Hamro Janmabhumi Samajik Sastha हाम्रो जन्मभूमि सामाजिक संस्था

  • Home
  • Nepal
  • Chautara
  • Hamro Janmabhumi Samajik Sastha हाम्रो जन्मभूमि सामाजिक संस्था

Hamro Janmabhumi Samajik Sastha हाम्रो जन्मभूमि सामाजिक संस्था हाम्रो जन्मभूमि सामाजिक संस्था
(नाफा ?

हाम्रो जन्मभूमि सामाजिक संस्था नेशनल सोसल वेलफेयर सम्मान २०२१ बाट सम्मानित

काठमाडौं । हाम्रो जन्मभूमि सामाजिक संस्था पहिलो पटक सम्मानित भएको छ । स्थापना भएको थोरै समयमा धेरै राम्रो काम गर्न सफल भएको भन्दै सिजन मिडियाद्धारा आयोजित नेशनल सोसल वेलफेयर सम्मान २०२१ बाट सम्मानित भएको हो ।
काठमाडौंमा आयोजना भएको विशेस समारोहमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननिय उमा रेग्मी ज्यूको हातवाट उक्त

सम्मान हाम्रो जन्मभूमि सामाजिक संस्थाका अध्यक्ष गिता श्रेष्ठलाई हस्तानतरण गरेको हो । उक्त सम्मान ग्रहण पश्चायत संस्थाको तर्फबाट अध्यक्ष गिता श्रेष्ठले संस्थाका सम्पूर्ण सदस्यहरुलाई बधाई दिनुको सार्थै उक्त सम्मान प्रदान गर्नुहुने सिजन मिडिया र मन्त्री उमा रेग्मीलाई विशेष धन्यबाद दिनु भएको छ ।

के हो ? अनि कसरी जन्म भयो हाम्रो जन्मभूमि ?


जननि जन्मभूमिश्च स्वगादपी गरियसी
हाम्रो जन्मभूमि सामाजिक संस्था
(नाफा रहित संस्था)
Hamro Janmabhumi Samajik Sastha
( A nonprofit Organization)



समाजमा साना–साना कामहरु गरेर पनि ठूला–ठूला परिवर्तनहरु गर्न सकिन्छ । व्यक्तिको सकारात्मक शोच, समाज रुपानतरण अनि गाउँको विकास विना देशको विकास हुन सक्दैन । सुरक्षा, शान्ति र स्थानियमा संस्थागत विकास आजको आवश्यकता हो । समृद्ध नेपाल अनि शुखी नेपाली हुनको लागि समाज परिवर्तन हुनै पर्छ । यसलाई मुल रुप दिन स्वाभिमानी हातहरुको हातेमालो आवश्यक पर्छ । शिक्षा, स्वास्थ्य र मानवियता प्रमुख परिवर्तनका आयम हुन । यसलाई मुर्त रुप दिन युवा शक्ति अगाडी आउनै पर्छ । हामीले नगरे कस्ले गर्ने ? अहिले नगरे कहिले गर्ने ? त्यसैले युवा शक्तिहरुको मेहनती, स्वाभिमानी हातहरु जाँगरिला साथहरु परिचालन गर्न यस हाम्रो जन्मभूमि सामाजिक संस्थाको जन्म भएको हो ।
त्यहि युवा शक्तिहरुलाई एकिकृत र संगठित गर्दै समन्वत्मक रुपमा परिचालन गरि समाज परिवर्तन गर्न र स्थानिय विकासमा सक्दो सहयोग गर्न समाजमा आपसि सदभाव, सहयोग, भाईचारा, सामाजिक सेवा अभियान गर्न यस संस्था विधिवत रुपमा २०७७ साल चैत्र २६ गते सिन्धुपाल्चोक जिल्लामा जि.प्र.का. कार्यालयमा दर्ता भएको (दर्ता नं. २१३२) हो । यो संस्थाले (देशैभर) नेपालको पूर्व मेची देखी पश्चिमको महाकाली सम्मको जुनसुकै स्थानमा काम गर्न सक्ने गरि कार्यक्षेत्र प्राप्त गरेको छ ।
यो संस्था एक अविछिन्न उत्तराधिकारीवाला, संगठित, स्वाशासित, गैरनाफामुलक, गैरराजनितिक तथा गैर सरकारी सामाजिक संस्था हो । संस्थाबाट आफ्नो उद्देश्य बाहेक आय आर्जन गर्ने तथा कुनै प्रकारको शुल्क लिई वा नलिई परामर्श प्रदान गर्ने कार्य नगर्नेे संस्था हो । यस संस्थाले हाम्रो जन्मभूमिको विधान २०७७ परिच्छेद २ को ४ र ५ मा उल्लेख भएको उद्देश्यहरु परिपूर्ति गर्न लगातार अघि बढि रहेको छ । समाजमा आपत विपतमा परेकाहरुको बेलाको साथी बन्न चराई रहेको घाउमा मलहम लगाउन यस सामाजिक संस्थाको विधिवत रुपमा संस्थागत सहयोग गर्नको निमित्त यस संस्थाको जन्म भएको हो ।

