नेसनल प्याब्सन

नेसनल प्याब्सन National Private and Boarding School Association Nepal, Central Committee

06/09/2026
विद्यार्थीको सिर्जनात्मक प्रतिभा उजागर गर्दै नेशनल प्याब्सन कोशीको हस्तलेखन तथा चित्रकला प्रतियोगिताइनरुवा । विद्यार्थीम...
04/09/2026

विद्यार्थीको सिर्जनात्मक प्रतिभा उजागर गर्दै नेशनल प्याब्सन कोशीको हस्तलेखन तथा चित्रकला प्रतियोगिता

इनरुवा । विद्यार्थीमा लुकेको सिर्जनात्मक प्रतिभा पहिचान गर्दै लेखन तथा कलात्मक क्षमताको विकास गर्ने उद्देश्यले नेशनल प्याब्सन कोशी प्रदेशले आयोजना गरेको हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेश कार्यसमितिको आयोजनामा सुनसरीको इनरुवा–३ स्थित ॐसाई पार्टी प्यालेसमा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका ३० विद्यालयका करिब १५० विद्यार्थी सहभागी भएका थिए।

प्राथमिक तथा माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगितामा विद्यार्थीहरूले हस्तलेखन र चित्रकलामार्फत आफ्नो सिर्जनशीलता, कल्पनाशक्ति तथा कलात्मक क्षमता प्रस्तुत गरेका थिए। प्रतियोगिताले विद्यार्थीलाई पाठ्यपुस्तकको अध्ययनसँगै अतिरिक्त सिर्जनात्मक गतिविधिमा सक्रिय हुन प्रेरित गरेको आयोजकको भनाइ छ।

कार्यक्रममा नेशनल प्याब्सन कोशी प्रदेश अध्यक्ष कमल खनाल तथा नेशनल प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा नेशनल प्याब्सन सुनसरीका अध्यक्ष एवं कार्यक्रम संयोजक खगेन्द्र केसी, नेशनल प्याब्सन मोरङका सचिव भनीरुद्र चौधरी लगायत विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक तथा प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य नारायण ढकालले विद्यार्थीको प्रतिभा पहिचान र विकासका लागि विद्यालय तहदेखि नै रचनात्मक तथा प्रतिस्पर्धात्मक गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

उहाँले शिक्षा केवल पाठ्यपुस्तक र परीक्षाको परिणाममा सीमित नभई विद्यार्थीको सिर्जनशीलता, आत्मविश्वास, व्यवहारिक क्षमता र प्रतिभा विकाससँग जोडिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यस्तै, नेशनल प्याब्सन कोशी प्रदेश अध्यक्ष कमल खनालले प्रतियोगितामा ३० विद्यालयबाट १५० विद्यार्थीको सहभागिता हुनु कार्यक्रमप्रतिको आकर्षण र विद्यालय तथा विद्यार्थीको उत्साहको प्रमाण भएको बताउनुभयो।

अध्यक्ष खनालले प्रदेश समितिले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो। संगठनको जिम्मेवारी र अनुशासनलाई प्राथमिकतामा राख्दै कार्यक्रममा अनुपस्थित हुने पदाधिकारी तथा सदस्यलाई नियमअनुसार आवश्यक कारबाही गरिने चेतावनीसमेत उहाँले दिनुभयो।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आकर्षक तथा सिर्जनात्मक चित्र प्रस्तुत गर्नुका साथै सुन्दर र व्यवस्थित हस्तलेखनमार्फत आफ्नो क्षमता प्रदर्शन गरेका थिए। प्रतियोगिताले विद्यार्थीमा सिर्जनात्मक सोच, आत्मविश्वास, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ।

नेशनल प्याब्सन कोशी प्रदेशले आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा पहिचान र क्षमता विकासलाई केन्द्रमा राखेर विभिन्न शैक्षिक, सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालनलाई निरन्तरता दिने जनाएको छ ।

नेसनल प्याब्सन मधेस प्रदेशको भेला सम्पन्नमिति: २०८३/०५/०६मधेस प्रदेश — नेसनल प्याबसन मधेस प्रदेशको आयोजनामा “उच्च शिक्षा...
22/08/2026

नेसनल प्याब्सन मधेस प्रदेशको भेला सम्पन्न

मिति: २०८३/०५/०६

मधेस प्रदेश — नेसनल प्याबसन मधेस प्रदेशको आयोजनामा “उच्च शिक्षा छात्रवृत्ति, शिक्षा ऐन, शैक्षिक तालीम र संगठनका आगामी योजना लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रस्तावित शिक्षा ऐन, शिक्षक तथा शैक्षिक जनशक्तिका लागि आवश्यक तालीम, निजी विद्यालयका समसामयिक समस्या तथा संगठनलाई आगामी दिनमा थप प्रभावकारी बनाउने योजनालगायतका विषयमा विस्तृत अन्तरक्रिया तथा छलफल गरिएको थियो।

