Sanyukta Mutu

Sanyukta Mutu An international non-profit organization promoting environmental protection, social responsibility.

20/07/2026

संयुक्त मुटु टिमले मोतिटापु (देवानगञ्ज-३) का मोहम्मद इलियास अन्सारी र उहाँकी श्रीमतीको कठिन परिस्थितिलाई ध्यानमा राख्दै एक महिनाको खाद्यान्न राहत सहयोग गरेको छ।
अत्यधिक ऋण र आर्थिक संकटका कारण अरूको खेतमा मजदुरी गर्न बाध्य यो परिवारलाई थोरै भए पनि राहत मिलोस् भन्ने हाम्रो उद्देश्य हो। उहाँहरूको सुखद भविष्यको लागि प्रार्थना गरिदिनुहोला। 🙏
#संयुक्तमुटु #मानवता #सहयोग

18/07/2026

हरिनगर गाउँपालिका–४ निवासी करिब ८५ वर्षीय तुल बुल पण्डित ज्युको दृष्टि गुम्ने अवस्थामा रहेको र उहाँ अत्यन्त कठिन परिस्थितिमा जीवनयापन गरिरहनुभएको छ। उहाँका तीन छोरामध्ये दुई जनाको निधन भइसकेको छ भने एक जना छोराबाट पनि आवश्यक हेरचाह प्राप्त हुन सकेको छैन।

यस दुःखद अवस्थालाई मध्यनजर गर्दै संयुक्त मुटु (Sanyukta Mutu) परिवार उहाँको घरमै पुगेर भेटघाट गरी खाद्यान्न सामग्री (Food Package) सहयोग गरेको छ।

हामी सबैको सानो सहयोगले कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ। आउनुहोस्, मानवताको सेवामा हातेमालो गरौं। 🙏

आज मिति २०८३/०३/२५ गते संयुक्त मुटु संस्थाको उपाध्यक्ष पदमा निर्वाचित हुनु भएका आदरणीय श्री सरफराज आलमज्यूलाई हार्दिक बध...
09/07/2026

आज मिति २०८३/०३/२५ गते संयुक्त मुटु संस्थाको उपाध्यक्ष पदमा निर्वाचित हुनु भएका आदरणीय श्री सरफराज आलमज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

तपाईंको नेतृत्व, समर्पण र समाजसेवाप्रतिको सकारात्मक सोचले संस्थालाई अझ उचाइमा पुर्‍याउने विश्वास लिएका छौं। आगामी दिनहरू सफल, सम्मानित, उपलब्धिमूलक तथा प्रेरणादायी रहून् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

संयुक्त मुटु संस्थाको उद्देश्य र अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउन तपाईंको महत्वपूर्ण भूमिका रहनेछ भन्ने पूर्ण विश्वास छ।
धेरै धेरै बधाई तथा उज्ज्वल कार्यकालको शुभकामना! 💐🎉
— संयुक्त मुटु परिवार 🙏❤️
Sanyukta Mutu

03/07/2026

संयुक्त मुटु (Sanyukta Mutu) टोलीले कोशी गाउँपालिका–४ निवासी नागेश मेहताका परिवारलाई खाद्यान्न सहयोग प्रदान गरेको छ।

उहाँका छोरा विगत १ वर्ष ४ महिनादेखि दुर्घटनापछि गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहनुभएको छ। हाल थप उपचारका लागि भारत लैजाने निर्णय गरिएको छ, तर आर्थिक अभावका कारण उपचारमा कठिनाइ भइरहेको छ।

यस कठिन घडीमा उहाँको उपचारका लागि सक्दो आर्थिक सहयोग गरिदिन तथा यो अपिललाई धेरैभन्दा धेरै Share गरिदिन हार्दिक अनुरोध गर्दछौं।

सानो सहयोगले पनि एउटा जीवन बचाउन सक्छ।

🤝 Wherever there is a need, Sanyukta Mutu Team is there. ❤️Let's join hands and move forward together on the journey of ...
01/07/2026

🤝 Wherever there is a need, Sanyukta Mutu Team is there. ❤️

Let's join hands and move forward together on the journey of humanity. Even a small act of kindness can make a life-changing difference. Through service, compassion, and unity, we can build a stronger, more caring, and more humane society.
Unity is our strength. Service is our identity. 🙏❤️
Sanyukta Mutu

Today, a fruitful meeting was held between Jiya Khan  President of Helping Heart Nepal  , and Mohasim Ansari , Secretary...
30/06/2026

Today, a fruitful meeting was held between Jiya Khan President of Helping Heart Nepal , and Mohasim Ansari , Secretary of Sanyukta Mutu
Organization, to discuss NGO development, social service initiatives, future collaboration, and various strategic plans.

