23/09/2025
“स्वास्थ्यकर्मी छात्रवृति करारको तलब-भत्ता ३–४ महिनामा मात्र, पदस्थापनमा कमिसन: मधेश प्रदेशको स्वास्थ्य संकट”
मधेश प्रदेशमा चिकित्सक तथा स्वास्थ्यकर्मी छात्रवृत्ति करारमा कार्यरत कर्मचारीहरू दशैंजस्ता चाडपर्व आउँदा समेत नियमित तलब–भत्ता नपाई अन्याय भोग्नु दुःखद छ। बारम्बार मन्त्रालय धाउनुपर्ने, तलब ३–४ महिनामा मात्र आउने, पदस्थापन र तलब–भत्तामा समेत अनावश्यक ढिलाइ, प्रक्रिया र कमिसनको चलन देखिनु अत्यन्तै निराशाजनक र अस्वीकार्य छ।
स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र हो। यसमा काम गर्ने कर्मचारीहरूलाई समयमा तलब–भत्ता सुनिश्चित गर्नु सरकारको पहिलो दायित्व हो। मधेश प्रदेश सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी समस्या, ढिलाइ र कमिसन संस्कृतिलाई तत्काल अन्त्य गरी स्वास्थ्यकर्मीहरूको मनोबल र सेवाको गुणस्तर जोगाउने कार्यमा गम्भीर ध्यान दिनुपर्छ।
Via:- Inbox
।