Sitaula's Family Pedigree 'सिटौला बंशावली'

Call Website

Sitaula's  Family Pedigree 'सिटौला बंशावली' Non profit

01/10/2026

पिताजी मेरो नमस्कार !
अनुष्टुप छन्द

नमस्कार महादेव शैलजा र सडानन
नन्दिश्वर नमस्कार रिद्धिसिद्धि गजानन
परम्पिता परम्ब्रह्म पिता नै परमाक्षर
परमार्थ महाविद्या पिता नै हुन् चराचर ।

मनुस्मृति महाज्ञान त्यस्तै ज्ञान ऋतम्भरा
ब्रह्म स्वयं अनाजै हो ब्रह्मोत्पति बराबर
परम्पिता महाचार्य पिता मेरा त्रिलोचन
बारम्बार नमस्कार हे पिताजी ती पाउमा ।

पिता नै हुन् विधेयात्मा पिता नै हुन् विमोचन
पिता नै हुन् सदाचार पिता मेरा उत्तारण
पिता नै हुन् जनाध्यक्ष पिता नै हुन् सनातन बारम्बार नमस्कार हे विश्वास ति पाउमा ।

पिता नै हुन् महानांद पिता नै हुन् परात्पर
पिता नै हुन् महाभूत या त भनौं महौषधि
पिता नै हुन् परम्ब्रह्मा नभोयोनी महाध्धुति
बारम्बार नमस्कार हे अनादि ति पाउमा ।

पिता धर्म पिताकर्म पिता नै हुन्। शिवालय
पिता स्वर्ग पितामोक्ष पिता नै हुन् निरामय
पिता ध्यान पिता ज्ञान पिता नै हुन् कलाधर बारम्बार नमस्कार हे आकाश ती पाउमा ।
जय शम्भो !

