Lions club of Damak Central

  • Home
  • Lions club of Damak Central

Lions club of Damak Central Lions club of Damak Central

Lions Club of Damak Central द्वारा प्रथम उपाध्यक्ष श्री प्रकाश लकान्द्री ज्यू को जन्मदिनको अवसरमा आयोजित Food Distributi...
25/07/2026

Lions Club of Damak Central द्वारा प्रथम उपाध्यक्ष श्री प्रकाश लकान्द्री ज्यू को जन्मदिनको अवसरमा आयोजित Food Distribution Program आज रत्न ज्येष्ठ नागरिक वृद्ध आश्रम मा सफलतापूर्वक सम्पन्न भएको छ।

यस पुण्य कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण Lions सदस्यहरू, सहयोगीहरू तथा उपस्थित सबै महानुभावहरूमा हार्दिक धन्यवाद। तपाईंहरूको साथ, सहयोग र सेवाभावले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको छ।

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎉Lions Club of Damak Central का First Vice President श्री प्रकाश लकान्द्री ज्यू लाई जन्मदि...
25/07/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎉

Lions Club of Damak Central का First Vice President श्री प्रकाश लकान्द्री ज्यू लाई जन्मदिनको लाखौं–लाख शुभकामना तथा हार्दिक मंगलमय शुभेच्छा।

तपाईं सधैं स्वस्थ, सुखी, सफल र दीर्घायु रहनुहोस्। आगामी दिनहरूमा पनि यही समर्पण, ऊर्जा र सेवाभावका साथ समाजका लागि निरन्तर योगदान पुर्‍याउँदै जानुहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

तपाईंले हाम्रो समाजको विकास, सामाजिक सेवा र मानवीय कार्यमा पुर्‍याउनुभएको अमूल्य योगदान अत्यन्तै प्रशंसनीय छ। आगामी दिनहरू अझ सफल, उपलब्धिमूलक र प्रेरणादायी बनून्।

आज आयोजित Lions International District 325 C, LY 2026-2027District Governor’s 1st Advisory Committee Meeting लाई सफल बना...
21/07/2026

आज आयोजित Lions International District 325 C, LY 2026-2027
District Governor’s 1st Advisory Committee Meeting लाई सफल बनाउन आफ्नो अमूल्य समय निकालेर उपस्थित हुनुहुने सम्पूर्ण Lions leaders अतिथिहरू, Lions सदस्यहरू तथा सहभागी सबैमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।

तपाईंहरूको सक्रिय सहभागिता र सहयोगले कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

धन्यवाद! Lions of Damak Central

🩸 रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न ❤️आज मिति १२ जुलाई २०२६ मा दमक–६, खनाल मार्केट मा आयोजित रक्तदान कार्यक्रम सफलता...
12/07/2026

🩸 रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न ❤️

आज मिति १२ जुलाई २०२६ मा दमक–६, खनाल मार्केट मा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

यस कार्यक्रममा रक्तदान गरी मानव जीवन बचाउने महान कार्यमा सहभागी हुनुहुने सम्पूर्ण रक्तदाता, उपस्थित अतिथिहरू, आयोजक टोली, स्वयंसेवक, सहयोगी संस्था तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

“रक्तदान जीवनदान हो। तपाईंको सानो सहयोगले कसैको अमूल्य जीवन बचाउन सक्छ।”

🙏 कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद। ❤️🩸

रक्तदान जीवनदान हो। ❤️Lions International District 325 C, MD 325, Nepal द्वारा आयोजित रक्तदान कार्यक्रम मा सम्पूर्ण दाजु...
11/07/2026

रक्तदान जीवनदान हो। ❤️

Lions International District 325 C, MD 325, Nepal द्वारा आयोजित रक्तदान कार्यक्रम मा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक सहभागिताको लागि अनुरोध गर्दछौं।

📅 मिति: १२ जुलाई २०२६
🕢 समय: बिहान ७:३० बजे
📍 स्थान: दमक–६, खनाल मार्केट

तपाईंको एक पिन्ट रगतले कसैको अमूल्य जीवन बचाउन सक्छ।
आउनुहोस्, रक्तदान गरौँ, मानवता बचाऔँ।

“रक्तदान गरौँ – जीवन बचाऔँ।” ❤️🩸

Address

Damak

57217

Website

Alerts

Be the first to know and let us send you an email when Lions club of Damak Central posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your organization to be the top-listed Non Profit Organization?

Share