14/06/2026
मिति २०८३ जेठ २८ गते नेपाल योल्मो महिला संघद्वर बिगतका दिनहरूमा झै यस पाली पनि “साका दावा”को अवसर पारी “ने कोर “ जाने कार्यक्रम सम्पन गरियो।यस पटक उक्त “नेकोरा” तीर्थको लागि नागार्जुन डाँडाको टुप्पोमा रहेको (जामाचो) गुम्बा काठमाडौं उपत्यकाको प्रसिद्ध बौद्ध तीर्थस्थल शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र अवस्थित रहको बौद्ध परम्परा अनुसार यो स्थान महान आचार्य नागार्जुन सँग सम्बन्धित मानिन्छ। उहाँले यस क्षेत्रका गुफा र वनमा ध्यान साधना गर्नुभएको भन्ने जनविश्वास छ, यो डाँडामा
बुद्ध, गुरु रिन्पोछे तथा बोधिसत्त्वहरूलाई श्रद्धा अर्पण गरी प्रार्थना (लुङ्ता) चढाउने,ध्यान, मन्त्र जप र पुण्य सञ्चय,शान्त वातावरणमा धर्म साधना गर्छन्। काठमाडौंको नागार्जुन डाँडाको शिखरमा अवस्थित जामाचोक गुम्बा केवल एउटा गन्तव्य होइन, यो शान्ति, ध्यान र धर्मको अनुभूति गर्ने पवित्र स्थल हो। यहाँ पुग्दा मनमा करुणा, वचनमा मैत्री र जीवनमा सही मार्गको प्रेरणा जागृत हुन्छ।यो स्थानलाई ध्यान, प्रार्थना र पुण्य सञ्चय गर्ने शान्त आध्यात्मिक केन्द्र मानिन्छ भने नागार्जुन डाँडाको शिखरबाट सम्पूर्ण काठमाडौं उपत्यकाको मनोरम दृश्य देखिन्छ, जसले धार्मिक तथा पर्यटकीय दुवै महत्व बढाएको छ।
हामी धन्यवाद दिन चाहान्छु सम्पूर्ण लामा गुरुहरू तथा दाजुभाईहरूमा।