बाहुन्स्थान युवा समाज

  • Home
  • Nepal
  • Dhading
  • बाहुन्स्थान युवा समाज

बाहुन्स्थान युवा समाज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बाहुन्स्थान युवा समाज, Nonprofit Organization, Thakre-4, Dhading.

🙏 बाहुन्स्थान युवा समाज फेसबुक पेजमा स्वागत छ🙏

हाम्रो गाउँ बाहुन्स्थानका युवाहरूलाई एकताबद्ध बनाउने, सामाजिक गतिविधि गर्ने र गाउँको विकासमा योगदान गर्ने उद्देश्यले यो पेज सुरु गरिएको हो।

03/06/2026

एकता बलं समाजस्य, विभेदः तस्य नाशकः

यनि ‍,

एकता समाजको शक्ति हो, विभाजन त्यसको विनाशक हो।

बाहुनस्थान युवा समाजका ऊर्जावान् युवा सानुकान्छा तामाङ ज्यूलाई आज पर्न गएको शुभ जन्मदिन को हार्दिक मंगलमय शुभकामना! तपाई...
07/05/2026

बाहुनस्थान युवा समाजका ऊर्जावान् युवा सानुकान्छा तामाङ ज्यूलाई आज पर्न गएको शुभ जन्मदिन को हार्दिक मंगलमय शुभकामना!
तपाईंको सक्रियता र समाज सेवाप्रतिको लगाव हाम्रा लागि प्रेरणाको स्रोत हो। आउँदा दिनहरूमा तपाईंको व्यक्तिगत र सामाजिक जीवन अझ उज्यालो र सफल बनोस्। सुस्वास्थ्य र दीर्घायुको शुभकामना !

बाहुन्स्थान युवा समाजका सक्रिय सदस्य एवं गाउँको विकासमा सशक्त रूपमा निस्वार्थ साथ दिनुहुने सोनम तामाङ ज्यूको आज पर्न गएक...
05/05/2026

बाहुन्स्थान युवा समाजका सक्रिय सदस्य एवं गाउँको विकासमा सशक्त रूपमा निस्वार्थ साथ दिनुहुने सोनम तामाङ ज्यूको आज पर्न गएको शुभ जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। यहाँको निरन्तर योगदान, समर्पण र सकारात्मक सोचले हाम्रो समाजलाई अघि बढाउन ठूलो ऊर्जा प्रदान गरिरहेको छ ।
यस विशेष दिनले यहाँको जीवनमा नयाँ उमङ्ग, सफलता र खुसीका अनगिन्ती अवसरहरू ल्याओस्। सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै, आगामी दिनहरू अझ उज्याला, प्रेरणादायी र उपलब्धिमूलक बनून् भन्ने हार्दिक कामना गर्दछौँ।

बुद्ध जयन्तीको पावन अवसरमा सम्पूर्ण मानव समुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।शान्ति, करुणा, मैत्री र सद्भावक...
01/05/2026

बुद्ध जयन्तीको पावन अवसरमा सम्पूर्ण मानव समुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
शान्ति, करुणा, मैत्री र सद्भावका प्रतीक भगवान गौतम बुद्धका अमूल्य शिक्षाहरूले हामी सबैलाई सत्य, अहिंसा, सहिष्णुता र नैतिकताको मार्गमा अग्रसर गरून् भन्ने कामना गर्दछौं।

“मन नै सबै कुरा हो, तपाईं जे सोच्नुहुन्छ, त्यही बन्नुहुन्छ।” — गौतम बुद्ध

“घृणाले घृणा कहिल्यै समाप्त हुँदैन, प्रेमद्वारा मात्र घृणाको अन्त हुन्छ।” — गौतम बुद्ध

यस पवित्र दिनले समाजमा मानवता, सामाजिक एकता, पारस्परिक सम्मान तथा विश्व शान्तिको सन्देश प्रवाह गर्दै सभ्य, समृद्ध र अनुशासित समाज निर्माणमा प्रेरणा प्रदान गरोस्।

सम्पूर्ण प्राणीहरूको कल्याण, सुख, शान्ति र समृद्धिको हार्दिक कामना।
बुद्धं शरणं गच्छामि।

