25/09/2026
लोक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाबाट उपसचिव पदमा सिफारिस हुन सफल हुनुभएका आदरणीय श्री रविन्द्र प्रसाद यादवज्यूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। 💐
तपाईंको अथक मेहनत, धैर्य, लगनशीलता र निरन्तर प्रयासको परिणामस्वरूप प्राप्त यस गौरवमय सफलताले सम्पूर्ण परिवार, आफन्तजन तथा शुभेच्छुकहरूलाई हर्षित र गौरवान्वित बनाएको छ।
आगामी दिनमा तपाईंको प्रशासनिक यात्रा अझ उच्च, सफल र प्रेरणादायी बनोस्। राष्ट्र र जनताको सेवामा थप जिम्मेवारी तथा उत्कृष्ट योगदान दिन सफल हुनुहोस् भन्ने हार्दिक शुभकामना। 🙏
उज्ज्वल भविष्य तथा सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना! ❤️🌻
– नेपाल यादव युवा संघ