Pariwartan Theatre, Jhapa परिवर्तन थिएटर ,झापा

  • Home
  • Nepal
  • Kakarvitta
  • Pariwartan Theatre, Jhapa परिवर्तन थिएटर ,झापा

Pariwartan Theatre, Jhapa परिवर्तन थिएटर ,झापा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pariwartan Theatre, Jhapa परिवर्तन थिएटर ,झापा, Community Organization, Mechinagar/6, Kakarvitta.

अाज दिउँसो २ बजे लक्ष्मी नारायण मन्दिर परिसर अगाडि उपस्थिति भइदिनुहुन अनुरोध गर्दछौं ।
25/05/2026

अाज दिउँसो २ बजे लक्ष्मी नारायण मन्दिर परिसर अगाडि उपस्थिति भइदिनुहुन अनुरोध गर्दछौं ।

11/05/2026

नेता ज्यूका कुरा ।
हामीलाई कि ताली चाहिन्छ
कि गाली चाहिन्छ 😍

मेचिनगर नगरपालिका वाड नं ३ स्थित वडाखाल चोकमा नाटक : "मौन प्रश्नहरु" प्रदर्शन गरेर अाजबाट विट मारियो । अब चाडै नयाँ नाटक...
27/04/2026

मेचिनगर नगरपालिका वाड नं ३ स्थित वडाखाल चोकमा नाटक : "मौन प्रश्नहरु" प्रदर्शन गरेर अाजबाट विट मारियो ।
अब चाडै नयाँ नाटक लिएर फेरि अाउनेछौ ।

कथा बैशाख ३ गते थिएटर को स्थापना दिवसको हो ।  रंगमञ्चको यो यात्रामा दुःख र सुखका असंख्य मोडहरू पार गर्दै, हामीले हाम्रो ...
18/04/2026

कथा बैशाख ३ गते थिएटर को स्थापना दिवसको हो ।
रंगमञ्चको यो यात्रामा दुःख र सुखका असंख्य मोडहरू पार गर्दै, हामीले हाम्रो “परिवर्तन थिएटर” लाई आज ११ वर्षको बनाएका छौँ।
यो केवल समयको यात्रा होइन । यो त संघर्ष, समर्पण, र विश्वासको एउटा जीवित कथा हो।
शुरुवातका ती दिनहरूमा कहिले मञ्च थिएन, कहिले दर्शक थिएनन्, त कहिले हौसला दिने समर्थक थिएनन् ।
तर पनि, हामी रोकिदैनौँ भन्ने अठोटले अघि बढ्यौँ ।
पाइला सधैं सजिलो थिएन । कहिले आर्थिक अभावले थिच्यो,कहिले समाजका प्रश्नहरूले हल्लायो,
तर हरेक चोटलाई शक्तिमा बदल्दै, हरेक अप्ठ्यारोलाई सिकाइमा रूपान्तरण गर्दै हामी अघि बढिरह्यौँ।
आज “परिवर्तन थिएटर” केवल एउटा संस्था होइन,
यो त एउटा परिवार बनेको छ ।
जहाँ सपनाहरू हुर्किन्छन्, प्रतिभाहरू फुल्छन्, र समाजका कथा बोलिन्छन्।
यी ११ वर्षमा हामीले केवल नाटक प्रस्तुत मात्रै गरेका छैनौँ,
हामीले समाजका पीडा, अन्याय, प्रेम, संघर्ष र परिवर्तनका आवाजहरूलाई मञ्चमा ल्याएका छौँ।
हामीले दर्शकको मन छुने मात्र होइन, सोच्न बाध्य बनाउने प्रयास गरेका छौँ। हाम्रो यो यात्रामा साथ दिने हरेक कलाकार, सहयोगी, दर्शक र शुभेच्छुकप्रति हृदयदेखि आभार।
तपाईंहरूको साथ र विश्वास बिना यो सम्भव हुने थिएन।
अबको यात्रा अझै लामो छ,सपना अझै ठूला छन्,
र परिवर्तनको आवाज अझै बुलन्द बनाउनु छ।
“परिवर्तन थिएटर” का यी ११ वर्षहरू केवल उपलब्धि होइनन् । यी त आगामी हजारौँ सम्भावनाहरूको सुरुवात हुन्। 🎭

Kabu Nepal Lila Bhattarai Bista Sabita Pokhrel

नाटक गरेर के पाइन्छ ? भन्ने प्रश्नको उत्तर यसरी पनि दिन सकिन्छ । हामीले अभिनय सिकाइरहेको स्कुलका विद्यार्थीहरुले अहिले क...
11/04/2026

