Help Desk Nepal

Help Desk Nepal Help Desk Nepal is a group of social activist youths of Makwanpur district. This team has currently helping people in Hetauda Hospital.

खाताको नाम :- Help desk nepal
खाता नम्बर :- 025010010001774
बैंकको नाम : Sanima bank , Hetauda

हेल्प डेस्क नेपाल

देशमा कोभिड–१९ को महामारीको दोस्रो लहर सुरु भएपश्चात संक्रमितहरुको संख्यामा तीब्ररुपमा बृद्धि हुँदै गएपछि गत बैशाख १६ गतेबाट नेपाल सरकारले देशभर अधिकांश क्षेत्रमा निशेधाज्ञा जारी ग¥यो । यस विषम परिस्थितिमा कोभिड संक्रमित बिरामीहरुले अस्पतालहरुमा बेड, अक्सिजन तथा एम्बुलेन्सहरु पनि

नपाइरहेको भनी व्यक्तिगत रुपमा सहयोगको अपेक्षासहित गुनासोहरु निरन्तर आउन थालेपछि मकवानपुर जिल्लाका सामाजिक कार्यमा सक्रिय रहँदै आएका तथा इच्छुक युवाहरुको एउटा टोलीले आपसमा छलफल गरि व्यक्तिगत भन्दापनि एउटा संस्था गठन गरी संस्थागत रुपमा कोभिडका बिरामीहरु र ती बिरामीको देखभालका लागि अस्पताल आएका परिवार÷आफन्त÷साथीभाईहरुलाई पर्ने विभिन्न किसिमका समस्यालाई समाधान गर्न सहयोग तथा सम्बन्धित निकायहरुमा समन्वय गरिदिने, अस्पताल हाताभित्र मास्क तथा पानी वितरण गर्ने जस्ता विभिन्न उद्देश्यहरुसहित काम गर्ने निर्णय ग¥यो । सुरुमा एउटा फेसबुक पेज खोली त्यहिँबाट समस्या तथा गुनासोहरु संकलन गर्ने कार्यको थालनी गरी “हेल्प डेस्क मकवानपुर” नाम राखी २०७८ जेठ ३ गतेबाट मकवानपुर जिल्लामा पहिलो पटक हेटौँडा अस्पतालको हाताभित्र हेल्प डेस्कको स्थापना भएको हो ।

उद्देश्यहरुः
१. प्राकृतिक प्रकोप तथा हरेक किसिमका महामारीको चपेटामा परेका पिडितहरुको लागि भौतिक तथा आर्थिक सहयोग जुटाई वितरण गर्ने र पिडितहरुको समस्या तथा गुनासोहरु सम्बन्धित निकायसम्म पु¥याई सुनुवाई गराउन पहल गर्ने ।
२. प्राकृतिक प्रकोप तथा महामारीको अवस्थामा स्वयंसेवकहरु खटाई सहयोग तथा सेवा प्रदान गर्ने ।
३. कोभिड–१९ पैmलिएको विषम परिस्थितिमा अस्पताल वा पायक पर्ने स्थानमा हेल्प डेस्कको स्थापना गरि बिरामी, बिरामीका कुरुवा तथा अहोरात्र सेवामा खटिने प्रहरीहरुलाई पानी, मास्कजस्ता आवश्यक सामग्रीहरु वितरण गर्ने ।
४. आर्थिक स्थिति कमजोर भएर उपचार गराउन कठिनाइमा परेका जटिल रोगका बिरामीहरुको लागि देश÷विदेशमा रहेका व्यक्ति÷संस्था तथा सम्बन्धित निकायहरुबाट आर्थिक तथा सम्बन्धित सामग्रीहरु जुटाई उपलब्ध गराएर सहयोग गर्ने ।हाल हामिले दैनिकी गर्ने कृयाकलाप अन्तर्गत , अस्पताल भित्रका बिरामी तथा बिरामीको कुरुवाहरुलाई , निशुlल्क पानी , मास्क बितरण , विभिन्न संघ सस्था सग सम्वनमय गरेर , बिहानको खाजा , खाना , बेलुकीको खाना , अस्पताल भित्रका बिरामी तथा बिरामीका कुरुवाहरुलाई दिदै आईरहेको छौ । केही समय अगाडि अक्सिजनको अभावमा अक्सिजन खोजिदिने , खाली सिलिन्डर जम्मा गर्ने , खाली सिलिन्डर भर्ने , एम्बुलेन्सहरु खोज्ने , अस्पतालको बेड , बिरामीको संख्या बुझ्ने , रगत अभाव हुदा , रगत संकलन गरिदिने , औसधिहरु अभाव देखिएका हरु बिरामीलाई सहज हुने हिसाबले खोजिदिने , हरेक दिन , बिरामीले pcR चेक गरेपछि उनिहरुलाई अस्पताल आउनु पर्ने समस्यालाई अन्त्य गर्दै उनिहरुको रिपोर्टको विषयमा सम्बन्धित ब्यक्तिलाई फोन, sms मार्फत जानकारी गराउने , pcR report चाहिने ब्यक्तिहरुको उनिहरुको ब्यक्तिगत सुचना भङ्ग नहुने हिसाबले , संबंधित ब्यक्तिको सामाजिक संजाल facebook , massenger , what's up , imo , mail मार्फत उनिहरुलाई पठाईदिने लगायत ,
२०७८-०२-०३"गते बाट हेटौंडा बजार भित्रका शान्ती सुरक्षामा खटिएका प्रहरिहरुलाई हाम्रो टिमले करिव एक महीना सम्म हरेक दिन 6,7 कार्टुन पानीको दरले उनिहरुलाई , पानी , आवस्यकता अनुरुपको मास्क प्रदान गरेका थियौं । त्यति मात्रै होइन हाम्रो टिमले अस्पताल भित्रका डाक्टरहरुलाई विभिन्न किसिम बाट सहयोग , सम्वनमय गर्दै आईरहेको छौँ । हेटौंडा अस्पताल भित्रको करिव डेढ महिनाको बसाई ( ४५) प्रत्यक्ष रुपमा बिरामीहरु सग नजिक रहि उनिहरुलाई सहयोग गरेका थियौ , हेटौंडा अस्पताल भित्र हाम्रो डेस्कले टेन्ट राखी कोभिड हेल्प डेस्क स्थापना गरि करिव ४५ दिन बसाईको क्रममा उनिहरुलाई विभिन्न संघ सस्थाहरु सग सम्वनमय गरेर बिहानको खाजा , खाना , दिउँसोको खाजा , बेलुकिको खाना ,pcR report , निशुल्क पानी , मास्क बितरण गरेका थियौ । मिति २०७८-असार १५ गते दिउँसो बाट हाम्रो टिमले बिरामीहरुलाई खाना , पानी मास्क बाहेक अन्य सेवा , सहयोग , सम्वनमय , हेल्प डेस्कको कार्यलय हेटौंडा २ मा अवस्थीत नगरपालिका रोडबाट गर्दै आईरहेका छौ । मिति २०७८- असार २४ गते गते हाम्रो बिगत हेल्पडेस्कको नाम परिवर्तन गरि आधिकारिक रुपमा कम्पनी रजिस्ट्रार कार्यलयमा मुनाफा बितरण नगर्ने संस्था हेल्प डेस्क नेपाल दर्ता गरियो ।

31/01/2026
31/01/2026

Address

Hetauda
Hetauda Bazar
44100

Telephone

+9779844269771

Website

Alerts

Be the first to know and let us send you an email when Help Desk Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Help Desk Nepal:

Share