Kageshwori Open Scout Crew

Kageshwori Open Scout Crew Scout movement

प्रगति टोल युवा समाज द्वारा आयोजित रक्तदान कार्यक्रममा‌ स्वयं सेवीको भूमिका निर्वाह गर्दै सहजीकरण सेवामा कागेश्वरी ओपन स...
14/09/2024

प्रगति टोल युवा समाज द्वारा आयोजित रक्तदान कार्यक्रममा‌ स्वयं सेवीको भूमिका निर्वाह गर्दै सहजीकरण सेवामा कागेश्वरी ओपन स्काउट क्रियूका रोभर लिडर, प्रशिक्षक साथै रोभर/ रेञ्जर स्काउट भाइबहिनीहरू। यस क्रियूका रोभर बेनम राईको बुवा गोपाल राईले हामीलाई सम्झिनु भएकोमा‌‌ आभार प्रकट गर्दै आगामी दिनमा पनि माया र साथ‌ सहायोगको‌ लागि हाम्रो टिम तत्पर रहने‌‌ विश्वास दिलाउन चाहन्छौं।‌
आजको दिन रोभर रेञ्जरहरू विभिन्न कार्यक्रमहरूमा सहभागिता रहेको थियो।
program

Nepal ScoutsFinland -NepalPeace Education Partnership 2250 Discussion Event Fight For Climate Change
14/09/2024

Nepal Scouts
Finland -Nepal
Peace Education Partnership
2250 Discussion Event
Fight For Climate Change

All about 3rd Training Camp 2081 Kageshwori Open Scout Crew Family
12/08/2024

All about 3rd Training Camp 2081
Kageshwori Open Scout Crew Family

22/05/2024

सुवर्ण मौका !!! सुवर्ण मौका!! सुवर्ण मौका!

नि: शुल्क आँखा शिविर
यही आउँदो जेठ १२ गते शनिबार कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ अवस्थित मुलपानी, बाबाचोक प्रारम्भ एकेडेमी विद्यालयको प्राङ्गणमा संञ्चालन हुन गइरहेको नि: शुल्क आँखा शिविरमा‌ सहभागी भई सुवर्ण मौकाको फाइदा उठाउन हुन हार्दिक अनुरोध गर्दछौ।
With प्रारम्भएकेडेमी
Prarambha Scout Troop
Kageshwori Open Scout Crew
Tilganga Eye Hospital
Khwopa Tilganga Eye Hospital

आज बाट शुरु हुने एस.ई.ई परीक्षा २०८० मा सहभागि सम्पूर्ण परीक्षार्थी भाइबहिनीहरू लाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्द...
28/03/2024

आज बाट शुरु हुने एस.ई.ई परीक्षा २०८० मा सहभागि सम्पूर्ण परीक्षार्थी भाइबहिनीहरू लाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

28/08/2023

Wagggs कार्यक्रम अन्तर्गत नेपाल स्काउटमा सञ्चालन भइरहेको YESS GIRLS MOVEMENT परियोजना अन्तर्गत  YESS Alumnae द्वारा Back...
16/12/2022

Wagggs कार्यक्रम अन्तर्गत नेपाल स्काउटमा सञ्चालन भइरहेको YESS GIRLS MOVEMENT परियोजना अन्तर्गत YESS Alumnae द्वारा Back To My Roots Campaign अन्तर्गत Pioneering & Gadgets प्रतियोगितामा‌ यस कागेश्वरी ओपन स्काउट क्रियू बाट रोभरहरू सहभागी भई तृतीय स्थान हाँसिल गर्न सफल भएकोमा हार्दिक बधाईका साथै आउँदा दिनहरुको लागि शुभकामना व्यक्त गर्दछौं।

05/11/2022
हरिबोधिनी एकादशी | #तुलसी विवाह विधि र विशेषतादशै, तिहार, छठ लगायत पर्वहरुले गाँसेर गएका रोमाञ्चक अनि उल्लासमय पर्वहरुको...
04/11/2022