24/04/2026

बाहुनस्थान युवा समाजको विधान, २०८३

१. प्रस्तावना (Preamble)

हामी, बाहुनस्थान क्षेत्रका युवाहरू, समाजप्रति उत्तरदायी भावना, पारदर्शिता र सेवा-समर्पणको मूल्यमान्यतालाई आत्मसात गर्दै, स्थानीय विकासलाई केन्द्रमा राखी राष्ट्रिय स्तरसम्म सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले “बाहुनस्थान युवा समाज” स्थापना गर्दछौँ।
यस विधानमार्फत संस्थाको संरचना, कार्यप्रणाली तथा वित्तीय अनुशासनलाई स्पष्ट रूपमा परिभाषित गरिन्छ, ताकि संस्थाको कार्य प्रभावकारी, पारदर्शी र दिगो रहोस्।

२. नाम, ठेगाना तथा स्वरूप

* नाम: बाहुनस्थान युवा समाज (Bahunsthan Yuva Samaj)
* ठेगाना: बाहुनस्थान, Thakre Rural Municipality
* स्वरूप: गैर-नाफामूलक, गैर-राजनीतिक तथा सामाजिक संस्था

३. दृष्टि (Vision)

स्थानीय स्तरबाट सुरु भई राष्ट्रिय विकासमा सक्रिय भूमिका खेल्ने, जिम्मेवार, पारदर्शी र प्रभावकारी युवा संस्था निर्माण गर्ने।

४. ध्येय (Mission)

* समुदायमा सेवा र सहयोग प्रदान गर्ने
* गाउँ, पालिका, जिल्ला हुँदै राष्ट्रसम्म विकासमा योगदान गर्ने
* आवश्यकताअनुसार मानवीय सहयोग र पहल गर्ने

५. कार्यक्षेत्र (Scope of Work)

* स्थानीय: बाहुनस्थान
* पालिका: Thakre Rural Municipality
* जिल्ला: Dhading District
* राष्ट्रिय: Nepal

६. उद्देश्य (Objectives)

* सामाजिक, शैक्षिक, स्वास्थ्य तथा वातावरणीय क्षेत्रमा योगदान
* युवाहरूको नेतृत्व क्षमता र सहभागिता विकास
* विपद् तथा आपतकालीन अवस्थामा राहत र सहयोग
* दीर्घकालीन रूपमा राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने
* गाउमा आवश्यकता अनुरुप कार्यक्रम आयोजना गरि सकृयता बनाउने !

७. संगठनात्मक संरचना (Organizational Structure)

संस्थामा निम्न पदहरू रहनेछन्:

1. अध्यक्ष (President)
2. उपाध्यक्ष (Vice President)
3. सचिव तथा कोषाध्यक्ष (Secretary & Treasurer)

८. पदाधिकारीहरूको जिम्मेवारी

८.१ अध्यक्ष

* संस्थाको नेतृत्व तथा नीतिगत निर्णय गर्ने
* बाह्य प्रतिनिधित्व गर्ने
* आवश्यक अवस्थामा अन्तिम निर्णय दिने

८.२ उपाध्यक्ष

* अध्यक्षलाई सहयोग गर्ने
* अध्यक्ष अनुपस्थित हुँदा जिम्मेवारी सम्हाल्ने
* कार्यक्रम कार्यान्वयनमा समन्वय गर्ने

८.३ सचिव तथा कोषाध्यक्ष

* प्रशासनिक कार्य, अभिलेख तथा पत्राचार व्यवस्थापन
* वित्तीय अभिलेख, हिसाब-किताब तथा प्रतिवेदन तयार गर्ने
* बैंक तथा डिजिटल कारोबारको व्यवस्थापन गर्ने

९. बैठक तथा निर्णय प्रक्रिया

* नियमित बैठक: वर्षमा कम्तीमा ४ पटक
* आकस्मिक बैठक: आवश्यकताअनुसार
* निर्णय प्रक्रिया:
* सामान्य विषयमा बहुमत
* महत्वपूर्ण विषयमा सर्वसम्मति प्राथमिकता