हाम्रो जन्मभूमि सामाजिक संस्था मार्फत हालसम्म गरिएको सहयोगको अपडेट
१, स्वदेश देखी विदेशबाट समेत हामीलाई विश्वास गरेर विभिन्न समयमा गरि रु १०० देखी ७०,६८५ सम्म १२,८१,४८० रुपैयाँ सहयोग गर्नु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं ।
२ विभिन्न ठाउँहरुमा नगद सहयोग (व्यक्ति देखी संस्थासम्म) ९,३७,१६९
३, व्यवस्थापन (व्यानर १२,००० तेल १,००,०००, खादा २०,००० अन्य १८,०००) १,५०,०००
४, श्रम सहयोग ( ५ जना ३० घण्टाको दरले १५०, २० वटा कार्यक्रम) ३,००० घण्टा
५, ५१,००० भन्दा बढी सहयोग गर्नेहरु जम्मा ४ जना त्यसै गरि २५ हजार देखी ४९,९०० सम्म सहयोग गर्नेहरु ८ जना, ५ हजार देखी २४,९०० सम्म सहयोग गर्ने ६६ जना र १०० देखी ४,९०० सम्म सहयोग गर्नेहरु ८१ जना रहेका छन । आजको मितिसम्म जम्मा १५९ जनाले यस संस्थालाई सहयोग गरेका छन ।
६, यस संस्थामा अहिलेसम्म १ जना विशेष सहित ४५ जना मानर्थ सदस्य र २९ जना आजिवन सदस्हरु रहेका छन ।

