Generation Z, Jilu

Generation Z, Jilu A Gen Z corner for Revolution, ideas, and real talk
Welcome to Generation Z Jilu

✅ उनिहरूका बा.. लाई पक्राउ गर्दा त प्रतिशोध भयो तर ती कलिला युवाहरुको टाउको र छातीमा गोली बर्सिदा के भएको थियो ? आफ्नो स...
28/03/2026

✅ उनिहरूका बा.. लाई पक्राउ गर्दा त प्रतिशोध भयो तर ती कलिला युवाहरुको टाउको र छातीमा गोली बर्सिदा के भएको थियो ? आफ्नो स्वार्थ पुर्तिका लागि साइनो गासेका बा.. लाई थुनामा राख्दा त्यस्तो छट्पटी भइराछ भने, आफ्ना कलिला छोरा-छोरिहरूलाई गोली लागेर क्षतविक्षत भएका लासहरु कसरी हेरिन होला ती आमाहरुले ?
ती आमाहरुको पीडा कल्पना गर्न सक्छौ ?
एक चोटी सोध न, आफ्नो मुटुको टुक्रा गुमाएर, कसरी बाँचिराछिन ती आमाहरु?
तिम्रा बा त निर्दोष भए थुनामुत्त भइहाल्छन,
ती छोराहरु, जसलाई तपाई र तपाई को बा को सरकार ले मार्यो, ती कहिल्यै फर्किने छैनन।
✅ पहिला २३, त्यसपछि २४ ..
✅ दोषिलाई कार्वाहि र पिडितलाई न्याय 🙏

Nabin Singh Ghatal

27/02/2026

समाचार सम्प्रेषण गर्न त पार्टी सदस्यता हेर्ने पत्रकारहरुको समाचार पढेर हेरेर हामीले विश्वास गरिदिनु पर्ने? आफ्नो आङको भैंसी नदेख्ने पत्रकारहरुले अरूको आङको जुम्रा केलाको हेरेर हामीले वा भनिदिनु पर्ने?


GEN-Z Dolakha
GEN-Z Kalinchowk

13/02/2026

जिलुबासी महानुभावहरु, अब केही दिन देखि तपाईंको घरमा भोट माग्न नेताहरु आउँदै छन् । कानुन, नीति, रणनीतिको कुरा त छँदै छ एमालेका नेताहरु घरमा आए भने सोध्नु होला "दुई वर्षमा बनाउन सम्झौता भएको चरिकोट जिलु सडक तपाईंको पार्टीका नेताले 4 वर्ष बित्दा सम्म पनि अलपत्र पार्दा तपाईं कहाँ हुनुहुन्थ्यो?"

10/02/2026

कृषिलाई राष्ट्रको आधार मानेर आधुनिकीकरण र व्यावसायिकीकरण गर्नुपर्छ। आधुनिक प्रविधि, सिँचाइ, बीउ–बिजन र बजारको सुनिश्चितताले किसानलाई आत्मनिर्भर बनाउँछ। कृषिसँगै श्रमलाई सम्मान गर्दै श्रमशक्तिलाई पर्यटन र कृषिसँग जोड्दा रोजगारी सिर्जना हुन्छ, युवाहरू विदेशिनु कम हुन्छ, र स्थानीय अर्थतन्त्र बलियो बन्छ।
व्यक्तित्व विकास समाजको मेरुदण्ड हो। शिक्षासँगै सीप, नैतिकता, नेतृत्व र आत्मविश्वास विकास गरिनुपर्छ। विशेषगरी बालबालिकालाई पोषणयुक्त खाना, उपयुक्त पोशाक, स्वास्थ्य र शिक्षाको पहुँच दिनु पहिलो प्राथमिकता हुनुपर्छ, किनकि स्वस्थ र शिक्षित बालबालिका नै भविष्यका सक्षम नागरिक हुन्।
जहाँ विकास हुन्छ, त्यहाँ जनसंख्याको उचित व्यवस्थापन पनि आवश्यक हुन्छ। योजनाबद्ध बसोबास, रोजगारी, शिक्षा, स्वास्थ्य र वातावरणीय सन्तुलन कायम राख्दै दिगो विकास अघि बढाउनुपर्छ।
यसरी कृषि, श्रम, पर्यटन, शिक्षा, बालकल्याण र जनसंख्या व्यवस्थापनलाई एकै सूत्रमा बाँधेर अघि बढ्दा मात्र समृद्ध, आत्मनिर्भर र सन्तुलित समाज निर्माण सम्भव हुन्छ।
जबसम्म यस्तो बिचारकाे बिकास हुदैन जबसम्म स्थानिय तहबाटै सबैकाे ब्यबस्थापन गरिदैन तबसम्म बिकास असम्भव छ जब बिकास सम्भब हाेला तब गाउँ सगै देस रित्तो भएकाे पत्ताे नहाेला भएको बिद्यालय रित्तो हुनेछन् अस्पताल रित्तो हुनेछन सडक खालि अनि बिकास खल्लाे हुनेछ
जय नेपाल
जय देश
जय मातृभूमि
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Manjitaa Dahal

