12/03/2024
एच.आई.भी संक्रमित महिलाहरुको राष्ट्रिय महासंघले महिलाहरूको सम्मानकाे लागि अायाेजना गरेकाे कार्यक्रममा "महिलामा लगानी: सभ्य र सम्मुन्नत समाजको थालनी"भन्ने मुल नाराका साथ ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस भव्य र सभ्य रुपमा सम्पन्न गरेको छ । जसमा कार्यक्रममा प्रदेशबाट जिल्ला र जिल्लाभित्रका संस्थाहरुले गरेको छनौटका आधारमा प्रत्येक प्रदेश बाट १ जना गरि ७ वटै प्रदेशबाट मनोनित भइ आउनु भएका ७ जना दिदिबहिनीहरुलाई HIV Warrior Award-2024 ले सम्मान गरिएको थियो साथै एच.आई.भी संक्रमित महिलाहरुको राष्ट्रिय महासंघकी अभिभावक एवं पुर्व अध्यक्ष श्री मथुरा कुंवर ज्युलाई उक्त भव्य समारोहमा HIV Fighter Award-2024 ले सम्मान गरिएको थियो । त्यसैगरि एच.आई.भी संक्रमित तथा प्रभावित बालबालिकाहरुको संरक्षण गरि उनीहरुको गांस,बास,कपास र शिक्षाको लागि निरन्तर खटिरहेका संस्थाहरु सेतु नेपाल,नेपाल आराधना समाज,बेबी लाइफ होम, नवकिरण प्लस र शक्ति मिलन समाजको अतुलनिय योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो । यसैबीच राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. संजय कुमार ठाकुर, एच.आई.भी विशेषज्ञ डा.सुशिल शाक्य, राष्ट्रिय मानव अधिकार आयोग र महिला,कानुन र विकास मन्चसंग एच.आई.भी संक्रमित महिला, बालबालिका र युवाहरुको मुद्दा र समस्याका साथै राज्यले एच.आई.भी संक्रमित महिलामा लगानी कस्तो तवरले गरिरहेको छ वा गर्ने छ भन्ने विषयमा प्यानल छलफल पनि गरिएको थियो भने कार्यक्रमको सभाध्यक्ष महासंघकी अध्यक्ष सुश्री सारा थापा मगर,प्रमुख अतिथि राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा.संजय कुमार ठाकुर र विशिष्ट अतिथी,एच.आई.भी विशेषज्ञ डा. सुशिल शाक्य गरिमामय उपस्थितिमा सम्पन्न भएको थियो ।
जसमा गण्डकी प्रदेशबाट मनाेनित भई जानुभएकाे गाेरखा जिल्ला पालुङ्गटार नगरपालिकाकाे श्री सानुमाया खड्का लाई
HIV Warrior Award-2024 ले सम्मान गरिएकाे छ साथै अन्य प्रदेश बाट विभिन्न महिला सहभागी दिदिबहिनी हरुलाई पनि उच्च सम्मान यसरी नै काम गर्दै अघि बढ्नुहाेला अबश्य कामकाे मुल्यांकन हुनेछ धन्यवाद ।