25/07/2025
सूचना । सूचना।। सूचना ।।।
अन्तिम मतदाता नामावली तयार गर्ने सिलसिलामा निर्वाचन आयोग, नेपालको मिति २०८१/०३/३१ को स्वीकृत मतदाता नामावली अध्यावधिक कार्यविधि, २०८१ बमोजिम सबै जिल्ला निर्वाचन कार्यालयमा मिति २०८२/०४/१५ गते देखि मिति २०८२/०५/०८ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रमको लागि निर्वाचन आयोगको वेवसाइट www.election.gov.np मा मिति २०८२ श्रावण १४ गते मतदाता नामावली प्रकाशित हुनेछ । उक्त मतदाता नामावलीमा त्रुटि भए त्रुटि सच्याउन, दोहोरो हटाउन, उजुरी दिन वा मृत्यु भएका र नागरिकता त्याग/रद्द गरेकाहरुको नाम हटाउन, एउटै वडा भित्रको पायक पर्ने मतदान केन्द्रमा नामावली सार्न मिति २०८२ श्रावण १५ गते देखि ऐ. २२ गतेसम्म तोकिए बमोजिमको अनुसूची भरी सम्बन्धित न.पा./गा.पा. र वडा कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई निवेदन दिन वा कार्यालयको इमेल ठेगाना [email protected] समेत आवश्यक कागजात सहित निवेदन दिनुहुन अथवा https://applyvr.election.gov.np मा गई अनलाईनबाट आवश्यक कागजात अपलोड गरी आवेदन दिनहुन हार्दिक अनुरोध गर्दछौ।