Women study centre

Women study centre महिला समानता,सक्षमता महिलाको स्थान,म?

हालसम्म प्रकाशित कृतिहरू : -
१ नलेखिएको इतिहास ,
२ स्व रूपान्तरणका लागि पत्र मञ्जुषा ,
३ नामेट तस्विर कविता संग्रह,
४ कोनेप महिला विशेषांक,
५ किशोरी कथा संग्रह भाग १ र भाग २ ,
६ नाटक मौनताको अन्त्य
७ कथा संग्रह सन्तानको चोट ,
८ महिला,हिंसा र सम्बन्ध
महिलाको इतिहासको अभिलेखिकरणका लागि संग्राहलय निर्माण गर्ने

जन सरोकारको विषयमा छलफ !
03/05/2026

जन सरोकारको विषयमा छलफ !

विभिन्न समयमा महिला सुरक्षा दवाव समूहसँगको सहकार्य !
19/04/2026

विभिन्न समयमा महिला सुरक्षा दवाव समूहसँगको सहकार्य !

हार्दिक सम्मान 🙏🙏🙏नेपालको पहिलो उमेदवार तथा निर्वाचित  जनप्रतिनिधि हार्दिक सम्मान ।आज भाद्र १७ गते (२०१०) नेपाली महिलाले...
02/09/2025

हार्दिक सम्मान 🙏🙏🙏

नेपालको पहिलो उमेदवार तथा निर्वाचित जनप्रतिनिधि हार्दिक सम्मान ।
आज भाद्र १७ गते (२०१०) नेपाली महिलाले पहिलो पटक मताधिकार प्रयोगसहित चुन्ने चुनिने हक पाएको दिन ।
सम्पुर्ण नेपाली महिला दिदीबहिनीमा हार्दिक शुभकामना 🎈♥️

आमाको अस्तित्वको सम्मानमा भएको निर्णय !
01/02/2025

आमाको अस्तित्वको सम्मानमा भएको निर्णय !

१६ माघ, काठमाडौं। महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन विधेयकको स्वा.....

महिला सुरक्षा दवाव समूहको छैटौं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यज्यूहरुमा बधाई तथा कार्यकाल सफलताको शुभकामना...
31/01/2025

महिला सुरक्षा दवाव समूहको छैटौं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यज्यूहरुमा बधाई तथा कार्यकाल सफलताको शुभकामना !!

आज माघ १८ गते महिला सुरक्षा दबाव समुहको छैटौं महाधिवेशन तथा १९ औ साधारणसभा सम्पन्न भयो ।
छैटौं अधिवेशन तथा १९ औं साधारणसभाको अध्यक्षता कल्याणी शाह तथा स्वागत उपाध्यक्ष इरादा गौतमले गर्नुभएको थियो । अधिवेशन तथा साधारणसभाको उद्घाटन सल्लाहकार द्वय सावित्री थापा तथा दुर्गा घिमिरेले गर्नुभएको थियोे । द्वय सल्लाहकार तथा कार्यक्रमका प्रमुख व्यक्तित्वले उद्घाटनपछि संस्थाको विगत र वर्तमानको समिक्षा गर्दै आगामी नेतृत्व चयन र कार्यकालले महिला सुरक्षा दवाव समूहको मर्म,मुद्दा र महिलाको अधिकारलाई सुनिश्चित गर्दै अघि बढ्ने वातावरण बनाउने विषयमा गम्भीरता देखाउने आशा सहित आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
कार्यक्रमको उद्घाटनपछि महासचिब बिजया श्रेष्ठ तथा कोषाध्यक्ष विमला तुम्खेवाले आआफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भयो । प्रतिवेदन उपर थप सुझाव सहित पारित गर्दै कार्यक्रममा सहभागी,सहयोग गर्ने कर्मचारी तथा महिला सुरक्षा दवाव समूहका सम्पुर्ण शुभचिन्तकहरुलाई धन्यवाद दिँदै आगामी नेतृत्व चयनको लागि निर्वाचन कमिटीलाई बाँकी कार्यक्रमको हस्तान्तरण गर्नुभयो ।
निर्वाचन कमिटीले महिला सुरक्षा दवाव समूहको १५ सदस्यीय छैटौं कार्यसमिति तथा छ पदाधिकारी चयन गरि निर्वाचनको कार्यक्रम सम्पन्न गर्यो ।
निर्वाचित कमिटीको नामावली निम्न बमोजिम रहेको छ ।
१, अध्यक्ष : इरादा गौतम
२,उपाध्यक्ष : कमला उप्रेती
३, महासचिव : वैजन्ती कार्की
४, सचिव : मिना स्वार्णाकार
५, सचिव : सीता ओझा
६, कोषाध्यक्ष : शान्ति नकर्मी
७, सदस्य : सुशीला श्रेष्ठ
८, सदस्य: अजिता अर्याल
९, सदस्य :विमला तुम्खेवा
१०,सदस्य : प्रतिमा मुडभरी
११, सदस्य : द्रौपदी रोकाय
१२,सदस्य : गीता भट्टराई
१३, सदस्य : मञ्जु मरासिनी
१४,सदस्य : चाँदनी राना
१५, सदस्य : गोमादेवी गुरुङ

