Nepal Scouts Hetauda Sub-Metropolitan City

Nepal Scouts Hetauda Sub-Metropolitan City We’re on a mission to create positive change! From outdoor adventures to community service and intellectual development.

we provide events, activities, projects, and essential life skills for young people, supporting their growth as active citizens.

नेपाल स्काउटको ७५ औ स्थापना दिवसको अवसरमा स्थानिय स्काउट कार्यालय हेटौडा अन्तर्गत सन्चालित रहेको सत्यम स्काउट ट्रुप र सि...
19/06/2026

नेपाल स्काउटको ७५ औ स्थापना दिवसको अवसरमा स्थानिय स्काउट कार्यालय हेटौडा अन्तर्गत सन्चालित रहेको सत्यम स्काउट ट्रुप र सिद्धार्थ स्काउट ट्रुपले सयुक्त सामुदायिक सामाजिक उत्तरदायित्व (CSR) का रुपमा हेटौडा-७ मा रहेको पशुपती मन्दिर परिसर सरसफाई तथा उक्त स्थानमा रहेको चौताराको रङ्गरोगन गरेर स्काउट स्थापना दिवस मनाएको छ।

नेपालकै पहिलो “1st Hetauda Survival Camp” सफलतापूर्वक सम्पन्नहेटौंडा, जेठ १७ – नेपाल स्काउट स्थानीय स्काउट कार्यालय हेटौ...
07/06/2026

नेपालकै पहिलो “1st Hetauda Survival Camp” सफलतापूर्वक सम्पन्न

हेटौंडा, जेठ १७ – नेपाल स्काउट स्थानीय स्काउट कार्यालय हेटौंडाको आयोजनामा नेपालकै पहिलो “1st Hetauda Survival Camp” २०८३ जेठ १५ देखि १७ गतेसम्म तपोवनको प्राकृतिक जंगल क्षेत्रमा भव्य रूपमा सम्पन्न भएको छ। दुई रात तीन दिनसम्म सञ्चालन गरिएको उक्त विशेष क्लोज क्याम्पमा हेटौंडा उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयका ७२ जना स्काउट विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्राकृतिक तथा चुनौतीपूर्ण वातावरणमा सञ्चालन गरिएको यस ऐतिहासिक क्याम्पको मुख्य उद्देश्य विपद्, संकट तथा प्रतिकूल परिस्थितिमा आत्मनिर्भर भएर सुरक्षित रूपमा बाँच्न आवश्यक जीवनरक्षक (Survival) सीपहरूको विकास गर्नु रहेको थियो। क्याम्प अवधिभर सहभागी स्काउटहरूले जंगलमा उपलब्ध स्रोत–साधनको सदुपयोग गर्दै जीवन धान्न आवश्यक विविध व्यवहारिक तथा साहसिक सीपहरूको प्रत्यक्ष अभ्यास गर्ने अवसर प्राप्त गरेका थिए।

तालिमका क्रममा सहभागीहरूलाई आपत्कालीन तथा खतराजन्य अवस्थाको मूल्याङ्कन र व्यवस्थापन, जोखिम न्यूनीकरण तथा सुरक्षाका उपायहरू, जंगलमा पाइने खानयोग्य फलफूल, कन्दमूल तथा वनस्पतिको पहिचान, अस्थायी बासस्थान (Shelter) निर्माण, पानीको स्रोत पहिचान तथा शुद्धीकरण, भाँडाविना खाना पकाउने प्रविधि, प्राथमिक उपचार तथा आकस्मिक उद्धार, शिकार तथा फन्दा निर्माणका आधारभूत विधिहरू, माछा मार्ने सीप, रात्रिकालीन पदयात्रा (Night Hike), पर्वतारोहणका आधारभूत सीप, नेतृत्व विकास, टोली व्यवस्थापन तथा संकटका बेला प्रभावकारी निर्णय क्षमता विकाससम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।

क्याम्पमा नेपाली सेनाका अनुभवी प्रशिक्षकहरू, दक्ष पर्वतारोहीहरू तथा नेपाल स्काउटका राष्ट्रियस्तरका प्रशिक्षकहरूको सक्रिय सहभागितामा व्यवहारिक, प्रयोगात्मक तथा अनुभवमा आधारित प्रशिक्षण सञ्चालन गरिएको थियो। प्रशिक्षकहरूले विपद् तथा संकटका परिस्थितिमा धैर्यता, आत्मविश्वास, अनुशासन, नेतृत्व र सेवाभावको महत्त्वबारे विशेष प्रशिक्षण दिएका थिए।

