Lok Sammriddhidishabodha Nepal -Lsdbn

Lok Sammriddhidishabodha Nepal -Lsdbn खोज्छन् सबै सुख भनी, सुख त्यो कहाँ छ ?
आफू मिटाई अरूलाई दिनु जहाँ छ ।

लोक समृद्धिदिशाबोध नेपाल २०६९

"त्याग, परोपकार, राष्ट्रियता, मानवता" मुख्य उद्देश्यसहित वि.सं. २०६९ सालमा स्थापित लोक समृद्धिदिशाबोध नेपाल संस्थाको १४ ...
13/09/2026

"त्याग, परोपकार, राष्ट्रियता, मानवता" मुख्य उद्देश्यसहित वि.सं. २०६९ सालमा स्थापित लोक समृद्धिदिशाबोध नेपाल संस्थाको १४ औँ साधारण सभा मिति २०८३ भाद्र २७ गते शनिबारका दिन भव्य रूपमा सम्पन्न भएको छ । लायन्स इन्टरनेसनल ३२५ i नेपालका 2nd. गभर्नर श्रीष्णु भण्डारीको प्रमुख आतिथ्य, संस्थाका संस्थापक श्री नवराज लामिछानेको सभापतित्व र श्री जनार्दन सिग्देलको अध्यक्षतामा सम्पन्न सभामा साधारण सभाका खुला र बन्दसत्रहरू सञ्चालन गरिएका थिए।
सभाले संस्थाको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने पूर्व पदाधिकारीहरूमा श्री रविन्द्र पराजुली, श्री विष्णुप्रसाद चापागाईँ, श्री बालचन्द्र अधिकारी, श्री गोविन्द अधिकारी, श्री दिवाकर काफ्ले, श्री विनोदप्रसाद रिसाल र श्री कृष्णप्रसाद पौडेललाई प्रशंसापत्र तथा ताइवानका नागरिक भिक्षु युमिन चुङ्गलाई सम्मानपत्रद्वारा सम्मान गरेको थियो ।
अध्यक्ष तथा कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतिबाट पारित गर्दै नयाँ सदस्यता वितरण पश्चात् संस्थापक श्री नवराज लामिछानेले संस्थाको उपादेयता र भावी कार्यक्रमबारे निर्देशन दिँदै औपचारिक रूपमा सभा समापन गर्नुभयो । नयाँ कार्यसमितिमा संस्थापक श्री नवराज लामिछाने, अध्यक्षमा श्री सुरज कौण्डिन्य पराजुली, उपाध्यक्षमा श्री किरण अधिकारी, महासचिवमा श्री ठाकुरप्रसाद अर्याल, सचिवमा श्री वीरेन्द्र न्यौपाने, कोषाध्यक्षमा श्री श्रीराम भण्डारी र सहकोषाध्यक्षमा श्री प्रकाशचन्द्र बराल चयन हुनुभएको छ भने सदस्यहरूमा श्री शिवहरि सत्याल, श्रीमती भगवती थापा, श्री विदुर आचार्य, श्री प्रभाकर प्याकुरेल, श्री रामप्रसाद लुइँटेल, श्री दिनेश गौतम, श्री सिद्धबहादुर दाहाल तथा श्रीमती टीका न्यौपाने रहनुभएको छ।

यसरी "त्याग, परोपकार, राष्ट्रियता, मानवता" को भावनालाई आत्मसात् गर्दै अघि बढेको यस संस्थाले आगामी दिनहरूमा पनि सम्पूर्णको अमूल्य साथ र सहयोग रहिरहने विश्वासका साथ १४ औँ साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ।

#साधारणसभा #लोकसमृद्धिदिशाबोधनेपाल #14

आज (२०८३-०५-१७ बुधवार)भाद्र १० गते रसुवा - नुवाकोट लगायत तटीय क्षेत्रमा भोटेकोशी हुँदै आएको विनाशकारी बादीका कारण भएको म...
02/09/2026

आज (२०८३-०५-१७ बुधवार)

भाद्र १० गते रसुवा - नुवाकोट लगायत तटीय क्षेत्रमा भोटेकोशी हुँदै आएको विनाशकारी बादीका कारण भएको मानवीय तथा भौतिक क्षतिमा राहत होओस् भनी लोक समृद्धि दिशाबोध नेपाल संस्थाको तर्फवाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको कृषिविकास बैङ्कको खाता नं 0100201002907014 मा रु 59200 (उनन्साठी हजार दुइसय रुपैया) सहयोग गरियो।

14/02/2026

आज (2082/11/2) श्री दाप्चा कोटकालिका एकिकृत विकास समिति, काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं ९ दाप्चा कोटकालिका मन्दिर प्राङ्गणमा फलामको भर्याङ निर्माणार्थ पच्चीस हजार रुपैयाँ ( 25000 ) आर्थिक सहयोग गरियो ।
त्यसै संस्थाका अध्यक्ष अरुण कुमार श्रेष्ठले लोक समृद्धि दिशाबोध नेपाल संस्थाको सदस्यता ग्रहण गर्नुभयो ।

लोकसमृद्धिदिशाबोध नेपाल संस्थाको तर्फबाट आज (२०८२/०९ /०९) महामति प्राणनाथ संस्कृत विद्यापीठलाई अन्दाजी २०० के. जी. चामल ...
24/12/2025

लोकसमृद्धिदिशाबोध नेपाल संस्थाको तर्फबाट आज (२०८२/०९ /०९) महामति प्राणनाथ संस्कृत विद्यापीठलाई अन्दाजी २०० के. जी. चामल सहयोग गरियो । यस कार्यमा संस्थाका सदस्य सिद्ध बहादुर दाहाल ज्यूले ढुवानी कार्यको जिम्मेवारी पूरा गर्नुभयो भने सदस्य केदार प्रसाद पौडेलले व्यवस्थापनमा आफ्नो जिम्मेवारी पूरा गर्नुभयो।

Address

Kathmandu
Kathmandu

Telephone

+9779851003199

Website

Alerts

Be the first to know and let us send you an email when Lok Sammriddhidishabodha Nepal -Lsdbn posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share