निर्वाचन कार्य सकिएपछि वरिष्ठ अधिवक्ता मिरा ढुङ्गानाले निर्वाचित सबै सदस्यलाई शपथग्रहण गराइ वर्तमान अध्यक्षले प्रतिवद्धता मन्तव्य र निवर्तमान अध्यक्षले बधाई तथा कार्यकालको सफलताको मन्तव्य सहित कार्यक्रमको समापन गर्नु भयो ।
महिला सुरक्षा दवाव समूहको छैटौं अधिवेशन तथा १९ औं साधारणसभामा उपस्थित सल्लाहकार द्वय,सबै सञ्जाल सदस्यहरु, अहोरात कार्यलयीय काममा जुट्ने कर्मचारी साथीहरू सहित निर्वाचनको सम्पुर्ण जिम्मेवारी लिइ निर्वाचन जस्तो गरिमामय काम सम्पन्न गराउनु हुने वरिष्ठ अधिवक्ता मिरा ढुगांनाज्यू र अधिवक्ता पुष्पा पौडेलज्यूलाई विशेष धन्यवाद दिँदै कार्यक्रम समापन भयो ।

मेरो पनि नवनिर्वाचित कार्यसमितिका सम्पुर्ण पदाधिकारी तथा सदस्यज्युहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना🎈🎈🙏🙏

महिला अध्ययन केन्द्रका सबै साथीहरूमा नमस्कार  आज भाद्र २२ गते शनिबारको दिन महिला अध्ययन केन्द्रका सल्लाहकार माननीय शिक्ष...
07/09/2024

महिला अध्ययन केन्द्रका सबै साथीहरूमा नमस्कार

आज भाद्र २२ गते शनिबारको दिन महिला अध्ययन केन्द्रका सल्लाहकार माननीय शिक्षा मन्त्री विद्या भट्टराईलाई महिला अध्ययन केन्द्रको तर्फबाट भेटघाट कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा उपस्थितसाथै कारण बस अनुपस्थित सबै साथीहरुलाई सहयोगको लागि धन्यवाद ।

सीता ओझा
अध्यक्ष

महिला अध्ययन केन्द्रका सबै साथीहरूमा नमस्कार  आज भाद्र २२ गते शनिबारको दिन महिला अध्ययन केन्द्रका सल्लाहकार माननीय शिक्ष...
07/09/2024

महिला अध्ययन केन्द्रका सबै साथीहरूमा नमस्कार

आज भाद्र २२ गते शनिबारको दिन महिला अध्ययन केन्द्रका सल्लाहकार माननीय शिक्षा मन्त्री विद्या भट्टराईलाई महिला अध्ययन केन्द्रको तर्फबाट दोसल्ला आडोई सम्मान,बधाई ज्ञापन तथा कार्यकालको सफलताको शुभकामना दिने कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा उपस्थितसाथै कारण बस अनुपस्थित सबै साथीहरुलाई सहयोगको लागि धन्यवाद ।

सीता ओझा
अध्यक्ष

सन २०१४
12/06/2024

सन २०१४

08/05/2024

आमालाई चिट्ठी -सीता ओझा

आमा सादर प्रणाम !

