Nepal SEE Students Community -Official

Nepal SEE Students Community -Official will provide information & study materials of class 9,10 &11....

24/03/2023
20/12/2022
Biology  For Common Medical Examination (CEE) || Chapter : Rabbit Bone || Part 3||
29/12/2020

Biology For Common Medical Examination (CEE) || Chapter : Rabbit Bone || Part 3||

Visit our website for live class and recorded video. Also, you can give live exam and enroll in a online course.For live class: https://www.donlinestudy.com...

01/11/2020

》》कक्षा १२ का प्रश्नपत्र पुरानै ढाँचामा 》》
आगामी मंसिर ९ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा पुरानै तरिकाअनुसार प्रश्न सोधिने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पुरानै ढाँचाका प्रश्नपत्र तयार गरिने बताउँदै भने, “नयाँ मोडेलको प्रश्नपत्र तयार हुँदैन । प्रश्नको मोडेल पुरानै रहन्छ, प्रश्न सङ्ख्या मात्र घट्ने हो।
परीक्षालाई डेढ घण्टा बनाइएकाले प्रश्न सङ्ख्या पनि कम हुनेछन् । “उदाहरणका लागि संक्षिप्त उत्तर लेख्नुहोस् भनेर विगतमा छ वटा प्रश्न सोधिन्थे भने अब तीन वटामात्र सोधिनेछ” उनले थपे, “त्यसैले विद्यार्थीहरु आत्तिनुपर्ने वा अन्योलमा रहनुपर्ने अवस्था छैन ।”
बोर्डले विगतको एक सय पूर्णाङ्कको परीक्षा अब ४० पूर्णाङ्कको लिनेछ । त्यस्तै ७५ पूर्णाङ्कलाई ३० मा, ५० पूर्णाङ्कलाई १५ मा र २५ पूर्णाङ्कलाई १० मा झारिनेछ ।
परीक्षा नियन्त्रक शर्माले समय पर्याप्त नभएकाले प्रदेशअनुसार फरक फरक प्रश्नपत्र तयार गर्न नभ्याइए पनि चार, पाँच सेटका प्रश्नपत्र तयार गरिने जानकारी दिए।
उनले समयले भ्याउनसक्ने स्थानमा छपाएका प्रश्नपत्र पठाइने र नभ्याउने स्थानमा इमेल गरेर प्रश्नपत्र पठाइने बताए । “परीक्षा सुरु हुनु केही अघि इमेलबाट परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइनेछ । कम सङ्ख्यामा प्रश्न हुने हुँदा परीक्षा केन्द्रले प्रिन्ट गरेर वितरण गर्न नसक्ने अवस्था भएमा कालोपाटीमा लेख्न सक्छन्” उनले भने ।
अझै पनि उत्तरपुस्तिकालाई परीक्षा केन्द्रसम्म पठाइएको छैन । उनले अब केही दिनभित्र उत्तरपुस्तिका परीक्षा केन्द्रसम्म पुगिसक्ने बताए ।

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal SEE Students Community -Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal SEE Students Community -Official:

Share