समकालीन साहित्य चौतारी

Call Contact the organization

समकालीन साहित्य चौतारी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from समकालीन साहित्य चौतारी, Community Service, Kathmandu.

समकालीन साहित्य चौतारीका संस्थापक अध्यक्ष, कुशल कार्यक्रम प्रस्तोता, कवि/गजलकार Bimala Chand  सानूज्यूलाई जन्मदिनको अवसर...
28/08/2026

समकालीन साहित्य चौतारीका संस्थापक अध्यक्ष, कुशल कार्यक्रम प्रस्तोता, कवि/गजलकार Bimala Chand सानूज्यूलाई जन्मदिनको अवसरमा मङ्गलमय शुभकामना । आगामी दिनहरु अझै उर्जामय बनून् । हार्दिक शुभकामना ।

नारीका हक बोल्छ ती कलमले आगो बनी सिर्जना
अत्याचार विरुद्धमा सहजले गर्छन् ठुलो गर्जना
यस्तै ताप रहोस् कडा बनिरहोस यी काव्यका साथमा
लाखौं लाख म दिन्छु जन्मदिनको लाखौं मिठो कामना

बाटो रोज्न तयार हुन् विरसिला कर्मण्य होस् साधन
राखोस् कैरव माथमा भुवनले होस् नामको आर्जन
फैलुन् चार दिशा विचार सबमा राखून् सुखी कामना
लाखौं लाख म दिन्छु जन्मदिनको लाखौं मिठो कामना

जस्तै हुन् छलछाम ती अबुझका बढ्दै रहून् पाइला
सारा विश्व ब्रह्माण्ड जित्न सकिने हुन् तेज झन् हर्सिला
राख्दै छौ पद चाप ती सरसिला उम्दा बनोस् कामना
लाखौं लाख म दिन्छु जन्मदिनको लाखौं मिठो कामना

वाणी तेज छ तीव्रता कलममा आगो मसी लेख्दछ,
जे जे छन् विष फैलिने गजबले ठ्याक्कै तसै देख्दछ,
बोल्नैमा पछि हुन्न त्यो हरघडी बोल्नै हुने ठाउँमा,
लाखौं लाख म दिन्छु जन्मदिनमा लाखौं मिठो कामना

राखी देश र कालको उदरमा ब्रह्माण्डको सिर्जना,
औल्याई ठिक आज बेठिक भनी चैतन्यको अर्चना
यस्तै दुर्लभ शौर्य लौकिक हुने पूरा बनून् चाहना
लाखौं लाख म दिन्छु जन्मदिनमा लाखौं मिठो कामना

हुन् देवी हर काममा सहज भै हाँसून् सदा सर्वदा
आशीर्वाद यसै गरी रहि रहोस् ठूला बडाको सदा,
यस्तै आदर प्रेमको भुवनमा छर्दै नयाँ नामना
लाखौं लाख म दिन्छु जन्मदिनमा लाखौं मिठो कामना

नारीको बल कर्ममा सबलले गर्दै सधैँ उन्नति
नारीको हक जित्नमा हृदयका फाल्यौ सदा दुर्गति
सारै कोकिल कण्ठमा रस भरी मुस्कान छर्छौ घना
लाखौं लाख म दिन्छु जन्मदिनको लाखौं मिठो कामना

फैलोस् कीर्ति सधैँ अनन्त गतिमा त्यो सुर्य आभा सरी
इच्छा पूर्ण बनून् सदैव मनका पूरा गरून् ती हरि
भागून् सङ्कट कष्ट पीर सजिलै यै गर्छु है बन्दना
लाखौं लाख म दिन्छु जन्मदिनको लाखौं मिठो कामना

कविता : मेरो देश शार्दूलविक्रीडित                  बिमला चन्द सानू                  बैतडी                  हाल : काठमाडौ...
25/08/2026

