18/04/2026
यस्तो रमाइलो “तमासा” प्रस्तुत गरेकोमा मेयर ज्यूलाई विशेष धन्यवाद! 👏
खेललाई खेल जस्तै राख्नुहोस् — नाटक बनाउने प्रयास नगर्नुहोस्।
खेलको नाममा राजनीति नगर्नुहोस् मेयर ज्यू!!
Local participation शून्य अनि बाहिरबाट मान्छे ल्याएर “competition” भनिँदा त्यो Mayor Cup हो कसरी?
“Lamki Chuha Mayor Cup” रे!
नाम सुन्दा लाग्छ — ठूलो सोच, राम्रो योजना र युवालाई अगाडि बढाउने प्रयास छ तर पोस्टर हेर्दा र वास्तविकता बुझ्दै जाँदा यो सबै भन्दा बढी नाटक जस्तो देखिन्छ।
सार्वजनिक ढुकुटीको पैसा आफ्नो घरको खल्ती जस्तो ठानेर यत्रो तमासा गर्नु कस्तो नेतृत्व हो? न वडासँग कुनै समन्वय, न स्थानीय युवासँग सहकार्य — अनि सीधै “Mayor Cup”। के पदमा बसेपछि जे गरे पनि हुन्छ भन्ने सोच बनिसकेको हो?
पोस्टरमा ठूलाठूला बैंक, फाइनान्स, सहकारीको नाम राखेर ठूलो कार्यक्रम जस्तो देखाउने प्रयास गरिएको छ। “Play • Unite • Inspire” जस्तो राम्रो नारा पनि राखिएको छ। तर भित्र के छ त? न कुनै स्पष्ट योजना देखिन्छ, न पारदर्शिता, न जवाफदेहिता।
अझ रमाइलो कुरा त त्यहाँ सुरु हुन्छ — पोस्टरमा पहिलो पुरस्कार ५१,००० देखाइएको छ। तर कार्यक्रममा पुगेर मेयर ज्यूले “मेरो तर्फबाट १ लाख थप्छु” भन्नुहुन्छ।
अब सिधै प्रश्न उठ्छ — पोस्टर बनाउँदा ५१ हजार मात्र थियो, अनि मञ्चमा पुगेपछि एक्कासी १ लाख कहाँबाट आयो? यो प्रतियोगिता हो कि लाइभ नाटक? पहिले सानो देखाएर पछि हिरो बन्ने योजना थियो कि?
यदि त्यो रकम व्यक्तिगत हो भने, Mayor Cup मा यसरी देखावटी घोषणा किन? अनि यदि त्यो सरकारी पैसा हो भने, त्यसको प्रक्रिया, निर्णय र हिसाब कहाँ छ? जनताको करको पैसा यसरी मञ्चमा घोषणा गरेर बाँड्न मिल्छ?
जनताले तिरेको करको पैसा यस्तै प्रचारबाजी र देखावटी कार्यक्रममा खर्च गर्ने अधिकार कसैले पाएको छैन।
सिधा कुरा यो “Mayor Cup” होइन, ego र Bankers हरू को cup जस्तो देखिन्छ। प्रतियोगिता भन्दा बढी प्रचारबाजी, विकासको नाममा ढोंग र काम भन्दा बढी देखावा। यस्तो शैलीले खेलको विकास होइन, विश्वासको पतन हुन्छ।
लम्किचुहाका जनतालाई मूर्ख ठान्ने दिन अब सकिएको छ। सबैले देखिरहेका छन् — मैदानमा खेल भइरहेको छ कि मञ्चमा अभिनय।
खेल विकासको लागि हो, तर प्रचार र देखावटीपनले खेलको सम्मान घटाउँछ।
खेललाई खेल नै रहन दिनुहोस्!!