राष्ट्रदृष्टि Rashtradrishti

Call Contact the organization

राष्ट्रदृष्टि Rashtradrishti Pokhara Nepal

"राष्ट्रदृष्टि" एकदर्शन हो।
पृथ्वीपथ! नाथान्थपथ!! महेन्द्रपथ (राष्ट्रपहिलो)!!!

अनुसन्धानमा आधारित नेपाली ज्ञान–मञ्च-
इतिहास,दर्शन,सभ्यता,धर्म,संस्कार,संस्कृति,राजनीति, राष्ट्रियता, मौलिकता र सार्वजनिक नीतिमाथि तथ्य, प्रमाण र विवेकपूर्ण विश्लेषण
हिमवतखण्ड

योगीराज डा. रामनाथ अघोरी बाबा(नाथ–अघोरी परम्पराका महान् साधक र नेपालको पहिलो त्रिभुवन विश्वविद्यालय स्थापना का प्रेरक) #...
24/08/2026

योगीराज डा. रामनाथ अघोरी बाबा
(नाथ–अघोरी परम्पराका महान् साधक र नेपालको पहिलो त्रिभुवन विश्वविद्यालय स्थापना का प्रेरक)
#साभार

योगीराज डा. रामनाथ अघोरी बाबा भारतका नाथ–अघोरी परम्परामा अत्यन्त प्रसिद्ध, प्रभावशाली र सम्मानित गुरु थिए। उहाँको जन्म पश्चिम बंगालको तारापीठ नजिक पर्ने पाहुर (Pahur) क्षेत्रको राजपरिवारमा भएको मानिन्छ। किशोरावस्थामै, करिब १६ वर्षको उमेरमा, उहाँले सांसारिक जीवन त्याग गरी संन्यास ग्रहण गर्नुभयो।

गम्भीरनाथ बाबाको कृपाबाट उहाँले पुरानो अञ्जिरको रुखमुनि दीक्षा प्राप्त गरी कानफटा गोरखनाथी नाथ सम्प्रदायमा प्रवेश गर्नुभयो। प्रारम्भदेखि नै उहाँको साधना, साहस, निर्भीकता र सामाजिक चेतनाले नाथ सम्प्रदायभित्र विशेष स्थान बनायो। रामनाथ अघोरी बाबा करिब ११७ वर्षसम्म जीवित रही दीर्घकालसम्म साधना र सेवा मार्गमा सक्रिय रहनुभएको उल्लेख पाइन्छ।

उहाँ करिब एक शताब्दीसम्म नाथ अखाडा, गोरखपुरका प्रमुख व्यक्तित्व रहनुभयो। आध्यात्मिक साधनासँगै सामाजिक उत्तरदायित्वमा समेत गहिरो रुचि राख्ने उहाँ हरेक वर्ष नेपाल आएर काठमाडौंको पशुपतिनाथ मन्दिरमा एक महिना बसेर महाशिवरात्रि पर्व मनाउनुहुन्थ्यो। नेपालका शैव साधु, योगी र भक्तजनहरूले उहाँलाई अत्यन्त श्रद्धा र सम्मानका साथ स्वीकार गर्थे।

पशुपतिनाथ क्षेत्रमै, बागमती नदीको किनारमा अवस्थित पहिलो नाथ धुनी नजिक उहाँको आसन थियो। यस स्थानबाट उहाँ नाथ सम्प्रदायको संरक्षण, साधना र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। नाथ सम्प्रदायका धेरै योगीहरू उहाँको असाधारण साधना र निर्भीक जीवनशैली देखेर प्रभावित र आश्चर्यचकित हुन्थे।
नेपालको पहिलो विश्वविद्यालयसँग सम्बन्ध योगीराज डा. रामनाथ अघोरी बाबाको योगदान केवल आध्यात्मिक क्षेत्रमा मात्र सीमित थिएन। सर्वसाधारण जनताको शिक्षा र चेतनाको स्तर उठाउन उहाँले गहिरो चिन्ता लिनुभएको थियो। यही उद्देश्यका लागि उहाँले एकपटक जनतालाई शिक्षित गरिनुपर्छ भन्ने मागसहित अनशन (भोक हड्ताल) समेत गर्नुभएको उल्लेख पाइन्छ।