नाटक गरेर के पाइन्छ ? भन्ने प्रश्नको उत्तर यसरी पनि दिन सकिन्छ । हामीले अभिनय सिकाइरहेको स्कुलका विद्यार्थीहरुले अहिले काँकडभिट्टामा सुटिङ भइरहेको नेपाली चलचित्र पाँचपाण्डवमा सहभागी हुने अवसर पाएका छन ।

नाटक : मौन प्रश्नहरु (?) अाजका तस्बिरहरू । भोलि चैत्र २३ गते विहान ८ बजे ११ नम्बर वाडको गोजा बस्तीमा  हाम्रो नाटकको मैजा...
05/04/2026

नाटक : मौन प्रश्नहरु (?) अाजका तस्बिरहरू ।
भोलि चैत्र २३ गते विहान ८ बजे ११ नम्बर वाडको गोजा बस्तीमा हाम्रो नाटकको मैजारो हुनेछ । यहाँहरुको उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौं ।

अाज नाटक : मौन प्रश्नहरू (? ) का तस्बिरहरू । भोलि _ धुलाबारी बजार सिरान १०:३० बजे            कालिका अाधारभुत विद्यालय  १...
04/04/2026

अाज नाटक : मौन प्रश्नहरू (? ) का तस्बिरहरू ।
भोलि _ धुलाबारी बजार सिरान १०:३० बजे
कालिका अाधारभुत विद्यालय १५ नं वाड १२ बजे
चाराली चोक ३:३० बजे यहाँहरु सबैलाई पायक पर्ने स्थानमा उपस्थित हुनुहन अनुरोध गर्दछौं ।

भोलि  चैत्र २१ गते शनिबार १/२/३ वाडको बौद्ध मोडमा विहान ११ बजे ४/५/६ वाडको नकलबन्दा चोकमा दिउँसो १:३० बजे ७/८ वाडको इटाभ...
03/04/2026

भोलि चैत्र २१ गते शनिबार
१/२/३ वाडको बौद्ध मोडमा विहान ११ बजे
४/५/६ वाडको नकलबन्दा चोकमा दिउँसो १:३० बजे
७/८ वाडको इटाभट्टा चोकमा ३:३० बजे
हामी नाटक लिएर अाउदैछौ यहाँहरुलाई पायक पर्ने स्थानमा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौं ।

हामी कथा सुन्दै केही बुन्दै छौ । जन्मदै हातखुट्टा नचल्ने गरि जन्मिएका राम जि,जन्मदै एउटा खुट्टा छोटो भएका बिष्णु  र वैदे...
30/03/2026

हामी कथा सुन्दै केही बुन्दै छौ ।
जन्मदै हातखुट्टा नचल्ने गरि जन्मिएका राम जि,
जन्मदै एउटा खुट्टा छोटो भएका बिष्णु र
वैदेशिक रोजगारीका क्रममा दुर्घटना भएर पाँच महिना कोमा मा बसेर फर्किएका लक्ष्मी जि का जीवन भोगाइहरु अब हामी नाटक मार्फत उतार्न प्रयास गर्दैछौं ।
Kabu Nepal Ganesh Basnet Sabita Pokhrel

27/03/2026


Kabu Nepal Ganesh Basnet Bhawana Neupane

🎭 विश्व रंगमञ्च दिवसको हार्दिक शुभकामना! 🎭रंगमञ्च केवल मनोरञ्जनको माध्यम मात्र होइन,यो समाजको ऐना हो, परिवर्तनको आवाज हो...
27/03/2026

🎭 विश्व रंगमञ्च दिवसको हार्दिक शुभकामना! 🎭
रंगमञ्च केवल मनोरञ्जनको माध्यम मात्र होइन,
यो समाजको ऐना हो, परिवर्तनको आवाज हो,
अन्यायविरुद्धको विद्रोह हो,
र मानवीय संवेदनाको सबैभन्दा जीवित अभिव्यक्ति हो।
आजको यस विशेष दिनमा, सम्पूर्ण रंगकर्मीहरू,लेखक, निर्देशक, कलाकार, प्राविधिक र दर्शकहरूलाई
हृदयदेखि सम्मान व्यक्त गर्दछौ ।

Address

Mechinagar/6
Kakarvitta
10

Website

Alerts

Be the first to know and let us send you an email when Pariwartan Theatre, Jhapa परिवर्तन थिएटर ,झापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pariwartan Theatre, Jhapa परिवर्तन थिएटर ,झापा:

Share