कविता : मेरो देश
शार्दूलविक्रीडित

बिमला चन्द सानू
बैतडी
हाल : काठमाडौं

राखूँ माथ हिमाल स्वच्छ झरना सैपालका साथमा
जागून् चेतन मार्ग ती हृदयका सौहार्दता माथमा
जन्मे वीर विरङ्गना भुवनमा नेपालका काखमा
मेरो देश म राख्छु स्वर्गतलको उच्चो बडो साखमा ।

कैयौं छन् भिर कन्दरा मन भरी राख्दैछु पोको गरी
झर्दै छन् झर बर्सिदै छ झरना सौन्दर्य नौलो छरी
साथै छन् सब जातजाति जनका सद्भाव हो चाहना
माटोको पहिचान राख्छ ममता मातृत्वको भावना ।

मेरा सौख हजार छन् मगजमा नेपालका खातिर
मेरो देश हजार वीर वरको हो स्वर्गको मन्दिर
हाम्रो भेष भुषा समस्त जगमा नौलो कला सिर्जना
हो नेपाल भु स्वर्ग यो भुवनमा जन्मै लिने चाहना ।

पुर्खाका सपना सदा रहर छन् पूरा गरूँ के गरी
आफ्नो देश बनाउने रहरमा फर्कून् युवा यो घरी
बाआमा घरका दलान परमा छोरा छ आडम्बरी
हुन्छन् चाड तिहार त्यो बखतमा पोल्छन् हिया दन्दनी ।

मैलो कोख हुँदैन साथ सँगमा हो स्वच्छताको घर
मैले माग्दछु कोख यो समयको होला सधैं सादर
मैले भूत भविष्यको सकलमा राख्तिन यस्तो डर
मात्रै देश विशाल राख्न सकिने ईच्छा छ मेरो तर ।।

के कामको शासन शार्दूलविक्रीडित                     बिमला चन्द सानू                     बैतडी                     हाल : क...
19/08/2026

के कामको शासन
शार्दूलविक्रीडित

बिमला चन्द सानू
बैतडी
हाल : काठमाडौं

लाखौं छन् घरभित्र झुन्ड नरका खान्छन् बसी यो धरा,
गर्छन् मोल विकासको पहुँचमा चम्चाहरू छन् बरा,
आफ्नै खेत बगान हुन्छ जसरी बेच्दै गए देश यो,
यस्तै देश दलालको पथ बनी बेहाल कस्तो भयो ।।

राम्रो काम सफा सुशासन गरी बस्नेहरू छन् कता,
मेरो देश हिमाल उच्च कहिने भाकाहरू छन् कता,
खोक्रा भाषण मात्र छाट्न सकिने के कामको शासन,
आफ्ना मित्र जहान पाल्न सजिलो व्यैर्थै भयो आसन ।।

गाह्रो भो घरबाट निस्किन यहाँ छोरीहरू हो किन,
आफ्नै आँगन छैन बस्न भरको जाने कहाँ हो भन,
सुन्दैनौ घर गोठका सुदुरका चेलीहरूका कथा,
बन्छन् भाइ दलाल आज कसरी आफ्नै बने आपदा ।।

खाने गाँस कपास छैन हरमा के पाउने ओखती,
गर्ने जाँगर छैन काम जसको होला कहाँ उन्नति,
लाखौका घर छैन पाल भरमा खान्छन् कहाँ के गरी,
यत्नै गर्न यहाँ बडो कठिन हो खाडी गयो आखिरी ।।

खान्छन् देश बजेटको भर परी गर्छन् ठुला चाकरी,
राख्छन् जागिर आसपास मनका चम्चाहरू मन्परी,
जाग्नेछन् जनचेतना समयमै चल्दैन यस्तै गरी,
डण्डा पर्छ अवश्य जान अब लौ रून्छौ होला धर्धरी ।। #शुभदिन

यो देश होस् माथमाशार्दूलविक्रीडित             बिमला चन्द सानू              बैतडी              हाल : काठमाडौं माटो बोल्दछ...
27/07/2026

यो देश होस् माथमा
शार्दूलविक्रीडित

बिमला चन्द सानू
बैतडी
हाल : काठमाडौं

माटो बोल्दछ देश जाग्छ कहिले जाग्छन् यहाँ के गरी
भेला लस्कर खोल ओढ्छ शिरमा के मादको मन्परी
भेडाका हल चल्छ स्याल कसरी छन् झेलमा अब्बल
जान्छन् खाडल एक साथ सब ती हेर्छन् तमासा खल ।।

