12/10/2026
“कृषि इन्जिनियरिङ्ग स्नातक विद्यार्थीहरूलाई हार्दिक बधाई!”
इन्जिनियरिङ्ग अध्ययन संस्थान (Institute of Engineering) तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (NAMP) बिच Intern Mobilization कार्यक्रमको लागि आज सम्झौता भएको छ। जस अन्तर्गत, यो वर्ष कृषि इन्जिनियरिङ्ग स्नातक 8th Semester (New Course) का विद्यार्थीहरू NAMP को Zone र Superzone हरूमा Paid Intern को रूपमा परिचालित हुनेछन्।
हिमालः १८,०००/ महिना
पहाडः १६,०००/ महिना
तराईः १४,०००/ महिना
नेपालमा सरकारी स्तरबाट कृषि इन्जिनियरिङ्ग विद्यार्थीहरूलाई दिइएको सुविधा यो पहिलो हो।
धन्यवाद!