26/05/2026
यो मेरो साना दुःखले आर्ज्याको मुलुक होइन चेतना भया सबैमा"
उपरोक्त महान वाणीको प्रेरणा तथा राष्ट्रिय मर्यादा छतविक्षत भइरहेको यस विषम परिस्थितिमा एउटा महान राजनीतिक चेतना स्तरको आवश्यकता महसुस भएकोले विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपालीहरू लाई एकत्रित गरी आवाज बुलन्द गर्नका लागि केही गरौं भन्ने मनसायका साथ विजारोपण भएको यो अवधारणा यहाँहरूको माझ प्रस्तुत गर्दछु।
यो एउटा व्यङ्गात्मक अर्थात् गाईजात्रे पार्टी हुनेछ । यसको पूरा #राष्ट्रिय_कोलाहल_पार्टी "राष्ट्रिय कोलाहल पार्टी" र #छोटकरीमा_राकोपा भनिनेछ ..........................................................................
यो पूर्णरूपले गैरराजनीतिक, असंगठित र भ्रष्टीकरणको जरो हल्लाउने एकमात्र भर्चुअल पार्टी हुनेछ ।
हाललाई यसको पार्टी कार्यालय "राष्ट्रिय कोलाहल पार्टीको" फेसबुक_पेज हुनेछ। उक्त पेजलाई फलो गरी जो कोही यस पार्टीको सदस्य बन्न सक्नेछ ।
#बहुआयामिक_राष्ट्रिय_घोषणापत्रमा आधारित भएर यस पार्टीले विश्वैभरि नेपाली समुदाय बीचमा कोलाहल मच्चाउनेछ। यो पार्टीको सदस्यता लिनको लागि पूर्ण रूपले निम्न योग्यता पूरा गरेको हुनुपर्दछ । यी योग्यता तपाईँमा छैन भन्ने लागेमा तपाईँले प्राप्त गर्नुभएको सदस्यता जुनसुकै समयमा बिना जानकारी पार्टीका #संस्थापक_सर्वमान्य नेता #एलबी_नारद_मुनिले रद्द गर्न सक्नुहुनेछ जसमा कसैको कहीँ कतै कुनै उजुरीबाजुरी लाग्ने छैन ।
१. कोलाहललाई आफ्नो महान आदर्श ठान्ने यसमै रमाउने र हरेक पार्टी, संगठन, सञ्जालहरूको कोलाहलमा लुरुक्क छिर्न सक्ने ।
२. तपाईं पूर्ण रूपले रेमिटेन्समा निर्भर वा अभिभावकको रगत पसिनामा निस्फिक्र बाँचेको हुनुपर्नेछ । प्यारासाईट मनोवृत्ति
३. स्वैक्षिक वा बाद्यात्मक, शिक्षित वा अशिक्षित बेरोजगार भएको हुनुपर्ने ।
४. सामाजिक सञ्जालमा प्रशस्त समय व्यतीत गर्ने र फलोअर्सहरू भएको तर भौतिक रूपमा कसैसँग बोल्न वा व्यवहार गर्न नरुचाउने वा खासै जाँगर नभएको अल्छी पाराको ।
५. कुनै न कुनै पार्टी, संगठन वा सञ्जालको अन्धभक्त वा झोले भई निरन्तर क्रियाशील भएको ।
६. श्रावणमा आँखा फुटेको अर्थात् आफू बाहेक अरु सबैमा हारियो वा खोट देख्ने, खोज्ने र चर्चा गर्ने ।
बाकी क्रमशः....!