कार्यक्रममा संविधान सभा सदस्य तथा नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष माननीय गीता क्षेत्री राणाको गरिमामय प्रमुख आतिथ्यता रहेको थियो। उहाँले निजी तथा संस्थागत विद्यालयको शैक्षिक विकास, गुणस्तरीय शिक्षा र विद्यालय क्षेत्रका चुनौती समाधानका लागि संगठनको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

भेलामा नेसनल प्याब्सनका पदाधिकारी, मधेस प्रदेश तथा विभिन्न जिल्लाका प्रतिनिधि, विद्यालय सञ्चालक तथा शिक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले शिक्षा क्षेत्रमा देखिएका वर्तमान चुनौती, अवसर तथा आगामी दिनमा संगठनले लिनुपर्ने रणनीतिबारे आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।

अन्तरक्रियाबाट प्राप्त सुझाव तथा निष्कर्षलाई संगठनको आगामी कार्ययोजना निर्माणमा समेट्दै निजी तथा संस्थागत विद्यालयको हकहित, शैक्षिक गुणस्तर अभिवृद्धि र समग्र शिक्षा क्षेत्रको विकासमा थप प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रमले मधेस प्रदेशका निजी तथा संस्थागत विद्यालयहरूबीच सहकार्य, समन्वय र साझा मुद्दामा एकताका लागि थप ऊर्जा प्रदान गरेको आयोजकले जनाएको छ।

फोनिक्स प्रशिक्षणमार्फत शिक्षकको क्षमता विकासमा नेशनल प्याब्सनको जोड, २०० भन्दा बढि शिक्षक शिक्षिका सहभागी ।सुन्दरहरैंचा...
08/08/2026

फोनिक्स प्रशिक्षणमार्फत शिक्षकको क्षमता विकासमा नेशनल प्याब्सनको जोड, २०० भन्दा बढि शिक्षक शिक्षिका सहभागी ।

सुन्दरहरैंचा (मोरङ) : अंग्रेजी भाषा शिक्षणलाई थप प्रभावकारी र व्यवहारिक बनाउने उद्देश्यले नेशनल प्याब्सन कोशी प्रदेशले आयोजना गरेको ‘फोनिक्स ध्वनि प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ।

विराटचोकस्थित उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न प्रशिक्षणमा झापा, मोरङ र सुनसरीका विभिन्न निजी विद्यालयमा कार्यरत २०० भन्दा बढी शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो।

नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी नगर उपप्रमुख अकलि चौधरी प्रमुख अतिथि तथा नेशनल प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा प्रशिक्षक राजेन्द्र बहादुर थापाले सहभागी शिक्षक–शिक्षिकालाई अंग्रेजी भाषाको सही उच्चारण, अक्षर र ध्वनिबीचको सम्बन्ध, शब्द उच्चारण गर्ने विधि तथा विद्यार्थीलाई सरल र प्रभावकारी रूपमा फोनिक्स सिकाउने प्रविधिबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा अध्यक्ष खनालले अंग्रेजी भाषा शिक्षणमा सही उच्चारण तथा ध्वनि पहिचानको महत्व बढ्दै गएको उल्लेख गर्दै शिक्षकहरूलाई आधुनिक शिक्षण विधिसँग जोड्न प्रशिक्षण आयोजना गरिएको बताए। शिक्षकको क्षमता अभिवृद्धिले विद्यार्थीको सिकाइ उपलब्धि सुधारमा समेत योगदान पुग्ने उनको भनाइ थियो।

नगर उपप्रमुख चौधरीले शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता विकास आवश्यक रहेको बताउँदै समयअनुसार आफ्नो ज्ञान र सीपलाई अद्यावधिक गर्न शिक्षकहरूलाई आग्रह गरिन्। शिक्षकको क्षमता विकासमा केन्द्रित कार्यक्रमलाई स्थानीय तहबाट समेत प्रोत्साहन गर्नुपर्ने उनले बताइन्।

त्यस्तै केन्द्रीय सदस्य ढकालले अंग्रेजी भाषाको आधारभूत सीप विकासका लागि फोनिक्ससम्बन्धी ज्ञान महत्वपूर्ण रहेको बताए। नयाँ शिक्षण विधि तथा प्रविधिको प्रयोगमार्फत विद्यार्थीलाई सिकाइप्रति आकर्षित गर्नुपर्नेमा उनले जोड दिए।

प्रशिक्षणमा सहभागी शिक्षक–शिक्षिकाले कार्यक्रम व्यवहारिक र उपयोगी रहेको प्रतिक्रिया दिएका थिए। प्रशिक्षणबाट अंग्रेजी शब्दको सही उच्चारण, ध्वनि पहिचान तथा विद्यार्थीलाई सहज रूपमा अंग्रेजी सिकाउने नयाँ विधि र सीप प्राप्त भएको उनीहरूको भनाइ थियो।