यो कुरा थाहा पाएपछि तत्कालीन राजा त्रिभुवन स्वयं उहाँको दर्शनमा पुग्नुभयो। भेटका क्रममा बाबाले नेपालमा उच्च शिक्षाको केन्द्र—एक विश्वविद्यालय—स्थापना हुनुपर्ने इच्छा व्यक्त गर्नुभयो। राजा त्रिभुवन विश्वविद्यालयको नाम रामनाथ अघोरी बाबाकै नाममा राख्न चाहन्थे, तर बाबाले ठूलो विनम्रता देखाउँदै विश्वविद्यालय राजाकै नाममा राखिनुपर्छ भन्नुभयो। यही ऐतिहासिक संवाद र प्रेरणाबाट नेपालमा त्रिभुवन विश्वविद्यालय स्थापना भएको जनश्रुति र परम्परागत इतिहासमा उल्लेख पाइन्छ।

यसका अतिरिक्त, योगीराज डा. रामनाथ अघोरी बाबाले पशुपतिनाथ घाट क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्य पनि गर्नुभएको थियो। साधु–सन्त, गरिब, रोगी र सर्वसाधारणले उहाँको यस सेवाबाट लाभ लिएको भनाइ पाइन्छ।

उहाँका परम्परागत उत्तराधिकारी सरकरनाथ अघोरीका अनुसार, आजको समाजले योगीराज डा. रामनाथ अघोरी बाबाको आध्यात्मिक, सामाजिक र शैक्षिक योगदानलाई प्रायः बिर्सँदै गएको छ। तर नाथ–अघोरी परम्परा, पशुपतिनाथ क्षेत्र र नेपालको शैक्षिक इतिहासमा उहाँको नाम मौन तर गहिरो रूपमा अंकित छ।

17/08/2026

काला कांग्रेस कहिल्यै सुध्रिंदैन ।
#राष्ट्रदृष्टि #डेउवापक्ष

आज नाग पञ्चमी: पूजा मात्रै कि प्रकृतिसँगको गहिरो सम्बन्ध?हामी सनातन धर्मावलम्बीहरुका चाडपर्वहरू केवल पूजापाठ र परम्परामा...
17/08/2026

आज नाग पञ्चमी: पूजा मात्रै कि प्रकृतिसँगको गहिरो सम्बन्ध?

हामी सनातन धर्मावलम्बीहरुका चाडपर्वहरू केवल पूजापाठ र परम्परामा मात्र सीमित थिएनन् र छैनन्, तिनका पछाडि गहिरो वैज्ञानिक र प्राकृतिक कारण पनि लुकेका हुन्छन् । नाग पञ्चमी यस्तै एउटा विशेष दिन हो।

​नागपञ्चमीको महत्त्व----?

​चन्द्रमा र सूर्यको गति तथा मौसम;-
साउनको यो बेला सूर्य दक्षिणायन हुन्छन् र वर्षा उच्च सीमामा हुन्छ। जमिनमा पानी भरिएपछि सर्पहरू बाहिर निस्कन्छन् । प्रकृति र जीवजन्तुको यो चक्रलाई बुझ्न र उनीहरूसँग अनुकूल हुन यो तिथिको विशेष अर्थ रहन्छ ।

​किसानको सच्चा मित्र;-
सर्पले खेतबारीका अन्न बाली नष्ट गर्ने मुसा र कीराहरू खाएर अन्नको रक्षा गर्छ । त्यसैले यो पर्व मानव र सर्पबीचको सहअस्तित्व को प्रतीक हो ।

​पर्यावरण र जल स्रोतको संरक्षण;-
नागको बासस्थान मानिने पानीका मूल, पोखरी र कुवाहरूको सरसफाइ गर्ने परम्पराले पानीका स्रोतहरु स्वच्छ राख्न मद्दत गरेको हुन्छ ।

​आध्यात्मिक ऊर्जा;-
योगमा नागलाई हाम्रो मेरुदण्डमा रहने 'कुण्डलिनी शक्ति'को प्रतीकको रुपमा लिइन्छ वा मानिन्छ । जसले भित्री चेतना जागृत गराउँछ।

हामीले हाम्राे ​घरको ढोकामा नाग टाँस्नु र पूजा गर्नु धार्मिक चेतना अभिबृद्धि गर्ने बाटो त हुँदै हो नै । तर यसको मुख्य सन्देश प्रकृति र सम्पूर्ण जीवजन्तुको सम्मान गर्नु पनि हो ।

​सबैमा नाग पञ्चमीको हार्दिक शुभकामना!

