08/03/2025
नेपाल माता पनि स्त्रि नै भएकोले आजको यो मेरो कविता
महिलादिवस अन्तर्गत नेपाल मातालाई नमस्कार गर्दछु ।
दिव्यभूमि नेपाल(अनुष्टुपछन्द)
गुरुदेव नमस्कार उमासुत गजानन
कोटीकोटी प्रणाम्शम्भो माहेश्वरी सडानन
दैवपालित धर्ती यी हुन् यिन्को नाम गाउँ न
अन्नपूर्णा यहीँ बस्छिन् दिव्यभूमि बनाउँन
ब्रह्मस्वरुप आकाश जो आत्माबनि देहमा
ब्रह्मैस्वरुप वायूपनि बहन्छ नि हर्क्षण
अग्नि दन्दन दन्कन्छ जठराग्नी जलाउन
रक्त भुल्भुल उम्लन्छ प्राणवायू चलाउन
झापाको यो अझैमाटो चल्दैछ यो अकासमा
लगाउने कुनैछैन मुल्ययिन्को सहश्रमा
नाम गाउँ सदा यिन्कै हुन्छ नाम जपेपनि
हुन्छ नाम सदा यिन्कै देवी नै हुन् पुजेपनि
बसुन्धरे अहोमाता ऋण कैले चुकाउँ म
जपिरन्छु सदानाम कसोगरी बुझाउँ म
छैनकोहि तिमीभन्दा राम्रीप्यारी संसारमा
सबैशव्द फिका लाग्छ तिम्रोनाम सुझाउन
शान्तहुन्छ सदाआत्मा तिम्रो छेउ भएँभने
निन्द्रालाग्छ मिठोसंग नेपालैमा रहेँभने
अमेरिका युरोपैहोस् छैनकही यिनीसरी
कर्मगर्न जहैँजानु अन्त प्राण नछोड्नु है
नेपालमै सहस्रार चक्र जड्छिन् वसुन्धरा
बारम्बार नमस्कार शैलजे हे वसुन्धरा ।।
जयशम्भो! ब्रह्मजिज्ञासुचेतन