01/01/2026
मिति २०८२ पौष १७
राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन ) तारकेश्वर नगर कमिटिको तेश्रो अधिवेशन नगर अध्यक्ष ईन्दिरा रायमाझीको अध्यक्षता र नावुन केन्द्रिय अध्यक्ष सुजना जोशीको प्रमुख आतिथ्य यतामा जरङ्खुमा सफल रुपमा सम्पन्न भएको छ ।
अधिवेशनबाट ईन्दिरा रायमाझीको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा नबिना थापा, सचिव राधिका श्रेष्ठ, सह-सचिव सुशिला तामाङ, आर्थिक सचिव रचना रञ्जित र कार्यसमिति सदस्यहरू सरिता गुरुङ, नौमाया आलेमगर, चुनु कु. महर्जन, अप्सरा दाहाल, मेनुका राई र सलिना थापा रहेका छन् ।
पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नावुन केन्द्रीय अध्यक्ष सुजना जोशीले संगठनले सबै सौन्दर्यकर्मीहरूलाई एकजुट भएर आफ्नो पेशागत सुरक्षा र हक हितका निमित्त लाग्न अभिप्रेरित गरिरहेको र सदस्यता बिस्तार गरेर सङ्गठन मजबुत बनाउनुपर्ने बताउंदै यसको लागी सबै सदस्यहरूलाई आफ्ना लागी आफै अग्रसर हुनुपर्छ भन्दै राज्यले लागू गरेको योगदानमा आधरित सामाजिक सुरक्षा कोष कार्यन्वयन गरेर अगाडी बढनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नावुन केन्द्रिय उपाध्यक्ष मिना गुरुङडङ्गोल,केन्द्रीय सदस्य ईश्वरी क्षेत्री, नेपाल ट्रेड युनियन महासंघ जिफण्ट तारकेश्वर पालिका अध्यक्ष कुष्णलाल डङ्गोल, नाबुन बाग्मती आर्थिक सचिव सोलिना लामा, निवर्तमान अध्यक्ष भाबना कटवाल क्षेत्री उपस्थित थिए । तेश्रो अधिवेशनमा निर्बाचित नयां कार्यसमिति लाई प्रमुख अतिथी नावुन केन्द्रिय अध्यक्ष सुजना जोशीले शपथ ग्रहण गराउनुभएको थियो।