​

कृपया यो पेजलाई फलो गरेर संग जोडिनुहोला 🙏
15/08/2026

कृपया यो पेजलाई फलो गरेर संग जोडिनुहोला 🙏

"राष्ट्रदृष्टि" एकदर्शन हो।
पृथ्वीपथ! नाथान्थपथ!! महेन्द्रपथ (राष्ट्रपहिलो)!!!

अनुसन्धानमा आधारित नेपाली ज्ञान–मञ्च-
इतिहास,दर्शन,सभ्यता,धर्म,संस्कार,संस्कृति,राजनीति, राष्ट्रियता, मौलिकता र सार्वजनिक नीतिमाथि तथ्य, प्रमाण र विवेकपूर्ण विश्लेषण
हिमवतखण्ड

❤️❤️❤️
15/08/2026

❤️❤️❤️

गिरिजाप्रसाद कोइराला र पर्दा पछाडिको इतिहास  #साभार Ratan Bhandari ज्यु बाट ।-------------------------------------------...
15/08/2026

गिरिजाप्रसाद कोइराला र पर्दा पछाडिको इतिहास
#साभार Ratan Bhandari ज्यु बाट ।
---------------------------------------------------------------
गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता मात्र होइन, छोरा सुरेश पनि थिए। यद्यपि सुरेश कोइरालाका श्रीमतीतिरका छोरा हुन्। २००४ चैत २२ गते सुरेश जन्मिँदा गिरिजाप्रसाद र उनकी पत्नी सुष्माको चिनजानसमेत थिएन। गिरिजाप्रसादले सुष्मासँग बिहे गर्दा सुष्मापट्टिका छोरा सुरेश पनि सँगै कोइराला निवास भित्रिएका थिए। बनारस निवासी स्तदेव उपाध्यायकी छोरी सुष्माको पहिलो बिहे भने भारतमै भएको थियो। सुरेश जन्मिएको केही समयपछि सुष्मा र उनको पतिबीच सम्बन्धविच्छेद भएको थियो।

गिरिजाप्रसादका दाजु केशव कोइरालाकी पत्नी नोनाको सहयोगमा सुष्मा विराटनगरमा सुशीला कोइराला र इन्दिरा आचार्य (शैलजा आचार्यकी आमा) ले खोलेको आदर्श बालिका विद्यालयमा पढाउन थालिन्। गिरिजाप्रसादको सुष्मासँग सोही क्रममा भेट भएको थियो। छोरा सुरेशलाई समेत स्वीकार्ने सर्तमा गिरिजाप्रसादले २००९ सालमा सुष्मासँग बिहे गरेका थिए। २०११ सालमा गिरिजापुत्री सुजाता जन्मेकी थिइन्। सुरेश कोइरालाको समेत २०७१ साउनमा निधन भइसकेको छ ।

कृपया यस पेजलाई फलोगरी साथ दिनुहोस् 🙏पृथ्वीपथ!   नाथान्थपथ!!   महेन्द्रपथ (राष्ट्रपहिलो)!!! #राष्ट्रदृष्टि
13/08/2026

कृपया यस पेजलाई फलोगरी साथ दिनुहोस् 🙏

पृथ्वीपथ! नाथान्थपथ!! महेन्द्रपथ (राष्ट्रपहिलो)!!!
#राष्ट्रदृष्टि

"राष्ट्रदृष्टि" एकदर्शन हो।
पृथ्वीपथ! नाथान्थपथ!! महेन्द्रपथ (राष्ट्रपहिलो)!!!