At the conclusion of the meeting, as a symbol of mutual respect, friendship, and partnership, Jiya khan , President of helping heart Nepal presented a token of appreciation to Mohsim Ansari, Secretary Sanyukta mutu Organization.

We believe that meaningful meetings and strong partnerships like these will further strengthen our shared mission of serving communities and creating a greater positive impact through humanitarian work. ❤️ 💙

29/06/2026

परदेशमा रहँदा अचानक मस्तिष्क घात (Brain Hemorrhage) भई शल्यक्रिया पछि आँखाको ज्योति गुमाउनुभएका हरिनगर गाउँपालिका-४, खाँडी टोलका मन्जुर अन्सारी को पीडित परिवारलाई आज संयुक्त मुटु टोलीको तर्फबाट खाद्यान्न सामग्री (Food Package) हस्तान्तरण गरिएको छ।
कमाउने मुख्य व्यक्ति नै दृष्टिविहीन भई ओछ्यान परेपछि आर्थिक संकटमा परेको यस परिवारलाई सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले हाम्रो टोली उहाँकै निवासमा पुगेर यो सहयोग गरेको हो।
मन्जुर अन्सारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौँ।

26/06/2026

सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ४, हरिनगराकी वृद्ध आमा पर्बते उरावको कथा निकै पीडादायी थियो। आम्दानीको कुनै स्रोत नहुँदा उहाँ र उहाँकी छोरीले दुई छाक टार्न पनि निकै संघर्ष गरिरहनु परेको थियो। यो दुःखद अवस्थाको जानकारी पाउनासाथ संयुक्त मुटु टिम (Sanyukta Mutu Team) उहाँहरूको सहयोगको लागि तत्कालै पुग्यो र खाद्यान्न प्याकेज सहयोग स्वरूप प्रदान गर्‍यो। दुःखीको घाउमा मलम लगाउने यो प्रयासका लागि संयुक्त मुटु टिमलाई धेरै-धेरै धन्यवाद! 🙏❤️

24/06/2026

मानवीय सेवाको अभियानमा संयुक्त मुटु परिवार

केही दिनअघि हरिनगर गाउँपालिका वडा नं. ४ निवासी गणेशी दासको परिवारको अवस्था बुझ्न संयुक्त मुटु टोली पुगिएको थियो। आज उक्त अति विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग प्रदान गरिएको छ।

परिवारका सबै सदस्य अपाङ्गता तथा मानसिक समस्याबाट पीडित हुनुहुन्छ। आयआर्जनको कुनै स्रोत नभएको र दैनिक छाक टार्नसमेत कठिनाइ भइरहेको अवस्थामा सानो सहयोगले पनि ठूलो राहत मिल्ने विश्वास लिएका छौँ।

सहयोगी मनहरूलाई धन्यवाद।

21/06/2026

मानवता र सेवाको यात्रामा 'संयुक्त मुटु'!" ❤️🤝
​हामी जहाँ भए पनि - असमर्थ र असहायहरूको सेवामा सधैं एकजुट हुनुपर्छ। क्यान्सर जस्ता गम्भीर रोगबाट पीडित, अशक्त र आर्थिक अभावका कारण उपचार पाउन नसकेका बिरामीहरूका लागि हामी सहारा बन्ने कोसिस गरिरहेका छौं।
​यो केवल एउटा संस्था होइन, यो हामी सबैको 'संयुक्त मुटु' हो। हाम्रो लक्ष्य भनेको कसैले पनि औषधिको अभावमा वा भोकभोकै ज्यान गुमाउनु नपरोस् भन्ने हो। यो पवित्र कार्यमा हामीलाई हजुरहरू सबैको साथ, सहयोग र मायाको आवश्यकता छ। हाम्रो टिममा जोडिनुहोस् र कसैको अनुहारमा मुस्कान ल्याउन मद्दत गर्नुहोस्। 🙏🇳🇵🇶🇦

Address

Chitwan
44213

Alerts

Be the first to know and let us send you an email when Sanyukta Mutu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share