हाम्रो पीडा, हाम्रो आवाज नेपाल-Our Pain, Our Voice Nepal

  • Home
  • Nepal
  • Kathmandu
  • हाम्रो पीडा, हाम्रो आवाज नेपाल-Our Pain, Our Voice Nepal

हाम्रो पीडा, हाम्रो आवाज नेपाल-Our Pain, Our Voice Nepal हाम्रो पीडा, हाम्रो आवाज- नेपाल| Our Pain, Our Voice-Nepal

सिंहदरबारले नसुनेको, मिडियाले नदेखेको जनताको कथ

19/10/2026

रिस, राग र अहंकारको नाश भई आपसी सद्भाव बढोस्। विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना!

10/10/2026

विकासको काम होस्, प्राकृतिक आपद्-विपद् होस् वा समाजमा अन्याय पर्दा—आज आम जनतालाई यत्रो राप तापमा बनेको बालेन सरकारलाई समेत बिर्सेर किन हर्क साम्पाङ्गको याद आउँछ?

हर्क साम्पाङ्ग को प्रतिबद्धता- नमस्ते हुम्ला... मैले देखिसकें तपाइँलाई आमा ! म आउनेछु ! मलाई केही चाहिँदैन ! तपाइँहरुको ...
08/10/2026

हर्क साम्पाङ्ग को प्रतिबद्धता- नमस्ते हुम्ला... मैले देखिसकें तपाइँलाई आमा ! म आउनेछु ! मलाई केही चाहिँदैन ! तपाइँहरुको एकै भोट पनि चाहिँदैन ! म नेपाली हुँ ! नेपाली बनेर आउनेछु, सकेको गर्नेछु है आमा !

अब रा प्र पा सांसद ज्ञानेन्द्र शाहीले र बालेन सरकार के गर्छ होला?

06/10/2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशन, तर चर्चा श्रम संस्कृति पार्टीका आरेन राईको दमदार भाषणको! ✊✨

"नेपाली कांग्रेस हल्लाले होइन, नेता-कार्यकर्ताको त्याग र लामो संघर्षले स्थापित भएको पार्टी हो।"

महाधिवेशनको मञ्चबाट आरेन राईले कांग्रेसको गौरवशाली इतिहास सम्झाउँदै राजनीतिमा सत्ताभन्दा जनताका लागि गरिने 'काम' महत्त्वपूर्ण हुने जुन सन्देश दिए, त्यो साँच्चै मननयोग्य छ। हल्लाको राजनीति गर्नेहरूका लागि यो एउटा बलियो जवाफ हो! 🇳🇵🔥

04/10/2026

नेकपा अध्यक्ष प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत शीर्ष नेताहरू नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी! 🤝🇳🇵

आज असोज १८ गते (अक्टोबर ४) दिउँसो २:०० बजेदेखि काठमाडौँको खुलामञ्चमा महाधिवेशनको भव्य उद्घाटन भएको छ। महाधिवेशन आगामी असोज २२ गतेसम्म चल्नेछ।

📍 स्थान: खुलामञ्च, काठमाडौँ
🗓️ मिति: असोज १८ - २२, २०८३

#नेपालीकांग्रेस #१५औँमहाधिवेशन #खुलामञ्च #नेपालराजनीति #प्रचण्ड #राजेन्द्रलिङ्देन #अन्नपूर्णपोस्ट

04/10/2026

८९ वर्षको उमेरमा पुलदेखि चिण्डे डाँडासम्मको अद्भुत दौड! 🏃‍♂️🔥🏆

उमेर त केवल एउटा संख्या मात्र हो, वास्तविक शक्ति त हाम्रो इच्छाशक्ति र निरन्तरतामा हुन्छ।

यही शनिबार, असोज १७ गते श्रम संस्कृति पार्टीद्वारा आयोजित 'प्रथम सुम्निमा रन २०८३' अन्तर्गत पुलदेखि चिण्डे डाँडासम्मको यात्रा मात्र ४५ मिनेटमा सफलतापूर्वक पूरा गरेर ८९ वर्षीय आदरणीय काजीमान गुरुङले इतिहास रच्नुभएको छ। धरानका पूर्व मेयर, श्रम संस्कृति पार्टि का अध्यक्ष, सांसद हर्क साम्पाङको नेतृत्वमा सुम्निमा-पारुहाङ मूर्ति निर्माण अभियान र खेलकुद प्रवर्द्धनका लागि गरिएको यो ऐतिहासिक आयोजनामा उहाँले देखाउनुभएको जोस र समर्पण हामी सम्पूर्ण युवा पुस्ताका लागि एउटा ठूलो प्रेरणा हो।

