14/09/2026
राष्ट्रिय बाल दिवस २०८३ को हार्दिक शुभकामना!
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने भावनासहित आजको दिन हाम्रा बालबालिकाको अधिकार, सुरक्षा, शिक्षा, स्वास्थ्य र उज्ज्वल भविष्यप्रति प्रतिबद्ध हुने दिन हो।
बालबालिका राष्ट्रका भविष्य मात्र होइनन्, आजका सम्भावना र परिवर्तनका संवाहक पनि हुन्। उनीहरूलाई माया, संरक्षण, गुणस्तरीय शिक्षा र आफ्नो विचार व्यक्त गर्ने अवसर प्रदान गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
आउनुहोस्, हरेक बालबालिकाको सपना, प्रतिभा र अधिकारको सम्मान गर्दै बालमैत्री, सुरक्षित, समावेशी र समृद्ध समाज निर्माणमा हातेमालो गरौँ।