06/08/2026
नेपाल जेसीजको आयोजना तथा बेलबारी जेसीजको आतिथ्यतामा मिति २०८३ साल साउन २१ गतेदेखि २५गतेसम्म सञ्चालन हुन गइरहेको JCI Nepal TOT 2026 मा सहभागी सम्पूर्ण जेसीज मनहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
सो कार्यक्रमा सहभागी हुन जानुहुने इनरुवा जेसिजका कानुनी सल्हाकार जेसी Jay San Mehta सञ्जय मेहता र उपाध्यक्ष जेसी AbhiShek KheRwar अभिषेक खेरवार ज्यूलाई शुभयात्रा सहित आफ्नो ज्ञान अनि सीप लाई अझ खारेर समाजमा सकारात्मक सन्देश तथा विभिन्न तालिम दिन सक्ने भएर आउनुहुनेछ भन्ने विश्वास लिएका छौं ।
नेतृत्व विकास, व्यक्तित्व अभिवृद्धि, क्षमता विस्तार तथा संस्थागत मूल्य र सिद्धान्तलाई अझ सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको यस प्रतिष्ठित TOT ले सहभागी सम्पूर्ण जेसीज नन् जेसिजहरूलाई ज्ञान, सीप, अनुभव तथा प्रेरणाको महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिएका छौं ।
यस कार्यक्रममार्फत सहभागीहरूबीच आपसी सहकार्य, मित्रता, सकारात्मक सोच तथा नेतृत्वदायी क्षमताको अभिवृद्धि हुँदै जेसीज अभियानलाई थप प्रभावकारी र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्दछौं ।
कार्यक्रमको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दै आयोजक नेपाल जेसीज, आतिथ्यकर्ता बेलवारी जेसीज तथा सम्पूर्ण व्यवस्थापन टोलीप्रति उच्च सम्मान प्रकट गर्दछौं ।
मनोज निरौला
अध्यक्ष २०२६
तथा
इनरुवा जेसिज परिवार