02/09/2026
रसुवाको पुनःस्थापनामा एक साथ
हालै रसुवामा आएको बाढीपहिरोले धेरै परिवार र समुदायलाई प्रभावित बनाएको छ।
यस कठिन परिस्थितिमा प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपालका Lions Clubs हरूको तर्फबाट रु. १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग गरिएको छ।
यो सहयोग राहत मात्र होइन, विपद्को कठिन घडीमा एकअर्काको साथमा उभिने हाम्रो मानवीय भावना र सामाजिक सेवाप्रतिको प्रतिबद्धता पनि हो। प्रभावित परिवारहरूको सुरक्षित, सहज र सुखद भोलिको कामना गर्दै पुनःस्थापनाको यो यात्रामा हामी तपाईँहरूसँगै छौँ।