26/07/2025
आज मिति २०८२ साउन १० गते (२०२५ जुलाई २६), समृद्ध समाजको समन्वय र सहजीकरणमा परिवर्तन बाल क्लब दंगीशरण गा.पा.-३ चितानपुरमा गठन गरिएको छ। क्लब गठन कार्यक्रम सहकर्मी समाजका संस्थागत विकास अधिकृत पुनाराम पन्थी, समृद्ध समाजकी अध्यक्ष दिल कुमारी बि.क., कार्यक्रम व्यवस्थापक प्रमोद के.सी., तथा वरिष्ठ सामुदायिक प्रशिक्षक सुशिला चौधरीको गरिमामय उपस्थितिमा सम्पन्न भएको हो।
कुल २७ जना सदस्यहरूसहित गठन भएको परिवर्तन बाल क्लबले मनोरञ्जनात्मक गतिविधिमा सहभागिता, आवश्यक परेको बेला अन्य व्यक्तिहरूलाई सहयोग, गाउँमा सरसफाइको प्रवर्द्धन, लागूऔषध सम्बन्धी सचेतनामूलक कार्यक्रम, सिर्जनात्मक क्षमताको विकास तथा नेतृत्वदायी क्षमता विस्तार गर्ने उद्देश्यले क्लब स्थापना गरिएको हो।
क्लब पदाधिकारी निम्नानुसार चयन गरिएको छ:
अध्यक्ष: कपिल बि.क.
उपाध्यक्ष: गीता बि.क.
सचिव: निमेश कुँवर योगी
सह-सचिव: सन्तोष बि.क.
कोषाध्यक्ष: प्रकृति अधिकारी
यस क्लबको सफल कार्यकालको लागि हामी हार्दिक शुभकामना व्यक्त गर्दछौं।
क्लब स्थापना र प्रारम्भिक गतिविधिका लागि रु.१०,००० आर्थिक सहयोग उपलब्ध गराई अत्यन्त सराहनीय भूमिका निर्वाह गर्नुहुने अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–८, ठाडुङ्गाबाट बसाइँसराइ गरी हाल रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–५, मणिग्राममा बसोबास गर्दै आउनुभएका श्री रिम प्रसाद पन्थी, बसुन्धरा भुसाल पन्थी, वर्षा पन्थी, र बिबेश पन्थीलाई क्लब परिवारको तर्फबाट धेरै धेरै धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छौं।
त्यसैगरी, उक्त सहयोग प्राप्त गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सहकर्मी समाजका संस्थागत विकास अधिकृत पुनाराम पन्थीज्यूलाई समेत हामी विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं। उहाँको पहल र सक्रिय प्रयासले नै आज यो क्लबको प्रारम्भिक यात्रा सम्भव भएको हो।
#बाल_विकास #समृद्ध_समाज #बालक्लब_परिवर्तन