हरिबोधिनी एकादशी |
#तुलसी विवाह
विधि र विशेषता
दशै, तिहार, छठ लगायत पर्वहरुले गाँसेर गएका रोमाञ्चक अनि उल्लासमय पर्वहरुको समापनसंगै ठूला पर्वहरू पनि घट्दै गएका छन् । यसबिच हरिबोधिनी एकादशीलाई यस वर्षको चाडपर्वहरुको खाता वन्द भएको विगुलकारुपमा लिने गरिन्छ । कोजाग्रत पूर्णिमाबाट बाल्न थालिएको आकाशे बत्तिलाई आजबाट बाल्न बन्द गरिने चलन पनि छ ।

हरिबोधिनी एकादशी एउटा महत्वपूर्ण एकादशी हो, यस एकादशीलाई यसको महिमाका कारणले पनि सबैभन्दा ठूलो अर्थात ठूली एकादशी पनि भन्ने गरिन्छ । आजको दिन भगवान विष्णुप्रति समर्पित दिन हो, आजको दिन नै हरिशयनी एकादशीबाट चिर निन्द्रामा सुत्नुभएका विष्णु भगवान उठ्नुहुन्छ भन्ने जनविश्वाश रहेको छ ।

वैदिक सनातन हिन्दू धर्मशास्त्रमा आयूर्वेद समेत महत्वपूर्ण भूमिका लिएको तुलसीको विरुवाको महत्व ठूलो छ । धार्मिक र सांस्कृतीक अनि वैज्ञानिकरुपमा पनि अति उपयोगी यस वनस्पतीलाई आङ्गनमा तुलसाको मठ बनाएर रोप्ने चलन छ ।

बैदिक सनातन सस्कारमा तुलसी पूजा को ठूलो महत्व छ । हजारौं बर्षदेखि सनातन सस्कारीहरु प्रातकालमै उठेर तुलसीमा पानी चढाएर अनि नमन गरेर मात्र आआफ्नो दैनिकीमा लाग्ने गरेका छन् । जन्म, मृत्यू देखि हरेक सनातन सस्कारमा तुलसी को बिरुवा अनि पातको महत्व हुन्छ । तुलसी पात हालेर अनि भगवानलाई अर्पण गरेर मात्र भोजन फलाहार आदि सेवन गर्ने चलन अझै पनि कैयन घर अनि परम्परामा बिधमान छ । आँगनको छेउको तुलसी मोठ बिवाह ब्रतबन्ध लगायत मृत्यूशैया सम्मका लागि पवित्र स्थान मानेर उपयोग गरिने चलन छ । तुलसीको फुललाई सुकाएर राखेर प्रयोग गरिन्छ, यी फुललाई मञ्जरी भनिन्छ । त्यस्तै तुलसीको डाँठलाई काटेर सुकाएर आएका मसिना काठ जस्ता टुक्राका पवित्र माला अत्यन्त पवित्र मानिन्छ ।

पद्म पुराणमा बिन्दा देवी ले पृथ्वी मा आएर भगवान बिष्णु लाई आफ्नो पतिा रुपमा पाउन गरेको तपस्यासंग तुलसीको महत्व लाई गासिंएको पाइन्छ । त्यस्तै श्रिमद्ध भागवतको ३ को ५ को १९ औं खण्डमा तुलसी बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको पाइन्छ ।

भोजनलाई सदैव तुलसीको पात राखेर मात्र सेवन गर्ने भगवान श्रि कृष्णलाई तुलसीसंग जोडिएका प्रसंगहरु धेरै छन् । गौतमीय तन्त्र अनुसार भक्तहरुले हत्केला भरिको पानी र तुलसीको पातमात्र सफा हृदयले अर्पण गरेमा श्रि कृष्णको कृपाले सम्पूर्ण फल प्राप्त हुने महिमा छ । स्कन्द पुराण्ले पनि तुलसी को पूजा गरेमा अनन्त फल प्राप्त हुने व्याख्या गरेको छ ।