आमा ! म आराम छु । सायद तपाईं पनि आरामै हुनु हुन्छ ।

हरेक वर्षको वसन्त ऋतुमा पर्ने मातातिर्थ औंसीमा हरेकले आमाको स्मरण गर्ने भएर होला मैले पनि यो उत्सवको दिन तपाईंलाई सम्झिएँ । विश्वका सबै धर्म,संस्कृति,रिती स्थिति भन्दा फरक हिन्दु धर्मसँग जोडिएका हरेकले यो दिनलाई विशेष दिनको रुपमा मान्ने गरेको सम्झिएँ । सायद,यसरी आमा सम्झँने पनि संसारभरका हिन्दुहरुले मात्रै होला । त्यो पनि हरेक बसन्त ऋतुसँगसगैं !
आमा शब्द,हिन्दु धर्म र संस्कृतिसँग जोडिएको जस्तै संसारका अरु मानिसहरुका पनि यस्ता दिन हुन्छन् हुन्नन ? कौतुहलता जोडियो । अरु देशका नागरिकहरुले पनि यसरी आमालाई सम्झँने दिनहरु हुँदा रहेछन् । खोजेँ,भेटेँ र पढें,खुसी लाग्यो ।
संसारका हेरक मानिससँग अनेकौं सपना र कल्पनाको तुना बुन्ने कुराको सुरुवात सायद आमा कोख भएको कारण मात्रै सम्भव भएको हो कि जस्तो लाग्यो । आमाको कोख नभइ दिएको भए हामी पनि हुने थियौं कि थिएनौं ? यो पक्षले दिमाग मन्थन गरायो ।
आमासँग जोडिएका सयौं कुराले सारा जगत विर्सिएर तिम्रो काखमा लटपुटिएको सम्झेँ । सुख,दुख र मनका कुरा खोलेर तिम्रो स्नेहले मिचिमिचि पखालिएको सम्झेँ ।तिमीले ममताको पोकोमा बाँधेको जस्तो महसुस भयो ।विकारहरु विर्साउन तिमीले गरेको स्पर्श र स्नेहको गहिराईमा डुबेको र तिमीले चोख्याउँदै नुहाइ दिएको जस्तो महसुस भयो ।
माताको ओत पिता,दाइ,छोराहरुमा गाँसिदिएको भए यो संसार कस्तो हुने थियो भन्ने कल्पना गरें ।
हरेक सन्तानको तनसँग जोडिएको आमाको मन र सन्तानको मनविच तुलना गर्न मन लाग्यो ।आमाको मनको मानवता र सन्तानको मनको मानवता विचको फरक भित्र आफुलाई उभ्याएँ र तौलें । आमा र सन्तान विचको लैङ्गिक चेतनाको तराजुको स्नेहमा आमाहरूलाई उभ्याएँ । त्यो तराजुमा तौलको होइन,मुल्यको मानंक भेटियो । म चुपचाप आमातिर फर्कें । ममताको ओत पिता,दाइ,छोराहरुमा गाँसिदिएको भए यो संसार कस्तो हुने थियो होला जस्तो लाग्यो । आमाको मानवरुपको भौतिक शरीर सन्तानमा लिन गराएर सन्तानको स्नेह आफ्नो हृदयमा रोपेर,आफुले नखाई गोडमेल गर्दै,फूल फुलाउने र फलको स्वरुप देख्न रमाउने आमाको मनको भेटें । त्यो खुसीले मन फुसफुसाउँदै मख्ख पर्ने साक्षात देवीहरुप्रति नमन गरें ।
आमा शब्दसँग जोडिएर आफ्नो बालापन सम्झेँ । आमाको दशधारा दुधले दुधे आन्द्रा भरिउँन्जेल आमाको लाम्टो चुस्न पाउँदा खुसी हुँदै आफू सरहका भन्दा आफू अर्कै भएको सम्झेँ र दङ्ग परें ।