१०. आर्थिक स्रोत (Sources of Fund)

* स्थानीय, प्रदेश तथा संघीय सरकारबाट प्राप्त अनुदान
* राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सहयोग
* स्वदेश तथा विदेशमा रहेका सहयोगी व्यक्तिहरूबाट योगदान
* स्वेच्छिक सहयोग तथा दान

११. वित्तीय नीति तथा डिजिटल प्रणाली (Financial & Digital Policy)

* संस्थाले नगदरहित (Cashless) तथा कागजरहित (Paperless) वित्तीय प्रणाली अपनाउनेछ
* सबै आर्थिक कारोबार डिजिटल माध्यम (Bank Transfer, e-wallet, online system) मार्फत मात्र गरिनेछ
* नगद लेनदेनलाई निरुत्साहित गरिनेछ, आवश्यक अवस्थामा प्राप्त नगद रकम तत्काल बैंकमा जम्मा गरी डिजिटल अभिलेखमा राखिनेछ

११.१ बैंक सञ्चालन नियम

* संस्थाको बैंक खाताबाट रकम निकासा गर्दा:
* अध्यक्ष र सचिवको संयुक्त हस्ताक्षर अनिवार्य हुनेछ
* कुनै पनि खर्च पूर्वस्वीकृति बिना गर्न पाइने छैन

११.२ पारदर्शिता

* सम्पूर्ण आर्थिक विवरण स्पष्ट, अद्यावधिक तथा परीक्षणयोग्य (auditable) राखिनेछ
* सदस्यहरूलाई आवश्यक जानकारी उपलब्ध गराइनेछ

१२. खर्च प्राथमिकता

1. स्थानीय (बाहुनस्थान) विकास
2. पालिका तथा जिल्ला स्तरका सहयोग
3. राष्ट्रिय स्तरका सेवा कार्यक्रम

१३. आचारसंहिता (Code of Conduct)

* संस्थाको उद्देश्यविपरीत कुनै कार्य गर्न पाइने छैन
* व्यक्तिगत वा राजनीतिक स्वार्थका लागि संस्था प्रयोग गर्न पाइने छैन
* पारदर्शिता, उत्तरदायित्व र सेवा भावना कायम राख्नुपर्नेछ

१४. संशोधन (Amendment)

सदस्यहरूको सहमतिमा आवश्यक परे विधान संशोधन गर्न सकिनेछ

१५. विघटन (Dissolution)

संस्था विघटन भएमा बाँकी सम्पत्ति सामाजिक तथा सार्वजनिक हितका कार्यमा प्रयोग गरिनेछ

✍️ संस्थापक सदस्यहरूको हस्ताक्षर

14/04/2026

वसन्तको सुगन्धसँगै आएको नववर्ष २०८३ ले हजुरहरूको जीवनमा नयाँ उज्यालो, नयाँ उमङ्ग र असीम खुसी छरोस्। हरेक दिन आशाले भरियोस्,
हरेक पाइला सफलताको फूलले सजियोस्, घरआँगन सधैं हाँसो, प्रेम र खुशीयालीले गुञ्जिरहोस्। सबै रोग, दुःख र पीडा टाढा गरून्, शत्रुता, वैरभाव र मनमुटाव समाप्त होऊन्, जीवनमा प्रेम, मेलमिलाप र सद्भाव सधैं कायम रहोस्। सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको मंगलकामना सहित ज्योज्योआले, नानाआङा, आबाआमा, आस्याङआङी, म्हेम्हेमम, सम्दी तथा सम्पूर्ण बाहुन्स्थान परिवारजनमा हार्दिक मंगलमय शुभकामना!