यस्तो शासन न्याय छैन भरको मर्छन् सिधा मानिस
पर्छन् जेल विचारले फरकमा गर्छन् सधैं आरिस
पैसाको चलखेलमा अब यहाँ बेहाल भो देशको
भ्रष्टाचार बढ्यो भयो सकसमा लिन्छन् मजा रेसको ।।

पैसाको पदको भयो अहमता नाघ्यो सिमा भ्रष्टले
लाग्दैछन् सब देश बाँड्न अब लौ बुझ्यौ यहाँ प्रस्टले
यौटाको रिस रागले समर झैँ बन्दै छ न्यायालय
पालोमा कति छन् अझै मगजमा लाग्दै छ यस्तो भय ।।

आफ्नै खातिर देश बेच्छ जसले भो खानदानी बल
नेपाली सब छन् यहाँ गरिब ती रैती बसेका तल
खोल्छन् आँत कतै कतै रहरका बोल्छन् कतै साथ भै
कित्तामा अब खेल हुन्छ रणको बन्छन् स्वयं जाल झैँ ।।

मर्दैछन् कि कतै किटाणु मनका ज्युँदै म देख्छु कतै
सार्दैछन् कि कतै सबै नजिकका आफन्त भन्छन् कतै
मैला साफ रहोस् बनोस् सुरसिलो जागौँ सबै साथमा
राखौं स्वच्छ सफा जसै हृदयमा यो देश होस् माथमा ।।

कविताशीर्षक : नेपालमा नै मँरूछन्द : शार्दूलविक्रीडित भाषा भेष परम्परा मनुजता विश्वास छन् सादरमाला बन्न सकौँ बनी कुसुमझैँ...
17/07/2026

कविता
शीर्षक : नेपालमा नै मँरू
छन्द : शार्दूलविक्रीडित

भाषा भेष परम्परा मनुजता विश्वास छन् सादर
माला बन्न सकौँ बनी कुसुमझैँ गर्दै सदा आदर
मेरो देश म भित्र बन्छ रसिलो हाँस्तै गरा फाँटमा
रातो रक्त बहन्छ वीररसमा माटो सधैं माथमा ।।

फाली गन्ध सफा रहन्छ सुखमा बोक्तै हिमाली शिर
जो जो छन् सब दाजुभाइ बटुली हाँस्छन् मिठो सुन्दर
सारा मानिस मित्रवत् बनिरहे हुन्नन् पराई जना
बस्छन् साथ मिलेर प्रेमरसमा भातृत्वको कामना ।।

पाखा पर्वत खोँच छन् रहरिला छन् स्वर्गका आकुँरा
ज्यूँदै छन् मृदुभावका सुरसिला खोज्दै मुमाको धरा
बोल्छन् चिर्बिर तालको लय मिसी खोज्छन् चरा च्याखुरा
मेरो देश विशाल यो हृदयमा सर्वोच्चताको धुरा ।।

मीठो प्रेम रहोस् स्वबन्धुसरिको सोच्तैछ यो देहले
मेरा मन्दिर चैत्यका शिविरमा मै हो त भन्ने ढले
फाल्नैपर्छ विभेद जात थरका जोडी फुटेका मन
हिंसा क्रोध विभेदका सब कुरा फाली सफा आँगन ।।

हाँस्तै साथ हँसाउने प्रण छ यो हो शान्तिको मन्थन
सारा विश्व छ दाजुभाइ सरिका काट्छौँ परे गर्दन
मर्ने अन्तिम सत्य हो यदि भने नेपालमा नै मँरू
मेरो नाम र कामको मधुरता यो देश भित्रै छरूँ ।।

बिमला चन्द सानू
बैतडी
सुदुरपश्चिम प्रदेश

"जगाउने नेपाली जनमनहरुमा माया भाषाकोसमकालीन साहित्य  चौतारी नै दीप आशाकाे"प्रस्ताेता   : अलख निरन्जन लोहारमिति       : २...
08/07/2026

