26/06/2026
"धन्यवाद ज्ञापन सहित आभार"
हाल चिया क्षेत्रमा देखिएका विभिन्न चुनौतीका बीच, भारतबाट लागू गरिएको SOP मापदण्ड FSSAI मापदण्ड (HSN 0902) सम्बन्धी पछिल्लो निर्णयले नेपाली चिया निर्यातमा केही सहजता प्रदान गरेको छ, जसले प्रत्येक consignment मा अनिवार्य परीक्षण हटाई, 20% random testing मा सीमित गरिएको निर्णय सकारात्मक छ , तर यो व्यवस्था दीर्घकालीन रूपमा स्थायी नहुन सक्ने भएकाले गुणस्तरीय, विषादीरहित र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको उत्पादन नै अबको एकमात्र विकल्प हो।
प्रधानमन्त्री कार्यालय, सम्बन्धित मन्त्रालय तथा कार्यदलसँगको छलफलबाट हामीले पाएका स्पष्ट सन्देश:-
चिया क्षेत्रको गुणस्तर सुधार भएमा, नेपाल सरकारले विश्व बजार विस्तारका लागि पूर्ण सहयोग गर्ने स्पष्ट प्रतिबद्धता प्राप्त भएको छ। साथै किसानहरुलाई आफ्नो पेशामा थप जगरुक बनाउन कृषक लक्ष्यित नयाँ कार्यक्रम र योजनाहरु लागू गर्ने स्पष्ट सन्देश प्राप्त भएको छ ।
यस प्रक्रियामा निरन्तर समन्वयकारी भूमिका खेल्नुहुने
संस्थाका अध्यक्षज्यू, पदाधिकारीज्यूहरू,
पर्यटन व्यवसायी श्री टिका ओडारीज्यू,
काठमाडौंमा रहेर पहल गर्नुहुने मान्यजनहरू,
र स्थानीय स्तरमा सक्रिय रहनुहुने सम्पूर्ण अग्रज तथा साथीहरूलाई संस्थागत रूपमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। साथै सामाजिक सञ्जालमा आएका सबै सकारात्मक/नकारात्मक टिप्पणीहरूलाई हामीले आलोचना होइन, सिकाइको अवसर सुझावका रूपमा ग्रहण गरेका छौं।
तपाईंहरूका सुझावहरूले हामीलाई अझ सुधार गर्न,
र चिया क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन प्रेरणा मिलेको छ।
हाम्रो साझा लक्ष्य “गुणस्तरमा सुधार, बजारमा विस्तार, किसान र उद्यमीको सम्मान” भन्ने मुल उद्धेश्य लिई दिगो र स्थायी समाधानका लागि सबै मिलेर नेपाली चियालाई विश्व बजारमा अझ सशक्त बनाऔं।
धन्यवाद ।