औपचारीक रुपमा हरिशयनी एकादशीमा रोपिएको तुलसीको विरुवा हरिबोधिनी एकादशीसम्ममा धेरै ठूलो भइसकेको हुन्छ । आजको दिन विधीपूर्वक जप, होम गरेर तुलसीको होम लगाइन्छ भने यसरी अषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीलाई आज पिपलसंग विवाह गरिदिने परम्परा पनि रहेको छ । तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाडेर अनि रगंरोगन गरेर श्रृंगारिन्छ । यसरी होम लगाँउदा रुद्रि पूजा पनि गरिने चलन छ । अब त खेतमा धानका वाला पनि लहलहाउन थालिसके, नयाँ धानको चामल कुटेर त्यस्मा दही, सख्खर आदि मिसाएर न्वाँगी चढाउने र प्रसादका रुपमा ग्रहण गर्ने चलन पनि छ । यस अर्थमा आजको दिन यसवर्षको नयाँ अन्नको औपचारीक प्रयोग गर्ने दिन पनि हो ।

आजको दिन भक्तालुहरु विहानैदेखि नुहाईधुवाई अनि चोखोभएर व्रत बस्ने अनि फलाहार तथा कन्दमुल चोखोनितो खानेकुरा लिने चलन छ । विष्णु भगवानलाई नारायणका नामले पनि पूजिन्छ र यीनै नारायण र काठमाण्डौ उपत्यकाको एउटा परम्परागत र परापूर्वकालिन सम्बन्धको समेत आज यहाँ चर्चा गर्न जाँदैछौं ।

परापूर्वकालमा काठमाण्डौ शहरमाथी भगवान विष्णुको अनुकम्पा रहिरहोस भनी उपत्यकाको चारैतर्फको कुनामा विष्णुको प्रतिमा राखिएको हो जसको प्रतापका कारण विष्णुको अनुग्रह काठमाडौ शहरमा हरेक पिढी दरपीढि कायम रहने सामाजिक मान्यता रहेको पाइनछ । काठमाडौको पश्चिममा इचङ्गु नारायण, पूर्वमा चाङ्गु नारायण, उत्तरमा विशखुं नारायण अनि दक्षिणमा शेष नारायणका रुपमा विष्णुले काठमाण्डौलाई हेरिरहेको जनविश्वाश छ ।

पहिले पहिले हरिवोधनी एकादशीमा भक्तहरु विष्णु प्रतिमा रहेको आफूलाई पायक पर्ने मन्दिरमा खाली खुट्टा हिँडेर सूर्य उदाँउदा देखि अस्ताँउदासम्म पूजापाठ गरेर बस्ने चलन थियो । यसक्रममा भक्तजनहरु उपत्यकाको चारै नारायण एकैदिनमा हिँडेर पुग्ने पनि गर्दथे भन्ने कथन छ । यसरी हिँडेर चारै नारायण पुग्ने तिर्थालुहरु अन्त्यमा फर्पिङ्गको शेष नारायणमा पुगेर आफ्नो तिर्थाटन समापन गर्ने गर्दथे ।

शेषको अर्थ अन्त्य भन्ने हुन्छ र नारायण दर्शनको समापनविन्दु पनि त्यहीं हुने गरेको भनाई छ । यसरी चारवटै नारायणको दर्शनार्थ पुग्नसक्ने भक्तालुहरुकालागि पाटनको कृष्ण मन्दिरको छेउमा चारनारायण मन्दिरमा उपत्यका वरिपरिका चारै नारायणको प्रतिमा राखिएको र सहज रूपमा दर्शन गर्ने व्यवस्था गरिएको हो ।

उतिबेला मानिससँग धेरै समय र भक्तिकालागि समय भएकाले पनि दिनभरि मन्दिर परिसरमा बस्ने गर्दथे र साँझ परेपछी फर्किने चलन भएको उपत्यकामा अझैपनि वृद्धवृद्धाले बताउने गर्दछन तथापि अहिले पनि यि नारायणहरुमा भक्तजनहरुको प्रशस्तै भिड हरिबोधिनी एकादशीको दिन देख्न सकिन्छ ।

यस बाहेक नेपालभर छरिएर रहेका भगवान विष्णुका मन्दिर अनि तिर्थस्थलमा तिर्थाटन गर्ने भक्तजनहरुको आज ब्यापक भिड रहने गर्दछ ।

नमोः नवः तुलसी कृष्ण प्रियशी
कृष्ण राधा सेवा को सबै अभिलासी
हरिवोधनी एकादशीको शुभकामना ।

Address

Kageshwori Manohara Municipality
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Kageshwori Open Scout Crew posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kageshwori Open Scout Crew:

Share