"जगाउने नेपाली जनमनहरुमा माया भाषाको
समकालीन साहित्य चौतारी नै दीप आशाकाे"

प्रस्ताेता : अलख निरन्जन लोहार
मिति : २४ असार २०८३ बुधबार
समय : आज राती ८.००बजे
अङ्क : १३५५औं शृङ्खला
कार्यक्रम : तपाईंको सिर्जना तपाइँकोआवाज
स्थान : राजकोट गुजरात

सर्जक र सिर्जनाहरुकाे सम्मान हुने स्थान समकालीन साहित्य चौतारीकाे याे मझेरीमा हातेमालो गरौं र हामी सबै मिलेर हरेक सन्ध्याकालीन समयमा तपाईंको सिर्जना तपाईंको आवाजमा भव्य बनाऔं ।

कविता : राख्नू हियो शीतल छन्द     : शार्दूलविक्रीडित                     बिमला चन्द सानू                    बैतडी       ...
27/06/2026

कविता : राख्नू हियो शीतल
छन्द : शार्दूलविक्रीडित

बिमला चन्द सानू
बैतडी
हाल : काठमाडौं

छुट्यो काम भने टुट्यो कुशलता अल्छी बन्यो मानिस,
हाँस्छन् मानिस तान मिल्छ सहजै बेकामको आरिस,
फस्दामा हिन भावना सफलता पायो भने जान्दछन्,
छन् स्वार्थी हद छैन रत्ति भरको बेकामको मान्दछन् ।

खान्छन् माङ्सक साथ रोज मदिरा हुन् ज्यानका दुश्मन,
मर्दैछन् कति रोग क्यान्सर भई मान्दैन कोही जन,
आफ्नो देह बनाउने सिसिमले राखून् सफा सुन्दर,
राम्रो चित्त बनाउने मन भए जानून् हियो मन्दिर ।

उर्जाशील विवेकपूर्ण बनिए जाग्छन् सुतेका शिरा,
मैलो भाव उडेर हट्छ धमिलो चम्किन्छ जस्तै हिरा,
ठूलाको पहिचान हो मधुरता जस्तै परोस् सामना,
देला उत्तर सानले सजगले फैल्यो जहाँ नामना ।

आफ्ना कर्म विचारको सरसता राम्रो कला कौशल,
फाली बैगुन राख साफ मन यो जस्तै हिमाली जल,
सुर्ता सम्म न मान्छ यो मजुर लौ नाँच्ने मजाले कति,
सातै रङ्ग खुलेर व्योम भरमा देखिन्छ राम्रो अति ।

सप्रेको बिज हाल्छ बद्छ सहजै गाँजा फिजाईकन,
मान्छन् जो सत भावको विजय होस् माया बसेको मन,
अर्काको हित सोच्न सम्म नहुँने हुन्छन् धरामा खल,
छन् खुल्ला दिलबाट बोल्छ जन जो राख्नू हियो शीतल ।

विभेदशार्दूलविक्रीडित                    बिमला चन्द सानू                    बैतडी                    हाल : काठमाडौं जाग्...
29/05/2026

विभेद
शार्दूलविक्रीडित

बिमला चन्द सानू
बैतडी
हाल : काठमाडौं

जाग्छन् चेत विभेदका यदि भने मान्छे भयौं के गरी
मार्‍यौ मानवता मर्‍यो मनुजता पाताल आयौ झरी
जन्मेको पनि कोख मन्दिर न हो लाग्दैन भन्छौ डर
आमा हुन् जननी यहाँ प्रथममा तिम्रो त्यही हो घर ।

कस्तो चाह रहेछ मर्दछ यहाँ मान्छे हुने चाहना
काला कर्तुत ढाक्न सक्छ कसरी मर्दैछ यो कामना
भन्दैछन् अब जाग है सुजन हो सारा जहाँका यहाँ
धेरै स्वार्थ भयो भने सुपुतमा के न्याय होला त्यहाँ ।

