24/05/2026
#विदेशिएको_नेपालीको_हातमा_सपना_हुन्छ,
ँखाभरि_आँसु_र_मनभरि_पीडा_लुकेको_हुन्छ।
अरूको देशमा पसिना बगाएर आफ्नो परिवारको भविष्य बनाउने नेपाली कामदार आज अपमान, शोषण, दुर्घटना र मानसिक तनावसँग लडिरहेको छ।
दिनभरि कठोर श्रम, रातभरि परिवारको याद यही नै हजारौँ नेपालीको वास्तविकता बनेको छ।
विदेशले पैसा दियो,
तर आमाको काख, श्रीमतीको साथ र सन्तानको बाल्यकाल खोस्यो।
कतिपय बाकसमा फर्किन्छन्,
कतिपय ऋणमै डुबिन्छन्,
र कतिपय आफ्नो पीडा कहिल्यै बोल्न सक्दैनन्।
देशमा अवसरको अभावले युवालाई विदेश धकेलिरहेको छ।
जब आफ्नै भूमि श्रमिकको पसिनाको मूल्य बुझ्न सक्दैन, तब परदेशको मरुभूमि नै बाध्यता बन्छ।
नेपाली श्रमिक केवल रेमिट्यान्स पठाउने मेसिन होइनन्,
उनीहरू पनि सपना, भावना र परिवार बोकेका जीवित मानिस हुन्।