16/08/2026

”जन्मना जायते सुद्र कर्मणा द्विज उच्यते”
अर्थात्-कर्मगर्ने दिन श्रावणीपूर्णीमा
आज एक्छाकि बसेरभोली विहान बिभिन्न किसिमका स्नानआदि गरि ऋषिहरूलाई तर्पण दिई जनैको शिखाहरूमा पूजा अर्चना गरि सो जनै फेर्ने डोरो बाध्ने नियम रहेको छ।
जनै (यज्ञोपवित) लगाउने कुरा उप्कायो भने हिजोआजका सनातनी युवाले भन्ने गर्छन्– जिउमा धागो किन लगाउने ? धागो लगाउँदा के पाइन्छ तिनलाई कि यज्ञोपवितको महत्त्व थाहा छैन, कि त उनीहरू यसलाई काँचो धागो मात्र ठान्छन् र त्यसमा शिखा ब्रह्म गाडो छ भनेर थाहा नभएर होला।जनैलाई संस्कृतमा यज्ञोपवित भनिन्छ, जसको अर्थ हुन्छ यज्ञ गरेर पवित्र बनाइएको । जनै पूर्णिमाका दिन ऋषितर्पण,वेदपाठ, रुद्राभिषेक आदि गरेर वैदिक मन्त्रबाट अभिषेक/अभिमन्त्रणा गरी यज्ञोपवित निर्माण गरिने शास्त्रीय विधान छ । जनैको अर्को नाउँ ब्रह्मसूत्र हो ।
ब्रह्माले निर्माण गरेकाले यसलाई ब्रह्मसूत्र भनिएको हो । स्मृतिमा ब्रह्माले निर्माण गरी विष्णुले तीन गुण (ज्ञान, उपासना तथा कर्मकाण्ड) युक्त बनाएको तथा शिवले तीन ग्रन्थि (गाँठा) पार्नु भएपश्चात् गायत्रीमाताले अभिमन्त्रित गरी रक्षाकवच बनाएको उल्लेख पाइन्छ । तसर्थ जनैमा ब्रह्मा, विष्णु र महेश तीनै देवता एवम् गायत्रीमाताको निवास रहन्छ भन्ने शास्त्रीय मान्यता पाइन्छ ।जनैको महत्त्व वेद, उपनिषद्, पारस्कर गृह्यसूत्र, स्मृतिहरू सबैतिर उल्लेख भएको पाइन्छ । ऋग्वेदको मन्त्रलाई उद्धृत गर्दै पारस्कर गृह्यसूत्रमा लेखिएको छ– जसरी बृहस्पतिले इन्द्रलाई यज्ञोपवित दिएर आयु (इन्द्रासनको आयु), बल, बुद्धि तथा समृद्धि प्रदान गरे त्यसरी तिमी पनि आयु, वर्चस् (तेज), शौर्य, बल, बुद्धि र समृद्धि प्राप्तिका लागि जनै लगाऊ । ऋग्वेदका अरू मन्त्रमा पनि भनिएको छ– यज्ञोपवितको शक्ति महान् छ, यसले मानिसलाई सत्कर्मको प्रेरणा, शुद्ध चरित्र, अनुशासन, निष्ठा, कठिन कर्तव्यपालनका लागि सामर्थ्य प्रदान गर्छ । यसलाई धारण गर्ने व्यक्तिले सहजै मोक्ष प्राप्त गर्छ । अग्निसमान तेजस्विता, सूर्यसमान शौर्य, चन्द्रसमान शीतलता, दिव्यगुण एवम् सदा प्रसन्नता र उच्च मनोवल प्राप्त गर्न सधैं जनै लगाउनुपर्छ भन्ने वेदवाक्यबाट पुष्टि हुन्छ । सधै सत्य बोल्ने प्रेरणा प्राप्तिका लागि पनि जनै लगाउनुपर्ने वेद र गृह्यसूत्रले भन्छन् । यसलाई मनोवैज्ञानिक कोणबाट पनि प्रमाणित गर्न सकिन्छ । जो सधै जनै धारण गर्छ, जो सधैं सत्यनिष्ठामा रहन्छ, उसको मनोविज्ञान सधैं उच्च बुझ्न सकिन्छ ।जनैमा ९ डोरा हुन्छन् । ती मध्ये पहिलामा ॐकार, दोस्रामा अग्नि, तेस्रामा नाग, चौथामा चन्द्र, पाँचौंमा पितृहरू, छैटौंमा प्रजापति, सातौंमा अग्नि (कतै वायु पनि लेखिएको), आठौंमा सूर्य एवम् नवौं तन्तुमा विश्वदेवको आवाहन गरिन्छ साथै तीन ग्रन्थि (गाँठा) मा ब्रह्मा, विष्णु र महेश्वरलाई आवाहन एवम् पूजा गरिन्छ । यसकारण अभिमन्त्रित जनैमा बस्ने यी देवताले धारकलाई आफूमा विद्यमान शक्ति र सामथ्र्य प्रदान गर्छन् भन्ने शास्त्रीय वचन पाइन्छ । जनैलाई शौचका समयमा दाहिने कानमा बेर्ने चलन छ । जनैमा मलमूत्रको स्पर्श नहोस् भन्ने यसको मूल मर्म हुनुपर्छ । केही परम्परावादीले चिकित्सा विज्ञानलाई उद्धृत गर्दै कानका नसाको सिधा सम्पर्क अण्डकोषसँग हुने बताउँछन् । बसेर मलमूत्र त्याग गरिँदा कानमा जनै बेरियो भने त्यहाँका नसा दबिई प्रत्यक्ष–अप्रत्यक्ष शुक्राणु पिसाबसँगै बाहिरिनबाट जोगिने, पाचनप्रणाली सहज हुने उनीहरूको भनाइ छ । यज्ञोपवित कति डोराको लगाउने भन्ने विषयमा शास्त्रमा फरक– फरक व्यवस्था देखिन्छ । हेमाद्रि लगायतका ग्रन्थमा ब्रह्मचारी र संन्यासीले ३ डोरा, वानप्रस्थी तथा उत्तरीय वस्त्र (गाम्छा आदि) लगाउने गृहस्थले ६ डोरा एवम् उत्तरीय नलगाउने गृहस्थले चाहिं ९ डोराको जनै धारण गर्नुपर्ने उल्लेख छ । ब्रह्मचारीले समावर्तनपश्चात् ६ डोराको जनै लगाउनुपर्ने हो तर नेपाली समाजमा व्रतबन्धकै दिन समावर्तन विधि पूरा गरिन्छ । त्यसै दिनदेखि उनीहरू ६ डोराका जनै लगाउने गर्छन् । जनै कम्मरभन्दा मुनि जानु हुन्न र माथि पनि उठेको हुनु हुन्न भन्ने ऋषि वशिष्ठले उल्लेख गरेका छन् । जनै पुरानो भएपछि कति दिनमा विसर्जन गर्ने भन्ने विषयमा पनि स्मृतिकार बीच मतभेद देखिन्छ । एक थरीले ६ महिनामा फेर्ने भनेका भए पनि नेपालमा चाहिं सुतकबाट चोखिएपछि, मरणको आशौचपछि अथवा चार महिना पुगेपछि जनै फेर्ने मान्यता देखिन्छ ।व्यावहारिक दृष्टिबाट हेर्ने हो भने ऋषिहरूले आर्यलाई अरूबाट छुट्याउन शिखा र सूत्र (जनै) व्यवस्था गरेका हुन् । त्यसैले यो आर्यत्वको चिनारी हो । आर्यत्वका त्यस्तै चिह्न शिखा र सूत्र हुन् । जनैको सिधा सम्बन्ध व्रतबन्धसँग देखिन्छ । यज्ञोपवित धारण व्रतबन्धमै सुरु हुन्छ । व्रतबन्धको अर्थ हो– अनुशासनमा बाँधिनु । जनैको अर्को सम्बन्ध शिक्षारम्भसँग पनि गाँसिएको छ । प्राचीनकालमा ७–८ वर्ष पुगेका बालकलाई जनै लगाइदिएर गुरुकहाँ पढ्न पठाउने चलन थियो ।गुरुले बालकका प्रज्ञाचक्षु खोलिदिन्थे । त्यसैले व्रतबन्धलाई उपनयन अर्थात् दोस्रो आँखा खोल्नु भनिएको हो । मानिस जन्मँदा पशुसरह हुन्छ जब उसमा संस्कारहरू गरिन्छन्, जब उसले शिक्षा प्राप्त गर्छ, तब मात्र उसको प्रज्ञाजन्म हुन्छ । यसैलाई द्विज भनिएको हो | अहिलेको समाजले द्विजत्वलाई जातिसँग नभएर ज्ञानसँग जोडेको छ । उसले ग्रहण गरेको पेसाका आधारमा ब्राह्मण, क्षत्रिय, वैश्यादि छुट्याउनुपर्छ भन्ने बहस सुरु भएको छ । मनु, वशिष्ठ र याज्ञवल्क्यहरूको समाजभन्दा आजको समाज धेरै फरक छ।
जनै फेर्दा भन्ने मन्त्र

यज्ञोपबितम्परमंपबित्रं प्रजापतेयत्सहजंपुरस्तात् ।
आयुष्यमुघ्रं प्रतिमन्च सुभ्रं
यज्ञोपबितम् बलमस्तु तेज़:।।

Address

Jhapa District
57217

Alerts

Be the first to know and let us send you an email when Sitaula's Family Pedigree 'सिटौला बंशावली' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share