टुकुरटुकुर हिड्न सक्ने हुँदै गर्दा पुर्लुक लड्दै,चुरुक उठ्दै आमालाई सताएको सम्झेँ । अझै बढेपछि आकाशतिर हेरेर, आकाशको तारा टिप्न लगाएको,तारा नभेटिएर आमालाई सताएको,रोएको,चिच्याउँदै खुट्टा बजारेको,राल र सिंगान बगाउँदै आमाको हातै नसमाएर लडिबुडि गरेको सम्झें । आमाले भकाएर,राल सिंगान पुछ्दै गालामा चुप म्वाई खाएर छातीमा टाँसेको र मेरो नानी भनेर च्यापेको सम्झेँ । बालापनको हटको मनोबैज्ञानिक उपचार सहित मलाई फकाएको सम्झनाले आँखा रसाए तर तारा टिप्न सकिएन ।
कहिले हात समातेर त कहिले बुइँ चडेर पाठशाला जाँदा आमालाई सताएको सम्झँनाले पाठशाला र पाठशालाको पढाउने तौर तरिका सम्झाउन र आमाले पढाइप्रति चिन्ता गरेर शिक्षकसँग गरेको संवाद सम्झे । शिक्षक र आमालाई छलेर भागेको र कुखुरा बन्नु परेको पनि सम्झेँ ।पाठ्यपुस्तक र पाठ्यसामग्रीहरु लुकाएको पनि सम्झें र झसङ्ग भए । लाग्यो यो मेरै युगको कुरा हो र ? यस्ता अनेकौं सम्झनाहरु तरङ्गिए,आधुनिकताभित्रको साथी हातको मोबाइलमा घण्टी बज्यो तर मैले आमाले खाना खुवाउँदै लोहोरी गाएको विर्सन सकिन । अहिले पनि आमाको काखमा त्यै लोहोरी सुन्दै निदाउन मन लाग्छ तर कहाँ पाइन्छ र !
पहिले लाग्ने र अहिले लाग्नेमा फरक रहेछ, सानो छँदा आमाको हात समाएर रमाएको,घुमेको,मीठो मसिनो खोसेर खाएको,म भोकाएँ कि भनेर आमा हतारिएको सम्झेँ । सम्झँदा सम्झँदै सन्तानतिर फरक फर्कें, अहिलेका सन्तानले मातापितालाई मनबाटै सम्झँछन् त ? आमाको स्नेह जस्तै मान गर्छन ? मनमा अनेकौं तरङ्गहरु जन्मिए । तरङ्गसँग जोडिएका जवाफ भेटिँन । आमाको निस्वार्थ भावको व्यवहार कहिँ कतै भेटिँन ।
हातको मोबाइलमा घण्टी बज्दा, मैले त आमाले खाना खुवाउँदै लोहोरी गाएको सम्झेँ ।
जसजसले आमाको काख र साथ पाएका छन् तिनीहरूलाई भाग्यमानी ठाने ।
आमा शब्द सँग जोडिएका अनेकौं पक्ष सम्झँदा सम्झँदै मानिसले प्रसस्तै धन कमाएर,घरमा धानको ढुकुटी ,मकैको सुली राख्नु ठूलो कुरा लागेन । गोठभरी गाईबाख्राले भरिएको देखेर छक्क पनि परिन् । गाउँको खानदानी कहलाउन पनि मन लागेन ।
पदले ठूलो र प्रतिष्ठित जागिरमा पुगेर मान र पदवी पाएकाहरु सम्झेँ ,पैसा कमाउने,पैसा खेलाउने, मदिरामा मस्त भएर आनन्द लिने,दुइचार हजार फ्याट निकालेर दान गर्ने, गाडी,घोडा खोज्ने पनि गरीब नै लाग्यो ।
अरुको भन्दा फरक घर हुनु सम्पन्नता हो जस्तो लाग्थ्यो ।अलिपछि धनी हुनु भनेको घरजग्गा मात्रै होइन पढे,लेखेर देश विदेशको सयर गर्नु,भोज भतेरमा प्रसस्त पैसा खर्च गर्न सक्नु,प्रायः होटलमा लन्च र डिनर गर्नु हो जस्तो लाग्थ्यो । अहिले सम्झँदा त्यसो त होइन रहेछ । धनी हुनु भनेको त मातापिताको साथमा बस्न,हाँस्न र खान पाउँनु जस्तो धन अरु होइन रहेछ ।
अहिले त मलाई यस्तो पो लाग्छ त !