हाम्रो जन्मभूमि सामाजिक संस्थाले अहिलेसम्म गरेका सामाजिक कामहरुः

यस संस्थाले एक वर्ष भित्रमा औपचारिक रुपमा १९ वटा सामाजिक काम गरि सकेको छ । जुन यस प्रकार रहेको छ ।
१, २०७७ चैत्र ३ गते अत्यन्त अस्वस्थ विमारी कर्मबोध सुदिप थापालाई नगद रु १,३६,७३० सहयोग ।
२, २०७८ साल असार १ गते साहाराको घर भरतपरमा दिवाखाना स्वरुप रु ७५०० सहयोग ।
३, २०७८ साल असार १ गते बालबालिका सेवा आश्राम इटहरीमा एक दिवसिय भोजनको लागि नगद रु १५,००० उपलब्ध गराईएको ।
४, २०७८ साल असार १ गते श्रृजनशिल बाल आश्रम बुटवलमा एक दिवसिय भोजनको लागि रु ७५०० उपलब्ध गराईएको ।
५, २०७८ साल असार ५ गते मेलम्ची बाढीपिडितलाई स्थानिय स्तरमै गई १,३८,००५ बराबरको ४० घर परिवारलाई खाद्यन्न सामाग्रि वितरण गरेको ।
६, २०७८ साल श्रावण ५ गते बोनमारो पिडित शुशिल शाहीलाई उपचारको लागि १६३,००० नगद सहयोग उपलब्ध गराईएको ।
७, २०७८ साल भाद्र १ गते जन्मजात अपाङ्गा, सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी न.पा. १३ निवासी घााटीको क्यान्सर पिडित गणेश बहादुर श्रेष्ठलाई नगद ९२,००० हस्पिटलमै गई सहयोग हस्तानतरण गरेको ।
८, २०७८ साल भाद्र १५ गते दुर्घटनामा परेर अशक्त भएको विकास गौतमलाई उपचारको लागि नगद ९०,००० सहयोग हस्तानतरण गरेको ।
९, २०७८ अशोज १२ गते मानव कल्याण समाज झौखेलमा आश्रित वालवालिकाहरुलाई एक दिवसिय खाना स्वरुप रु ७,५०० उपलब्ध गराईएको ।
१०, २०७८ साल अशोज १८ गते श्रृजनशिल आश्रममा आश्रित बालबालिकाहरुलाई एक दिवसिय मिष्ठान्न भोजन गर्न रु १०,००० उपलब्ध गराईएको ।
११, २०७८ साल अशोज २९ गते चौतारा बृद्धआश्रममा आश्रित बृद्धाबृद्धहरुलाई न्यानो कपडा सहित मिष्ठान्न भोजन र नगद रु ७५०० उपलब्ध गराईएको ।
१२, २०७८ साल कार्तिक १२ गते बौद्धिक अपाङ्गाता संघ चौतारामा नगद रु २७,००० उपलब्ध गराईएको ।
१३, २०७८ साल कार्तिक २५ गते अर्घाखाँचीका ४ वटा विद्यालयमा शैक्षिक सामाग्रि र नगद रु २७,१२५ बराबरको उपलब्ध गराईएको
१४, २०७८ साल पौष २९ गते सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी न.पा. वडा नं. १३ मा स्थापित ५ वटा स्कूललाई रु ४४,७८० बराबरको शैक्षिक सामाग्रि हस्तान तरण र उक्त वडामा गरिव असाहय मेरुदण्ड भाँचिएकी महिलालाई ह्वील चियर वितरण गरिएको ।
१५, २०७८ साल माघ २२ गते आमाको मायाँ छात्राबास भरतपुरमा ३०,२०० बराबरको न्यानो कपडा, शैक्षिह सामाग्रि हस्तानतरण ।
१६, २०७८ साल माघ २३ गते असाहाय बृद्ध कल्याण् समाज चितवनमा आश्रृत बृद्धाबृद्धहरुलाई न्यानो कपडा, खाद्यन्न लगायतका समानहरु रु ३५,५०० बराबरको सहयोग हस्तानतरण ।
१७, २०७८ साल फाल्गुण २७ गते मानव कल्या समाज काभ्रेमा अवस्थित बृद्धाबृद्धहरुलाई १६,००० बराबरको खाद्यन्न सामाग्रि हस्तानतरण गरेको ।
१८, २०७८ साल फाल्गुण २७ गते सुनसरीको ईटहरीमा रहेको २ वटा विद्यालयमा ५९,०४९ बराबरको शैक्षिक सामाग्रिहरु वितरण गरेको ।
१९, २०७८ साल चैत्र ५ गते आमाको माया छात्राबास धादिङ्गमा १३,७८० बराबरको खाद्यन्न सामाग्रि हस्तानतरण गरेको ।
२०, २०७८ साल चैत्र १४ गते एसएसडिआरसि कोटेश्वरमा ९,००० सहयोग अटिजम बालबालिकाहरुको लागि।
visit our site for more details: https://hamrojanmabhumi.blogspot.com

Address

Sindhupalchowk
Chautara
45306

Alerts

Be the first to know and let us send you an email when Hamro Janmabhumi Samajik Sastha हाम्रो जन्मभूमि सामाजिक संस्था posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share