क्याम्पको समापन समारोहमा सफलतापूर्वक सम्पूर्ण तालिम पूरा गरेका स्काउटहरूलाई “Survival Camp Badge” तथा सहभागिता प्रमाणपत्र प्रदान गरिएको थियो। सहभागी विद्यार्थीहरूले क्याम्पबाट प्राप्त ज्ञान, सीप र अनुभवले भविष्यमा कुनै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गर्न सक्षम बनाएको प्रतिक्रिया दिएका थिए।

नेपालमै पहिलो पटक आयोजना गरिएको यस “1st Hetauda Survival Camp” ले स्काउट आन्दोलनको मूल मर्म ‘सधैं तयार रहनु’ (Be Prepared) लाई व्यवहारमा उतार्दै युवा पुस्तामा आत्मनिर्भरता, साहस, नेतृत्व, वातावरणीय चेतना तथा जीवनोपयोगी सीपहरूको विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। World Scouting

आदरणीय अभिभावक ज्यु तथा क्याम्पमा सहभागी हुने विद्यार्थी भाईबहिनिहरु तपाईहरुले 1st HETAUDA SURVIVAL CAMP मा सहभागी हुनुभ...
21/05/2026

आदरणीय अभिभावक ज्यु तथा क्याम्पमा सहभागी हुने विद्यार्थी भाईबहिनिहरु तपाईहरुले 1st HETAUDA SURVIVAL CAMP मा सहभागी हुनुभन्दा पहिला यो Camp Guideline अध्ययन गरेर Guideline मा भनेका सामाग्रीहरु लिएर क्याम्पमा सहभागि हुनुहोला।

Meet Our Team   Hetauda Survival Camp
10/05/2026

Meet Our Team
Hetauda Survival Camp

श्री प्रधानध्यापक ज्यु, स्काउट संचालित सामुदायिक तथा सस्थागत विद्यालय सबै,हेटौडा उप-महानगरपालिका. मकवानपुर |बिषय: 1st HE...
04/05/2026

श्री प्रधानध्यापक ज्यु,
स्काउट संचालित सामुदायिक तथा सस्थागत विद्यालय सबै,
हेटौडा उप-महानगरपालिका. मकवानपुर |

बिषय: 1st HETAUDA SURVIVAL CAMP मा सहभागीता सम्बन्धमा |
प्रस्तुत विषयमा स्थानीय स्काउट कार्यालय हेटौडाको आयोजना र जिल्ला स्काउट समन्वय समिति मकवानपुरको समन्वयमा स्काउटहरुको व्यक्तित्व र नेतृत्व क्षमताको बिकास गर्न र स्व-अनुशासन अनुभुति गराई आत्मविश्वासमा समेत वृद्दि गराउने र विभिन्न जीवन उपयोगी सिपहरु सिकाउने उद्देश्यका साथ २ रात ३ दिनको 1st HETAUDA SURVIVAL CAMP आयोजना गरिएको व्यवहोरा अनुरोध गर्दछौ | सो तसर्थ त्यस विद्यालयमा स्काउट ट्रूपबाट Boys/Girls गरी जम्मा ३ जना सहभागी गराईदिनुहुन अनुरोध गर्दछौ |
1st HETAUDA SURVIVAL CAMP को कार्यक्रम विवरण निम्नानुसार छ :-
१.मिति:- २०८३ जेठ १५ गते देखि 1७ गते सम्म (सहभागी क्याम्प स्थलमा १५ गते ११:०० बजे उपस्थित हुनुपर्नेछ )
२. स्थान:- हेटौडा उप-महानगरपालिका वडा नं. 19 स्थित तपोवन धार्मिक तथा पर्यटकीय स्थलको प्रागंणमा |
३. दर्ता शुल्क: दर्ता नि:शुल्क (१५ गते बाट खाना, खाजा, तालिम क्याम्प स्कार्फ, वयाज, डायरी, पेन, सहभागिताको प्रमाणपत्र, आवास, स्काउटिङ्ग गतिविधि, आधारभूत प्राथामिक उपचार सेवा, आदि |)
४. सहभागीले ल्याउनुपर्ने सामाग्री:- नियमित खाने औषधि, स्काउट पोशाक, ओढ्ने ओछ्याउने, फेर्ने कपडा, बिभिन्न खेल खेल्दा लगाउने उपयुक्त पोशाक, स्पोर्टस् जुत्ता, चप्पल, लाइट, प्लेट, चम्चा, पानिको बोत्तल, सियो, धागो, ब्रस, पेस्ट, सावुन, रुमाल, रेनकोट, छाता, आदि आफैले, व्यवस्था गर्नुपर्नेछ |
नोट: कार्यक्रम स्थल सम्म लाने र ल्याउने व्यवस्था विधालय स्वयमले गर्नुपर्ने छ | सहभागी हुन आउने स्काउट विधार्थिहरुले जेठ ५ गते सम्ममा अनिवार्य नाम दर्ता गरि सक्नुपर्नेछ | कार्यक्रम स्थलमा उपस्थिति हुने समयमा विधालयको आधिकारिका पत्रमा सहभागी भएका विधार्थी र शिक्षकको नाम समावेश गरेर लिएर आउनु पर्नेछ | कार्यक्रम अवधिभरमा आयोजकले व्यवहोर्ने छ अन्य सघन उपचार गर्नु भएमा अभिभावक वा विधार्थी जिम्मेवारी हुनेछ | कार्यक्रम सम्बन्धि अन्य जानकारी दर्ता भई सकेपछि स्काउटरलाई जानकारी गराईनेछ |