सहभागीहरूले यस्ता क्षमता विकाससम्बन्धी प्रशिक्षणलाई निरन्तरता दिँदै आगामी दिनमा पनि विभिन्न विषयमा नियमित तालिम सञ्चालन गर्न सुझाव दिएका छन्।

नेशनल प्याब्सन कोशी प्रदेशले निजी विद्यालयका शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्दै शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

नेशनल प्याब्सन कोशी प्रदेशद्वारा ‘फोनिक्स साउन्ड ट्रेनिङ’ मा सहभागी हुन विद्यालयलाई आग्रहसुन्दरहरैंचा(मोरङ) : राष्ट्रिय ...
05/08/2026

नेशनल प्याब्सन कोशी प्रदेशद्वारा ‘फोनिक्स साउन्ड ट्रेनिङ’ मा सहभागी हुन विद्यालयलाई आग्रह

सुन्दरहरैंचा(मोरङ) : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) कोशी प्रदेश समितिले अंग्रेजी भाषाको प्रभावकारी सिकाइ तथा सही उच्चारण सीप विकास गर्ने उद्देश्यले ‘फोनिक्स साउन्ड ट्रेनिङ’ आयोजना गर्ने भएको छ। कोशी प्रदेशअन्तर्गतका सम्पूर्ण सदस्य विद्यालयहरूलाई उक्त तालिममा अनिवार्य रूपमा सहभागी हुन आग्रह गरिएको छ।

नेशनल प्याब्सन कोशी प्रदेश अध्यक्ष कमल खनालका अनुसार, विद्यालय तहमा अंग्रेजी भाषाको आधार बलियो बनाउन तथा विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्न यस्ता व्यावहारिक तालिम आवश्यक रहेको बताए। उनले फोनिक्स विधिमार्फत विद्यार्थीको सही उच्चारण, पठन सीप, शब्द निर्माण र आत्मविश्वास अभिवृद्धि हुने भएकाले सदस्य विद्यालयहरूले आफ्ना शिक्षकलाई अनिवार्य रूपमा सहभागी गराउन आग्रह गरे।

सूचनाअनुसार २०८३ साल श्रावण २३ गते शनिबार बिहान १०:०० बजे मोरङको उद्योग वाणिज्य संघ सभाहल, विराटचोक मा तालिम सञ्चालन हुनेछ। सहभागीहरूले बिहान ९:३० बजेसम्म दर्ता गरिसक्नुपर्नेछ ।

तालिम विशेषगरी प्रि–प्राइमरी तथा प्राथमिक तहका शिक्षकहरू लाई लक्षित गरिएको छ। तालिममा अंग्रेजी ध्वनि (Phonics), सही उच्चारण, शब्द निर्माण, पठन सीप तथा प्रभावकारी कक्षा शिक्षण विधिबारे व्यवहारिक ज्ञान र दक्षता प्रदान गरिने जनाइएको छ।

अध्यक्ष खनालले कोशी प्रदेशभरका निजी विद्यालयमा अंग्रेजी शिक्षणलाई थप प्रभावकारी, गुणस्तरीय र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन यस्ता तालिमलाई निरन्तरता दिइने जानकारी दिँदै सबै सदस्य विद्यालयलाई समयमै सहभागी भई तालिमबाट अधिकतम लाभ लिन अनुरोध गरेका छन्।

04/08/2026

नेपाल केवल आफ्ना विद्यार्थी विदेश पठाउने देश मात्र होइन, विश्वभरका विद्यार्थी अध्ययन गर्न आउने शैक्षिक गन्तव्य पनि बन्न सक्छ।

हामीसँग प्राकृतिक सौन्दर्य छ, बुद्धको जन्मभूमि छ, सांस्कृतिक विविधता छ, प्रतिभाशाली शिक्षक छन् र तुलनात्मक रूपमा कम लागतमा गुणस्तरीय शिक्षा दिने क्षमता पनि छ।

अब आवश्यकता छ—गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार, अनुसन्धानमा लगानी, आधुनिक प्रविधिको प्रयोग र दूरदर्शी शिक्षा नीतिको।

यदि सही योजना र दृढ इच्छाशक्ति भयो भने, शिक्षा नेपालको अर्थतन्त्र, रोजगारी र राष्ट्रिय समृद्धिको नयाँ आधार बन्न सक्छ।

आउनुहोस्, नेपाललाई विश्वकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन सबै मिलेर लागी परौ।

नेशनल प्याब्सन केन्द्रीय कार्यसमितिको चौथो पूर्ण बैठक सम्पन्न ।
02/08/2026

नेशनल प्याब्सन केन्द्रीय कार्यसमितिको चौथो पूर्ण बैठक सम्पन्न ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेसनल प्याब्सन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share