काजीमान गुरुङको यो ऐतिहासिक सफलतालाई कोटी-कोटी नमन तथा हार्दिक बधाई! 🙌🥇🙏

04/10/2026

अपराधीलाई सुनपानीको बर्सात, पीडितलाई न्यायको अभाव! 😡⚖️- ज्ञानेन्द्र शाही

६ महिना बितिसक्दा पनि न त देश जलाउनेलाई कारबाही भयो, न त हत्यारा नै समातिए! सरकारले अपराधीलाई दण्ड दिनुको साटो उल्टै सुनपानी छर्केर संरक्षण गरिरहेको छ।

यति मात्र होइन, राष्ट्रिय मानव अधिकार आयोग र भदौ २३–२४ को घटना छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोगको ९०७ पृष्ठ लामो छानबिन प्रतिवेदनले व्यापक मानव अधिकार उल्लंघन भएको स्पष्ट ठहर गर्दै दोषीहरूलाई कडा फौजदारी कारबाहीको सिफारिस गरिसकेको छ। तर, यो संघीय सरकारले ती प्रतिवेदनहरू अहिलेसम्म कहाँ लुकाएर राख्यो?

संवैधानिक र कानुनी रूपमा बाध्यकारी प्रतिवेदनहरू लागू गर्न यो सरकार किन यसरी लाचार बनेको छ? यही लाचारीपनविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले संसद्‌बाटै प्रधानमन्त्री र गृहमन्त्रीलाई सिधा प्रश्न गरेका छन्। भाषण धेरै भयो, अब तत्काल आयोगको प्रतिवेदन लागू गरी दोषीलाई जेल हालियोस्! 🇳🇵🔥

02/10/2026

📌 संसद्मा सबैभन्दा बढी अनुपस्थित हुने सांसदहरू को हुन्?

संघीय संसद्ले सांसदहरूको गतिविधि र उपस्थिति पारदर्शी बनाउन अनलाइन प्रणाली सुरु गरेसँगै अचम्मका तथ्यहरू बाहिर आएका छन्। संसद् बैठकहरूमा शीर्ष नेता, मन्त्री र बहालवाला तथा पूर्वप्रधानमन्त्रीहरूकै उपस्थिति सबैभन्दा न्यून पाइएको छ।

02/10/2026

खुस्बु ओलिको रा स्वा पा सांसदलाई यस्तो सांसद हुनु भन्दा चुनाव हारेको उत्तम! 🗣️🔥

रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) का सांसदहरूमाथि खरो रूपमा उत्रिएकी छिन् खुस्बु ओली। पछिल्लो समय संसद् र राजनीतिमा देखिएका गतिविधिहरूलाई लिएर उनले रास्वपा सांसदहरूमाथि कडा कटाक्ष गरेकी हुन्।

आफ्नो स्पष्ट र आक्रामक अभिव्यक्तिका कारण चर्चामा रहने ओलीको यो भनाइले सामाजिक सञ्जालमा नयाँ बहस छेडिदिएको छ।

01/10/2026

सभामुख भन्नुहुन्छ– ‘पर्खनुस् न हो, मैले बैठक सुरु नै गरेको छैन!’ 🤫🎬
विपक्षी सांसदहरूले प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिविरुद्ध संसद् अवरुद्ध गरेपछि

गत २०८३ जेठ १८ गते प्रधानमन्त्री बालेन्द्र साह (बालेन) द्वारा संसद्‌मा "नेपालले पनि भारतको सीमा मिचेको छ" भनी दिएको अभिव्यक्ति विरुद्ध विपक्षी दलहरूले सदनमा कडा अवरोध गरेपछि सभामुखज्यूको यो रमाइलो प्रतिक्रिया— ‘अरे बाबा, मैले बैठक सुरु नै गरेको छैन है!’ राजनीतिभित्रको यो रोचक दृश्य हेर्न नछुटाउनुहोला! 😂❤️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो पीडा, हाम्रो आवाज नेपाल-Our Pain, Our Voice Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share