आमा हाँसी दिँदा आकासमा म उड्छु
आमा साथमा हुँदा चन्द्रमामा कुद्छु
म भोकै बसेरै पुन : आमा शब्द खोज्छु
एकैछिनमा आमा कुरि बस्या भेट्छु

ठुस्किएर बस्छु , बोल्दिन म फेरि
नहेरी कटाक्ष मर्डार्दै दुगर्छु म फेरि
ओइलाएर म फेरि विछौनामा सुत्छु
आतिएर दुगुरेकी तिनै आमा भेटेछु

न भन्ने कसैलाई,न कुर्ने अरुलाई
नहेरी,नखुवाइ सुख छैन तिनलाई
निदाइ मलाई र खुवाइन अरुलाई
अरु भन्दा ढिलै सुतिछिन सुस्ताइ

आमा ! आमा शब्द ! मेरो र तिम्रो लागि मात्रै होइन, संसारका सबै प्राणीहरूको लागि प्रिय शब्द रहेछ । आमा शब्दको उच्चारण सुनेर प्राणी जगत नै नतमस्तक हुदो रहेछ। त्यस्तो शब्दबाट परिभाषित आमा, आफू भोकै बसेर ,आफ्ना सम्पुर्ण खुशीहरू सन्तानको लागि त्याग्न सक्ने रहेछन् । सन्तानको सुख र सन्तुष्टिमा तृप्ति हुनु आमाको विशेषज्ञता हो रहेछ । “आमा ” सम्बन्धको पहिचानसँग जोडिएको स्नेह सबै सन्तानले बुझ्न सक्छन कि सक्दैनन् ? तिमीलाई नै सोध्न मन लाग्यो ? सांसारिक सुखभोगको आनन्दले सन्तानले आमालाई दु: ख दिने र विर्सने गर्छन कि गर्दैनन् ? सम्झन मन लाग्यो ।
आमाको धनसम्पती माथि अधीन जमाएर आमाको ममताको महत्त्वलाई लत्याउने,रूवाउने सन्तान सम्झेँ । आमालाई घरबासबाट अलग्याएर आश्रम पुर्याउने,आमालाई रुवाउने,गाली गर्ने,पिट्ने,अपमानजनक व्यवहार गरेर दुख दिने पनि सम्झेँ । सबै कष्ट छोडेर तिमीले तिम्रै ममताको प्रेममिलापमा उनीहरूलाई गलाएको देखेर छक्क परें ।
आमालाई रुवाएर आफू तिर्थ व्रत दान र धर्म गर्नु अपराध हो । अपराध गर्ने सन्तानहरु प्रति तिमीले छुट दिएपनि राज्य र कानुनले बोल्नु पर्ने हो तर अझै यस्ता विषयमा राज्य मौन छ।किन होला ? आफैंलाई प्रश्न गरें ।
यस्तो बेला आफ्ना सन्तानले मातापिताको जीवनको भोगाइ भित्रका पिडाको अनुभव सुन्ने,संकलन र अभिलेख गरिदिने,सके प्रकाशन गरि पुस्तक नै लोकमा अर्पण गरिदिन सक्यो भने नयाँ पुस्ताको लागि सिकाइ,पुरानो पुस्ताको लागि प्रेरण र हौसला सृजना गर्ने वातावरण बन्थ्यो होला । आफ्नो अभिभावकत्वमा चराचरको सम्झना र स्पर्षको मर्म जोडिएको त्यो क्षणले जन्म घरको त्याग, कर्म घर र नयाँ गृहस्थ सृजनाको लागि गरिएको रगत र पसिनाले सिञ्चित श्रम जोडिएको सम्झिएर उनीहरूको मनोविज्ञानमा जीवनका रङ्गहरू पोखिएर नयाँ तस्बिर कोरिन्थ्यो होला भन्ने सोचें तर तिमीले मलाई हेर्यौ मात्रै ।
