National Integrated Development Society Nepal -NIDS Nepal
उद्देश्यहरु
यस संस्थाका उद्देश्यहरु देहाय बमोजिम रहेका छन् ः–
क. यो संस्था मुनाफा रहित जनहितकारी सामाजिक संस्था हुनेछ । यस संस्थाले आफ्नो उद्देश्यसँग सम्बन्धित सरकारी निकायसँग समन्वय गरी अनुमति वा इजाजत लिएर मात्र उद्देश्यहरु कार्यान्वयन गर्नेछ ।
ख. राष्ट्रि««य तथा अन्तर्राष्ट्रि««य सघं संस्थाहरुसंग सम्पर्क एवं समन्वय गरि यूवा स्वोरोजगार क
ार्यक्रमहरु संचालन गर्न सहयोग गर्ने ।
ग. समुदायमा बिभिन्न किसिमको विकास निर्माणका लागि स्थानिय नागरिकहरुलाई जागरुक बनाइ सम्बन्धित निकायलाई जिम्मेवार बनाउने ।
घ. जिल्लाजिल्लामा सर्वसाधारणका सरकारी तथा अन्य कार्यहरुलाई झन्झट तथा घुस विना सम्पन्न गराउन तथा नागरिकहरुको विभिन्न समस्याको समाधानका लागि हेल्प डेस्क निर्माण गर्ने ।
ङ. महिला श–सक्तिकरण, युवा सवलिकरण, कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, वातावरण संरक्षण, खानेपानी, ग्रामिण विकास लगायतका क्षेत्रमा कार्य गर्ने ।
च. समुदायका मानिसहरुमा सकारात्मक सोच र उद्यमशिल भावनाको विकासका लागि विभिन्न तालिम तथा रोजगारमूलक कार्य प्रारम्भ गराउने ।
छ. युवाहरुलाई विकासमा केन्द्रित गर्न तथा गाउँको विकासका लागि भिलेज मेकिङ क्याम्पेन गाउँ बनाउँ अभियान संचालन गर्ने ।
ज. महिलाहरुको जीवन स्तर उकास्न उनीहरुमा अवसर र श्रृजनाको सदुपयोग गर्दै आयआर्जनमा जोड दिने हस्तकला तथा घरेलु सामग्री उत्पादन तर्फ अग्रसर गराउने ।
झ. लागू पदार्थ, कुलत, दुव्र्यसन र एच.आइ.भी. एड्सको रोकथाम, जनचेतना, परामर्श, पुनस्थापन गर्ने ।
ञ..एकल, बिपन्न, अपाङ्ग, पिछडिएका, दलित तथा जनजाती महिलाहरुमा क्षमता विकास तथा स्वरोजगारका कार्यक्रमहरु सञ्चालन गर्ने ।
ट. महिलाहरु माथी हुने हिंसा, अन्याय, अत्याचार तथा मानव बेचबिखनको रोकथाम गर्ने । साथै महिला पुनस्थापन केन्द्र सञ्चालन गर्ने ।
ठ. समाजको मुलधारमा नपरेकालाई सामाजिक रुपमा सक्षम गराउने, कानुनी ज्ञान दिने, जातिय समानता कायम गर्ने ।
ड. असहाय र गरीबको सेवा गर्ने ।
ढ. जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने ।
ण. बालबालिकाहरुको हेरचाहको लागि शिशु स्याहार केन्द्र सञ्चालन गर्ने ।
त. मानव अधिकारको रक्षा, सूचना प्रबिधिको बिकास, दिगो शान्तिको स्थापना,गरीबी न्युनिकरण आदी क्षेत्रमा कार्य गर्ने।
थ.समुदायमा स्वास्थ्य सम्बन्धि बिबिध तालिम प्रदान गर्ने । स्वास्थ्य शिबिर संचालन गर्ने ।
द. नेपाली समाजमा व्याप्त अन्धविश्वास, कुरीति र कुसंस्कृति विरुद्ध जनचेतना फैलाउने ।
ध. शुसासन स्थापनाका लागि वकालत गर्ने ।
न.विभिन्न विपत्ति पछिको उद्वार रहात तथा पूननिर्माण काम गर्ने ।
न. अन्य बिबिध सामाजिक कार्य गर्ने ।