🌼 शुभ नववर्ष 🌼

- बाहुन्स्थान युवा समाज

हार्दिक श्रद्धान्जली हजुरबुवा ....💔
08/04/2026

हार्दिक श्रद्धान्जली हजुरबुवा ....💔

07/04/2026

आज मिति २४/१२/२०८२ मा पुर्ब निर्धारित समय साँझ ठिक ८ बजे बसेको भर्चुअल बैठक देहायका महानुभावहरुको सहभागितामा सफलतापुर्वक सम्पन्न भएको जानकारि गराईन्छ ।

उपस्थित महानुभावहरु:

१. विजय तामाङ
२. बिमल तामाङ
३. मदन तामाङ
४. आशिश कुमार तामाङ
५. कुमार तामाङ
६. सोनम तामाङ
७. विक्रम तामाङ
८. आशिम तामाङ
९. सिता तामाङ
१०. बुद्दिमान तामाङ
११. विवेक तामाङ
१२. मान व. तामाङ
१३.अनिल तामाङ
१४. बालकृष्ण तामाङ्ग
१५. राम तामाङ्ग

उपस्थित सबैको सहमतिमा तदर्थ समिति गठन भएको पनि जानकारि गराईन्छ ।

गठित समिति
१. अध्यक्ष: सन्त ब. तामाङ
२. कोषाध्यक्ष: रत्न ब. तामाङ
३. सचिव: विजय तामाङ
४. प्रमुख सल्लाहकार: बुद्दिमान तामाङ
५. सल्लाहकार: बिमल तामाङ
६. सल्लाहकार: चन्द्र तामाङ
७. सल्लाहकार: मान ब. तामाङ (गोले)
८. सल्लाहकार: मान ब. तामाङ ( स्याङतान)
६. सामाजिक सन्जाल व्यवस्थापक: मदन तामाङ

07/04/2026

बाहुन्स्थान युवा समाज
(संस्था दर्ता पश्चात मात्र आधिकारिक लेटरहेड प्रयोगमा आउनेछ)

मिति: २४/१२/२०८२

विषय: भर्चुअल बैठकमा उपस्थित हुने सम्बन्धमा

श्रीमान्/श्रीमती/सम्पूर्ण सदस्यज्यूहरू,

बाहुन्स्थान युवा समाज गठन गर्ने उद्देश्यले आज साँझ ठिक ८:०० बजे भर्चुअल माध्यमबाट बैठक बस्ने जानकारी गराइन्छ। यस महत्वपूर्ण बैठकमा संस्थासँग सम्बन्धित विभिन्न विषयहरूमा छलफल हुने भएकाले यहाँको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।

छलफलका विषयहरू:
१. बाहुन्स्थान युवा समाज नामक संस्था/संघको स्थापना सम्बन्धमा ।
२. संस्थाको तदर्थ समिति गठन सम्बन्धमा ।
३. संस्थाको नाममा बैंक खाता सञ्चालन गर्ने सम्बन्धमा ।
४. विधि तथा प्रक्रिया अनुसार संस्था दर्ता गर्ने सम्बन्धमा ।
५. संस्थाको आधिकारिक सामाजिक सन्जाल सन्जाल सन्चालन सम्बन्धामा ।
थप(बिबिध)
६. दुर्सगाङ्ग (चिहान) को बर्तमान मुद्धाको सम्बन्धामा ।

📍 माध्यम: भर्चुअल (Online)
⏰ समय: साँझ ८:०० बजे

अतः सम्पूर्ण सरोकारवाला सदस्य तथा युवाहरूलाई अनिवार्य रूपमा उपस्थित भई आफ्नो महत्वपूर्ण सुझाव तथा धारणा राखिदिनुहुन अनुरोध गरिन्छ।

सहकार्य र सहभागिताको अपेक्षासहित।

धन्यवाद।

भवदीय,

आज मिति 21/12/082 (शनिवार) दिउँसो "बाहुन्स्थान युबा समाज" संस्था (बाहुन्स्थान को समग्र बिकासको निम्ति) गठन सम्बन्धि बैठक...
04/04/2026

आज मिति 21/12/082 (शनिवार) दिउँसो "बाहुन्स्थान युबा समाज" संस्था (बाहुन्स्थान को समग्र बिकासको निम्ति) गठन सम्बन्धि बैठक सम्पन्न भएको छ ।

Address

Thakre-4
Dhading
45110

Telephone

+9779803535307

Website

Alerts

Be the first to know and let us send you an email when बाहुन्स्थान युवा समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बाहुन्स्थान युवा समाज:

Share