आमाहरु महिला हुन । महिलाहरुको न धर्ती छ न आकाश ! विना धर्ती र आकाश लाखौंलाख वर्ष जिउन बाध्य महिलाहरु साक्षर हुनु,साक्षर भएर थोरै अवसर खोज्नु,अवसरको भुमिकाले पहिचान बनाउनु,पहिचान पछि अधिकार बुझ्दै स्वतन्त्र अस्तित्व सहित हिडडुल गर्न खोज्नु अपराध होइन ।
निराकार,निरञ्जनको संसारभित्र गुमनाम आमाहरुले गुनगुनाउनु,कोरकार गर्नु ,लहराउनु,वायुको गतिसँग यति मिलाउन खोज्नु अराजकता पनि होइन । आमाहरूले आफुसँग भएको विलक्षण प्रतिभाको प्रस्फुटन गराउने वातावरण पाउनु नै आमाहरुको अहिलेको परिकल्पना हो । हो,आमाको स्मरणसँग सन्तानले यस्ता पर्वहरुमा आमामा भएका विषयलाई सगाल्न खोज्नु ,सोध्नु र प्रकाशनमा ल्याउनु आमाप्रतिको आदर र सम्मानको उदाहरणीय कार्य हो ।तर सन्तानलाई यसो गर्न फुर्सद कहाँ छ र ?
आमाहरूले आफुसँग भएको विलक्षण प्रतिभाको प्रस्फुटन गराउने वातावरण पाउनु नै आमाहरुको अहिलेको परिकल्पना हो ।
यस्ता पुन्य कार्यले मातृऋणबाट मुक्ति पाउन सकिन्छ । अब सन्तानहरुले मातापिताको यस्तो विषयसँग जोडिनु पर्दछ भनेर तिमीले सम्झाएको कुराले मलाई लोभ्यायो। धर्म प्राप्तिका चारधाम जाने, नानाथरीका पुजापाठ गर्ने, अनाथ असक्तलाई खाना खुवाउने र पुन्य देखाएर घरका मातापिताको अपमान , तिरस्कार गरेर रूवाउने सयौं कुपात्रहरूको लागि मातातिर्थको महत्त्व नै छैन भन्थ्यो नि आमा ! अहिले आफ्ना सबै खुसी सन्तानका लागि बलिमा चडाउन तयार आमाहरूको स्मरण गर त ? तिमीले गरेको त्याग सहि रहेछ त ? सन्तानले मातापिता खोज्नु,भेट्नु सन्तानले पुन्य कमाउनु हो। अहिले यस्तो भन्ने सन्तान कति प्रतिशत होलान् ? तिमीलाई थाहा छ र ? थाहा नभएपनि तिमीलाई फरक पर्दैन तर मलाई त फरक पर्छ । सायद यहि फरक छ तिमी र म मा ।
मातृत्वप्रतिको यो सम्मान संसारका सबै सन्तानका लागि सिकाइ बन्न सकोस । संसारका सबै आमाहरुले सदासर्वदा सुपात्र सन्तान जन्माउन सकुन् । आमा ! यो वर्ष यति नै लेखें ।आमा ! तिमीलाई पनि मातातिर्थको शुभकामना !

सीता ओझा
२०८१-०१-२५

Address

Chabahil
Kathmandu

Telephone

+9779841519848

Website

Alerts

Be the first to know and let us send you an email when Women study centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Women study centre:

Share