11/10/2023
पुँजीवादी देश अमेरिका जहाँ करिब ९५% विद्यार्थी सार्वजनिक विद्यालयमा अध्ययनरत छन् तर, नेपाल संविधानत: लोकतान्त्रिक समाजवाद उन्मुख देश । जहाँ समाजवाद मान्ने ( कांग्रेस/कम्युनिष्ट) संघ देखि प्रदेश र स्थानीय तहसम्म) ९५ प्रतिशत भन्दा बढी जनप्रतिनिधि छन् । तर, नेपालमा विधार्थी ७०% भन्दा बढी निजी शैक्षिक संस्थामा अध्ययनरत छन् । हामीले कस्तो शिक्षा नीति अख्तियार गरिरहेका छौ ? आज विद्यालय शिक्षा विधेयकमा संशोधन राख्ने अन्तिम दिन । सम्पूर्ण नेपाली दाजुभाई, दिदिबहिनीहरूमा अपिल गर्दछु- एक पटक आफ्ना जनप्रतिनिधिलाई फोन गरेर सोधौ ? हाम्रो समाजवादमा सार्वजनिक शिक्षा भन्दा नीजि शिक्षा किन प्रोत्साहित छ ? हाम्रो शिक्षा कहिले सहज,सर्वसुलभ, गुणस्तरीय र जीवन उपयोगी हुन्छ ?
जय नेपाल 🇳🇵