EDC-Nepal

EDC-Nepal Equality Development Center (EDC) Nepal, Doti

आज १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस विविध कार्यक्रम सहित जोरायल गाउँपालिकामा सम्पन्न गरिएको छ ।। श्रमिक महिला सञ्जालको ...
01/05/2026

आज १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस विविध कार्यक्रम सहित जोरायल गाउँपालिकामा सम्पन्न गरिएको छ ।। श्रमिक महिला सञ्जालको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा श्रमिक महिलाहरूले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरूको ज्यालामा भएको विभेद, ज्यालामा ठगी, कार्यस्थलमा महिला श्रमिकमाथि हुने हिंसा, महिलाहरूको स्वास्थ्य सुरक्षा लगायतका विषयवस्तु मा छलफलसहित कार्यक्रम सम्पन्न भएको छ।









सम विकास केन्द्र नेपाल डोटी र एक्शनएड नेपालको साझेदारीमा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत जोरायल गाउँपालिका वडा...
30/04/2026

सम विकास केन्द्र नेपाल डोटी र एक्शनएड नेपालको साझेदारीमा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत जोरायल गाउँपालिका वडा नं. २ को सहकार्य र घरेलु तथा साना उद्योग विकास कार्यालय राजपुर डोटीको सहजीकरणमा जोरायल गाउँपालिका वडा नं. २ बुडर मा सञ्चालन गरिएको अचार तालिम आज सम्पन्न भएको छ। उक्त तालिममा १० जना महिलाहरूको सहभागिता रहेको थियो।

26/04/2026
दरभाउ उपलब्ध गराइदिने सम्बन्धी सूचना ।।।
15/04/2026

दरभाउ उपलब्ध गराइदिने सम्बन्धी सूचना ।।।

विद्यालयमा नव निर्मित भाैतिक संरचना हस्तान्तरण :मोफा जापान, गुडनेवर्स जापान, गुडनेवर्स ईन्टरनेशनल नेपाल र समविकास केन्द्...
25/03/2026

विद्यालयमा नव निर्मित भाैतिक संरचना हस्तान्तरण :
मोफा जापान, गुडनेवर्स जापान, गुडनेवर्स ईन्टरनेशनल नेपाल र समविकास केन्द्र (ईडिसी) नेपालकाे साझेदारीमा सम्पन्न विद्यालय वालवालिकाहरुकाे पाेषण स्थितीमा सुधार परियाेजना अन्तरगत निर्माण गरिएका छात्र, छात्रामैत्री, अपाँङ्गमैत्री, वालमैत्री शाैचालय, भान्छाघर, खानेपानीका भाैतिक संरचना र करेशावारी आज सुनादेवी मा.वि. लडागडा, अरुणाेदय आ.वि. उडिताेला र दुर्गा मा.वि. पाकरिका वि.ब्य.स. र प्र.अ.हरुलाई हस्तान्तरण गरियाे ।
उक्त भाैतिक संरचना हस्तान्तरण कार्यक्रम दिपायल सिलगढी नगरपालिकाका उप प्रमुखकाे प्रमुख आथित्य, गुडनेवर्स जापानका प्रतिनिधि, ईडिसिका कार्यकारी निर्देशक, सिडिसीका प्रतिनिधि लगायत वि.ब्य.स, शि.अ.स, अभिभावक, शिक्षक तथा वावालिकाहरुकाे सहभागितामा सम्पन्न भएकाे थियाे ।

आज सम विकास केन्द्र नेपाल डोटीको आयोजना र जोरायल गाउँपालिकाको सहकार्यमा जोरायल गाउँपालिकामा ६१ औं अन्तर्राष्ट्रिय जातीय ...
21/03/2026

आज सम विकास केन्द्र नेपाल डोटीको आयोजना र जोरायल गाउँपालिकाको सहकार्यमा जोरायल गाउँपालिकामा ६१ औं अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मुलन दिवस सम्पन्न भएको छ ।।

सुर्खेतमा इनिशा बि.क. माथि भएको बलात्कारपछि हत्या घटनाको विरोध तथा न्यायको माग गर्दै दीप प्रज्वलन गरिएको छ ।। निर्दोष कि...
15/03/2026

