यान दिनुहोला यस विषयमा सबैको ध्यानाकर्षण होस् अपाङ्गता भएका महिलाहरू अन्यायमा परेको महसुस गर्ने अवस्था सिर्जना नहोस् ।

बधाइ तथा सम्मान कार्यक्रम !!!!
06/04/2026

बधाइ तथा सम्मान कार्यक्रम !!!!

19/03/2026
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दिदि बहिनीहरुमा हार्दिक  शुभकामना/ आफ्नो हक र सुरक्षा को लागि आफै बोल्ने साहस राखनुप...
08/03/2026

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दिदि बहिनीहरुमा हार्दिक शुभकामना/ आफ्नो हक र सुरक्षा को लागि आफै बोल्ने साहस राखनुपर्छ , किनकि हाम्रो आफ्नो आवाज नै हाम्रो शक्ति हो , अरु कसैले सधै हाम्रो लागि बोल्दैनन्, त्यसैले हामी नारीहरु अझ बलियो , सचेत र आत्मविसवासी बन्नु पर्छ ,

जय नारी_जय देश
#महिला_दिवस #नारीशक्ति_जय नारी #जय देश
#महिला _सशक्तिकरण

देशको विकासको लागि ,देशप्रति साँचो माया गर्ने र नयाँ सोच सहितको नेतृत्व लिन सक्ने व्यक्तिलाई मतदान गरौ , आफ्नो अमुल्य मत...
05/03/2026

देशको विकासको लागि ,देशप्रति साँचो माया गर्ने र नयाँ सोच सहितको नेतृत्व लिन सक्ने व्यक्तिलाई मतदान गरौ , आफ्नो अमुल्य मत खेर जान नदीऔ , सचेत नागरिक बनौ , जिम्मेवार निर्णय गरौ

#देशको _विकास #सचेत _मतदान #नयाँ _नेतृत्व
#देशप्रेम #मेरो _मत _मेरो अधिकार

अपाङ्गता भएको ब्यक्तिले ४ पाग्रे स्कुटर लिएर मतदान केन्द्रमा जान सवारीसाधनको अनुमती लिनु पर्छ कि पर्दैन भनेर धेरै ले म्य...
05/03/2026

अपाङ्गता भएको ब्यक्तिले ४ पाग्रे स्कुटर लिएर मतदान केन्द्रमा जान सवारीसाधनको अनुमती लिनु पर्छ कि पर्दैन भनेर धेरै ले म्यासेज गर्नु भएको रहेछ यो सबै साथिहरुलाइ सुचना हो यदि अपाङ्गता भएको ब्यक्ती हुनुहुन्छ भने तपाइले १ जना सहयोगी समेत साथमा राखेर तपाइको ४ चक्के स्कुटर लिएर मतदान गर्न जान सक्नु हुन्छ । तर त्यस्ता साधानले निर्बाचन केन्द्रमा अन्य धेरै ब्यक्तिहरुलाइ ल्याउने लाने नगर्नु होला तपाइको साधान तपाइको आफ्नु मताधिकार प्रयोग गर्ने सन्दर्भमा प्रयोग गर्न सक्नु हुने छ । उल्लेखित पत्रको बुदा न.( च ) हेर्न सक्नु हुनेछ ।

आज राष्ट्रिय आदिवासी महिला फोरमद्वारा आयोजित डिजिटल सुरक्षा सम्बन्धी कार्यशालामा सहभागी हुन पाउँदा अत्यन्त खुशी लागेको छ...
27/02/2026

आज राष्ट्रिय आदिवासी महिला फोरमद्वारा आयोजित डिजिटल सुरक्षा सम्बन्धी कार्यशालामा सहभागी हुन पाउँदा अत्यन्त खुशी लागेको छ। आदिवासी महिला नेतृहरूलाई डिजिटल सुरक्षाबारे सशक्त बनाउन यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गर्नु भएकोमा National Indigenous Women Forum प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। सुरक्षित, सचेत र सशक्त डिजिटल भविष्यतर्फको यो कदम प्रशंसनीय छ। @

“अपाङ्गता भएको व्यक्ति दयाको पात्र होइन, अवसरको खाँचोमा हुन्छ।अपाङ्गता भएका दाजुभाइ–दिदीबहिनीहरू मिलेर आफ्ना अधिकारका ला...
23/02/2026

“अपाङ्गता भएको व्यक्ति दयाको पात्र होइन, अवसरको खाँचोमा हुन्छ।
अपाङ्गता भएका दाजुभाइ–दिदीबहिनीहरू मिलेर आफ्ना अधिकारका लागि आवाज उठाऔँ, एकजुट बनौँ र आफ्नो भविष्य आफैं बलियो बनाऔँ।”

Address

Makalbari, Gokarneshwor
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Disabled Friend Nepal-DFN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share