Please give feedback on how the scarf from the 1st Hetauda survival camp .
08/03/2026

Please give feedback on how the scarf from the 1st Hetauda survival camp .

स्थानिय स्काउट कार्यालय  हेटौडा उपमहानगरपालिकाको स्थानिय स्काउट परिषद्  सदस्य स्काउटर मिस सफिरा रोक्का वैवाहिक जीवनमा बा...
23/02/2026

स्थानिय स्काउट कार्यालय हेटौडा उपमहानगरपालिकाको स्थानिय स्काउट परिषद् सदस्य स्काउटर मिस सफिरा रोक्का वैवाहिक जीवनमा बाधिनुभएकोमा हार्दिक बधाई साथै सफल दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्द्छौ ।🎊🎉🎊🎉
स्थानिय स्काउट परिवार हेटौडा उपमहानगरपालिका

श्री प्रधानध्यापक ज्यु,स्काउट संचालित सामुदायिक तथा सस्थागत विद्यालयहरु सबै,हेटौडा उपमहानगरपालिका, नेपाल |बिषय: स्काउट म...
16/02/2026

श्री प्रधानध्यापक ज्यु,
स्काउट संचालित सामुदायिक तथा सस्थागत विद्यालयहरु सबै,
हेटौडा उपमहानगरपालिका, नेपाल |

बिषय: स्काउट मार्चपास सहित स्काउट विद्यार्थी सहभागी सम्बन्धमा |

प्रस्तुत बिषयमा हेटौडा उपमहानगरपालिका शिक्षा बिकास महाशाखाको मिति २०८२/११/०४ गते चलानी नं. ४४१ को पत्र अनुसार हेटौडा उपमहानगरपालिकाको आयोजना तथा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय हेटौडा ४ को व्यवस्थापनमा नगरस्तरीय वृहत खेलकुद प्रतियोगिता (साविकको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता) तपसिल मिति समय र स्थानमा संचालन हुन लागेको र उक्त कार्यक्रमको उद्घाटन सामारोहमा स्थानीय स्काउट कार्यालयलाई स्काउट मार्चपास सहित स्काउट विद्यार्थी सहभागी गराउनुहुन पत्राचार आएको हुदा हेटौडा उपमहानगरपालिका भित्र स्काउट संचालित सम्पूर्ण ट्रूपहरुले आ-आफ्नो विद्यालयको स्काउट विद्यार्थी सहित मार्चपासमा सहभागी हुनको लागी अनुरोध गरिन्छ |
तपसिल:
मिति: २०८२/११/०८
समय: दिनको ११:०० बजे
स्थान: हेटौडा ४ हुप्रचौर

नेपाल स्काउट स्थानिय स्काउट समिती हेटौडा उपमहानगरपालिकाको कार्यसमिती सदस्य जोन पहाडिलाई आज पर्न गएको जन्मदिनको धेरै धेरै...
09/02/2026

नेपाल स्काउट स्थानिय स्काउट समिती हेटौडा उपमहानगरपालिकाको कार्यसमिती सदस्य जोन पहाडिलाई आज पर्न गएको जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछु।🎉🎊🎂🎉🎊
The Clickers

Address

Hetauda/5
Hetauda
44107

Telephone

+9779845573308

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Scouts Hetauda Sub-Metropolitan City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Scouts Hetauda Sub-Metropolitan City:

Shortcuts

Share