United Fikkal Club

United Fikkal Club United Fikkal Club, Suryodaya Municipality-10, Ilam

24/09/2026
खेलकुद, पर्यटन र स्थानीय विकासको नयाँ यात्रा: फिक्कल रमितेमा ११-ए-साइड (11-a-side) फुटबल ग्राउन्ड निर्माणको कार्य तीव्रस...
09/08/2026

खेलकुद, पर्यटन र स्थानीय विकासको नयाँ यात्रा: फिक्कल रमितेमा ११-ए-साइड (11-a-side) फुटबल ग्राउन्ड निर्माणको कार्य तीव्र
सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलबाट करिब २ कि.मी. को दूरीमा रहेको फिक्कल रमितेमा United Fikkal Club (UFC) ले ११-ए-साइड फुटबल ग्राउन्ड निर्माणका लागि १९ रोपनी जग्गा खरिद गरिसकेको सहर्ष जानकारी गराउँदछौं ।
यो ड्रिम प्रोजेक्टलाई साकार पार्न आ.व. २०८२/८३ मा कोशी प्रदेश सरकारबाट रु. १० लाख र सूर्योदय नगरपालिकाबाट रु. १० लाख बजेट विनियोजन भई निर्माणको प्रक्रिया अघि बढ्ने क्रममा रहेको छ ।
फुटबल ग्राउन्डको भौतिक संरचना कस्तो हुने र कसरी निर्माण गर्ने भन्ने DPR (Detailed Project Report) तयार गर्नका लागि झापाबाट आउनुभएका प्राविधिक टोलीद्वारा मिति २०८३/०५/२३ गते शनिवारका दिन सर्भे कार्य सफलताका साथ सम्पन्न भएको छ । सर्भेको कामपश्चात् Design र Estimate को कार्य सम्पन्न गरी शीघ्र निर्माण कार्य अगाडि बढाइनेछ।
यो खेलमैदान निर्माण भएसँगै स्थानीय तथा क्षेत्रीय स्तरमा खेलकुदको प्रवर्द्धन र प्रतिभा पहिचानमा ठूलो टेवा पुग्नेछ । सूर्योदय नगरपालिकाको मुटु फिक्कल नजिकै बन्ने यस खेल मैदानले खेल पर्यटन (Sports Tourism) को विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ भने फिक्कल बजार नजिकै रहेकाले भविष्यमा आइपर्ने विपद् वा आपतकालीन समयमा यो स्थान खुला र सुरक्षित आश्रयस्थलका रूपमा समेत प्रयोग गर्न सकिनेछ ।
UFC को यो सपनालाई साकार पार्न अभिभावकत्व र सकारात्मक भूमिका निर्वाह गर्नुहुने कोशी प्रदेश सरकार, सूर्योदय नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिज्यूहरू, परिवारजन, क्लबलाई सधैँ असल मार्गनिर्देशन दिनुहुने अग्रज दाजुहरू, क्लबका संरक्षक तथा वडा नं १० का अध्यक्षज्यू तथा क्लबलाई माया गर्नुहुने सम्पूर्ण शुभेक्षकज्यूहरू प्रति United Fikkal Club सदैव आभारी रहनेछ । आगामी दिनहरूमा पनि यहाँहरू सबैको निरन्तर साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गर्दछौं।

हार्दिक श्रद्धाञ्जली !!
01/08/2026

हार्दिक श्रद्धाञ्जली !!

सबैजनामा सतर्कता अपनाउनु हुन!!
30/06/2026

सबैजनामा सतर्कता अपनाउनु हुन!!

BLACK DAY for Nepali Football💔💔
25/06/2026

BLACK DAY for Nepali Football💔💔

फिफा वर्ल्ड कप २०२६ खेलतालिका नेपाली समयानुसार::
14/05/2026

फिफा वर्ल्ड कप २०२६ खेलतालिका नेपाली समयानुसार::

United Fikkal Club द्वारा आयोजित Youth Futsal Cup 2083 को आज भएको  फाइनल खेलमा Team 69 दमकलाई सुर्योदय एफ सि ले  पराजय ग...
03/05/2026

United Fikkal Club द्वारा आयोजित Youth Futsal Cup 2083 को आज भएको फाइनल खेलमा Team 69 दमकलाई सुर्योदय एफ सि ले पराजय गर्दै ट्रफि उचाल्न सफल भएको छ ।

साथै यस खेल पुर्ण रुपमा संचालन गर्न सहयोग गर्नु हुने सम्पुर्ण सहयोगि मनहरुलाई आयोजक समिति United Fikkal Club हार्दिक धन्यवाद ब्यक्त गर्द छौ।

Futsal for Youth!!! 2083/01/19
02/05/2026

Futsal for Youth!!! 2083/01/19

सबैमा शुभकामना !!!
01/05/2026

सबैमा शुभकामना !!!

Address

Suryodaya Municipality/10
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when United Fikkal Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share