मान्छेका विच हुन्छ दानव यहाँ मान्छे जसै देखिने
जो विश्वास थियो मर्‍यो सहजले धोका दिई रेटिने
पक्का कागजका बनेर पुतली मान्छे बने नामका
हार्‍यो हिम्मत जुध्न सम्म नसकी भोका सबै दामका ।

पुज्छौँ ईश्वर नामले भुवनमा छन् यी चिकित्सक् भनी
कस्तो खेल गर्‍यौ यहाँ कपुतले संसार काप्ने गरी
आमाबाबु र भाइ छन् घर भरी बिर्स्यौ भने कातर
देखेनौ किन मातृरूप बहिनी होला सबैको घर ।

हे छोरी अब झुक्नुहुन्न कहिले सोझो नबन्नू तिमी
अत्याचार भयो भनेर पहिल्यै डर्छन् नभन्नू तिमी
जाग्नैपर्दछ आज सोच बलियो फालेर आडम्बर
छन् फोहोर समाजमा जति थरी मिल्काउने छौँ पर ।।

कविता शीर्षक : कविको कविताशार्दूलविक्रीडित           बिमला चन्द सानू           बैतडी           हाल : काठमाडौं फुल्छन् सा...
05/05/2026

कविता
शीर्षक : कविको कविता
शार्दूलविक्रीडित

बिमला चन्द सानू
बैतडी
हाल : काठमाडौं

फुल्छन् सात्विक कामना हृदयका जाग्छन् नयाँ चाहना
लेखिन्छन् कविता सुरम्यपनमा गर्ने भए साधना
नेपालीपन शब्दकोश रसिला भाषा हुने गौरव
राम्रो चेत समाजका रचयिता वास्ना छरून् शौरभ ।

ज्ञानी पाठक भन्दिऊन् कति मिठो बोलेर झन् सानले
भाषा भेष कला समाजतिरको राखून् निकै मानले
बन्छन् जो कवि सभ्य भाव मनका उत्साह राखून् सदा
भर्छन् मानकले सुधा रस लिई विज्ञानमा शारदा ।

राम्रा काम विशेषका सगुण हुन् सत्ज्ञानका पावन
राख्नेछन् कवि शुभ्र भाव मनमा सत्कर्मको सावन
आफ्नो स्वच्छ विचारले मनुजका सम्झेँ पुराना कुरा
दिन्छन् झापड मातको लत भए शब्दावली आँकुरा ।

भोग्छन् जीवन सादगी सरलमा हुन् व्योमका साधक
आफ्नो देश बचाउने बखतमा पुग्छन् बनी चालक
फुट्दैछन् नव कोपिला रहरका यो देश हाक्छौँ भनी
दिन्छन् साहस साथमा कुसुमले फुल्छन् बगैंचा भरी ।

बोल्छन् शब्द कडा असभ्य ननिका छन् जोडका कामना
नारी सर्जक लेख्दछन् गजबले योद्धा भए चाहना
मिल्नेछन् शुभ कर्मका पथहरू हिँड्दै गरे नायक
स्रस्टा काव्य कला विलुप्त नहुने यस्तै बनून् लायक ।

घट्छन् जो घटना सचित्र जगको खम्बा सदा बन्दछ
जे जे छन् सब सत्यता निडरले जो सर्वदा भन्दछ
राख्छन् ख्याल विचार शिष्टपनको सद्भावको द्योतक
राखी देश हिमाल झै शिखरमा हो राष्ट्रको रक्षक ।

माया प्रेम दया छ भाव मनमा कैलाश हो आँगन
कर्णाली तट बोल्छ भाष्य कविको हो काव्यको योजन
लेख्छन् काव्य कला छ मौलिकपना सौन्दर्यमा साधन
आफ्नै धर्म परम्परा नजिकको मीठो छ आफ्नोपन ।।

Address

Kathmandu

Telephone

+918605297307

Website

Alerts

Be the first to know and let us send you an email when समकालीन साहित्य चौतारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to समकालीन साहित्य चौतारी:

Shortcuts

Share