अनुसन्धानमा आधारित नेपाली ज्ञान–मञ्च-
इतिहास,दर्शन,सभ्यता,धर्म,संस्कार,संस्कृति,राजनीति, राष्ट्रियता, मौलिकता र सार्वजनिक नीतिमाथि तथ्य, प्रमाण र विवेकपूर्ण विश्लेषण
हिमवतखण्ड

"हनुमान चालीसा र सूर्यको दूरी अर्थात् शास्त्रमा लुकेको विज्ञान" #राष्ट्रदृष्टि   पछिल्लो समयमा आधुनिक विज्ञानले पत्ता लग...
13/08/2026

"हनुमान चालीसा र सूर्यको दूरी अर्थात् शास्त्रमा लुकेको विज्ञान"
#राष्ट्रदृष्टि

पछिल्लो समयमा आधुनिक विज्ञानले पत्ता लगाएका प्रायः थुप्रै तथ्यहरूको वैज्ञानिक आधार हाम्रै पूर्वीय दर्शन र सनातन शास्त्रहरू हुन् भन्न हामी एकदमै हिच्किचाउछौं । तर हाम्रा ऋषिमुनि र विद्वान्हरूले हजारौँ वर्षअघि नै खोज तथा मापन गरिसकेका कुराहरूलाई आधुनिक विश्वले सजिलै मान्यता नदिन सक्छ । किनकि आफू भन्दा अरुलाई श्रेष्ठ नदेख्नै एक प्रकारको मनोबैज्ञानिक रोग पश्चिमाहरुमा रहेको बुझ्न सकिन्छ । तर यसले हाम्रा पुर्वीया शास्त्रहरूको अद्वितीय महत्त्व र प्रामाणिकतालाई अलिकति पनि घटाउँन सक्दैनन् ।

​यसको एउटा प्रत्यक्ष र उत्कृष्ट उदाहरण हो—
हनुमान चालीसामा उल्लेख गरिएको "सूर्य र पृथ्वीबीचको दूरी" ।

हनुमान चालीसा, बि.सं. १७ औँ शताब्दीको शुरुआततिर भक्तकवि गोस्वामी तुलसीदास (बि.सं. १५८९-१६८०) द्वारा अवधी भाषामा रचना गरिएको अमर काव्य हो । कुनै आधुनिक प्रविधि वा दूरबिन बिना नै सूर्यको दूरी अत्यन्तै सटीक रूपमा व्याख्या गरिएको छ ।

उक्त ग्रन्थको १७ औं चौपाइमा यस्तो लेखिएको छ —

जुग सहस्र योजन पर भानू।
लील्यो ताहि मधुर फल जानू॥
प्रभु मुद्रिका मेलि मुख माहीं।
जलधि लाँघि गए अचरज नाहीं॥

जन्नुपर्ने के छ भने:
👉️पहिलो दुई हरफ (चरण) मा बाल्यकालमा हनुमानजीले सूर्यलाई मीठो फल ठानेर समात्न गएको प्रसंग छ ।
👉️पछिल्ला दुई हरफमा श्रीरामको औँठी मुखमा राखेर समुद्र पार गरेको प्रसंग छ।

माथिको पंक्तिको पहिलो २ हरफको शब्दार्थ जानौं —
जुग = काल/समय/युग
सहस्र = हजार अंक
योजन = दुरीको एकाई
पर = टाढा / पर
भानु = सुर्य
लील्यो = निल्नुभयो/मुखमा लिनुभयो
ताहि = त्यसलाई / त्यसैलाई
मधुर = मीठो
फल = फल
जानू = ठानी / सम्झी / मानेर

भावार्थ:
“टाढा रहेको सूर्यलाई मीठो फल ठानी बाल हनुमानले त्यसलाई निल्न खोज्नुभयो।”

अब यसैलाई
शास्त्रीय गणना अनुसार सूर्यको औसत दूरी करिब १५४.५ मिलियन किलोमिटर हुन्छ भनेर यसरी पुष्टि गरिएको हो ।

पहिला जुग भनेको के हो ? यसलाई पत्ता लगाउँ --
जुग = काल/समय (जुग= १२,००० दिव्य बर्ष)

कसरी ?👇️

वैदिक गणना अनुसार (दिव्य वर्षको आधारमा)
​हाम्रो मानव १ वर्ष = देवताहरूको १ दिन (१ दिव्य दिन)
हाम्रो मानव ३६० वर्ष = १ दिव्य वर्ष हुन्छ।
​
अब यसरी हेरौं न त --
#सत्ययुग: ४,८०० दिव्य वर्ष (४,८०० × ३६० = १,७२८,००० मानव वर्ष)
#त्रेतायुग: ३,६०० दिव्य वर्ष (३,६०० × ३६० = १,२९६,००० मानव वर्ष)
#द्वापरयुग: २,४०० दिव्य वर्ष (२,४०० × ३६० = ८६४,००० मानव वर्ष)
#कलियुग: १,२०० दिव्य वर्ष (१,२०० × ३६० = ४३२,००० मानव वर्ष