सुर्खेतमा इनिशा बि.क. माथि भएको बलात्कारपछि हत्या घटनाको विरोध तथा न्यायको माग गर्दै दीप प्रज्वलन गरिएको छ ।।

निर्दोष किशोरीमाथि भएको यस्तो अमानवीय, क्रूर र निन्दनीय घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको छ। यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै हामीले पीडितप्रति श्रद्धाञ्जली अर्पण गर्यौं र दोषीहरूलाई कडा भन्दा कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छौं।

हामी सबैले मिलेर हिंसा, अन्याय र दण्डहीनता विरुद्ध आवाज उठाउनु आजको आवश्यकता हो। सुरक्षित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्ष जिम्मेवार बन्न आवश्यक छ।

न्यायका लागि हाम्रो आवाज निरन्तर रहनेछ।

११६ औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम सहित आज सम्पन्न भएको छ ।
08/03/2026

११६ औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम सहित आज सम्पन्न भएको छ ।

दरभाउ उपलब्ध गराइदिने सम्बन्धमा ।।।
17/02/2026

दरभाउ उपलब्ध गराइदिने सम्बन्धमा ।।।

मोफा जापान, गुडनेवर्स इन्टरनेशनल नेपाल र सम बिकास केन्द्र (इडिसी) नेपालको सझेदारि र दिपायल सिलगढी नगर पालिकाको समन्वयमा ...
12/01/2026

मोफा जापान, गुडनेवर्स इन्टरनेशनल नेपाल र सम बिकास केन्द्र (इडिसी) नेपालको सझेदारि र दिपायल सिलगढी नगर पालिकाको समन्वयमा सन्चालित बालबालिकाको पोषण स्थितीमा सुधार परियोजना अन्तरगत चार वटा विद्यालयमा निर्माण गरिएका छात्र, छात्रा, अपांगता, बालबालिका, महिनावारी मैत्री शौचालय, भान्साघर, खानेपानी, वेस्टपिटका पुर्बाधार र करेसावरी हस्तान्तरण कार्यक्रम सम्पन्न ।

Initiation of EDC Nepal PAHUCH Project: TOT on Advocating for Dignified MenstruationUnder the initiation of the EDC Nepa...
22/12/2025

Initiation of EDC Nepal PAHUCH Project: TOT on Advocating for Dignified Menstruation
Under the initiation of the EDC Nepal PAHUCH Project, funded by DCA Nepal, a Training of Trainers (TOT) on Advocating for Dignified Menstruation was successfully conducted from 18 to 21 December in Doti District.
The training targeted women leaders, champions, male activists, and senior citizens from the project coverage areas. A total of 34 participants took part in the training.
The main trainers of the event were Dr. Radha Paudel, a renowned Dignified Menstruation campaigner, and Mr. Govinda Khadka, Chief Editor of CIN and a social campaigner.
During the training, Dr. Radha Paudel emphasized the importance of using the term “Dignified Menstruation” instead of “Chhaupadi.” She highlighted that menstruation is not a problem limited to Sudurpaschim Province, but a universal issue. She explained that there are 74 different terms used for menstruation across Nepal, reflecting deep-rooted stigma and misconceptions.
Dr. Paudel stressed that menstruation is not a curse but a natural blessing, as it enables women to give birth. She strongly stated that discriminatory practices related to menstruation are a violation of human rights from a gender perspective.
After the completion of the training, participants developed action plans to carry out advocacy activities on dignified menstruation within their respective communities.
The training was formally welcomed by Mr. Mahesh Trikhatri, Executive Director of EDC Nepal. The campaign strengthened the confidence and knowledge of participants and helped to build eight new champions, including women activists from Sikhar area.
Ms. Asha BK, one of the women activists, shared that the training was empowering and would help them advocate for dignified menstruation practices in their communities.

Address

Dipayal Silgadhi Municipality-05 Silgadhi
Doti

Alerts

Be the first to know and let us send you an email when EDC-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share