(४,८०० + ३,६०० + २,४०० + १,२०० = १२,००० दिव्य बर्ष)
यो बाह्र हजार चारवटै युग (चतुर्युग/महायुग) को कुल 'दिव्य वर्ष' हो ।
यहि १२,००० लाई भनिन्छ, जुन हनुमान चालिसामा लेखिएको "जुग" भनेर ।
अर्थात् यस श्लोक को जुगलाई बाह्र हजार अंक भनेर बुझ्नु पर्छ )

अब, "सहस्र" लाई जानौं---
वैदिक गणना अनुसार १ सहस्र बराबर १ हजार हुन्छ ।
सहस्र = १,००० (एक हजार)

अब, सोही गणना अनुसार "योजन" लाई यसरी बुझौं ।
योजन = ८ माइल
१ माईल = १.६०९३४४ किलोमिटर
८ माईल = लगभग १२.८७ किलोमिटर

"जुग सहस्र योजन पर भानू, लील्यो ताहि मधुर फल जानू।"
अब, पहिलो दुई पंक्ति लाई यसरी गणना गरौं---
जुग = १२,०००
सहस्र = १,०००
योजन = ८ माईल

अब माईलमा ल्याउदा : (जुग×सहस्र×योजन)
१२,००० × १,००० × ८ = ९६,०००,००० माइल
अब किलोमिटरमा ल्याउदा :
९६,०००,००० × १.६०९३४ ≈ १५४,४९६,६४० किलोमिटर

हनुमान चालीसाको यस लोकप्रिय गणना अनुसार:
९६,००,००० माइल अर्थात्
करिब १५४.५ मिलियन किलोमिटर (१५ करोड ४४ लाख ९६ हजार ६४० कि.मि.)

प्राचीन गणना अनुसार सुर्यको दुरी १५४.५ मिलियन कि.मि.
आधुनिक बिज्ञान अनुसार सूर्य दूरी १४९.६ मिलियन कि.मि.
अझै NASA ले आधुनिक यहि दुरिलाई पनि ठ्याक्कै हो भनेर स्थिर भनाइ छैन ।

तर हामि ठोकुवा गरेर भन्न सक्नुपर्छ की, पूर्वीय दर्शन/शास्त्र आधुनिक विज्ञानको मूल आधार नै हो । यदि पुर्वीया दर्शन शास्त्र हुँदैनथ्यो भने पश्चिमाले केही पत्ता लगाउन सक्दैनथे ।

हजारौँ वर्षअघि कुनै आधुनिक साधनस्रोतबिना काव्यको एउटा श्लोकमै सूर्यको दूरी यति सूक्ष्म रूपले व्यक्त गरिनुले के स्पष्ट पार्छ भने— हाम्रा पूर्वीय शास्त्रहरू केवल धार्मिक आस्था मात्र नभई विज्ञान र गणितका महान् भण्डार हुन्। विश्वले ढिलो गरी स्वीकार गरे पनि हाम्रा पुर्खाको ज्ञान र शास्त्रको महत्त्व सदैव सर्वोपरि रहनेछ ।

यो जानकारी पाएर तपाईंलाई केही बुझे जस्तो लाग्यो?
यदि लाग्यो भने कृपया कमेन्ट गरी आफ्नो कुरा राखिदिनुहोला ।
साथै यस पेजलाई फलो गर्न नभुल्नुहोला र लाइक, कमेन्ट गरी सेयर गरी धेरैलाई जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

ीताराम । ुमान । 🙏

#पूर्वीयदर्शन #हनुमानचालीसा #नेपालीशास्त्र #हाम्रोसंस्कृति #सनातनधर्म #ज्ञानरविज्ञान #नेपालीपोष्ट

Address

Kathmandu
44600

Telephone

+9779841378532

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रदृष्टि Rashtradrishti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राष्ट्रदृष्टि Rashtradrishti:

Shortcuts

Share