बुझिन मैले बुझाईदेउ कसैले सिंहदरबार जल्दा मेयर मात्रै दोषी, बच्चा मर्दा  सत्ता निर्दोष? करिब ३०० मिटर पर आगो बलिरहँदा एउ...
09/02/2026

बुझिन मैले बुझाईदेउ कसैले
सिंहदरबार जल्दा मेयर मात्रै दोषी, बच्चा मर्दा सत्ता निर्दोष?
करिब ३०० मिटर पर आगो बलिरहँदा एउटा प्रश्न गुञ्जियो दमकल किन गएन?
तर त्यो प्रश्न यति ठूलो स्वरमा सोधियो
मानौँ, काठमाडौं महानगरपालिकामा एउटा मात्रै पद छ मेयर।
मानौँ, उपमेयर छैनन्।मानौँ, ३२ वटा वडा छैनन्।मानौँ, वडाध्यक्ष छैनन्।मानौँ, कार्यपालिका छैन, बहुमत छैन,
माहानगर को सबै सत्ता, सबै चाबी, सबै आदेश एकै जनाको खल्तीमा मात्र थियाे त?

यदि साँच्चै त्यस्तो हो भने प्रश्न मेयरलाई मात्रै होइन, उपमेयरले के हेरेर बस्नुभयो? अनि वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु
कार्यपालिकामा बहुमत भएका वडाध्यक्षहरू कुन ध्यानमा मग्न हुनुहुन्थ्यो?
कार्यपालिका सदस्यहरू कुन जिम्मेवारीबाट भागिरहनुभएको थियो?
कि उनीहरू सबै लोकतन्त्रको सौन्दर्य हेर्दै थिएसिंहदरबार जलिरहेको,र जिम्मेवारी धुवाँजस्तै उडिरहेको।
अचम्म लाग्छ एउटा नगर प्रमुखले दमकल नपठाएको आरोप लाग्दा देशभर हल्ला,
तर कार्यपालिकामा बहुमत रहेको पुराना दलका प्रतिनिधिहरू मौन।किनकि प्रश्न सोध्नेहरू नै उनीहरू हुन्,
र मौन बस्नेहरू पनि उनीहरू नै।यो प्रश्न आगो निभाएन भन्ने मात्रै होइन।यो प्रश्न जिम्मेवारीको नाटक हो। सिंहदरबार बालेको निजि सम्पति थिएन त्यसको संरक्षण गर्नु सबैको दायित्व हो।
जब जित्दा सबैको जित हुन्छ,तर संकट पर्दा ऊ एक्लै दोषी ।नगर प्रमुख र नैतिकताको आधारमा जिम्मा लिनुपर्छ ।
अघिल्लो दिन बालबच्चा मारिँदा तत्कालीन सत्ता प्रमुखले जिम्मा लिनुपर्थेन?
त्यो बेला किन संयन्त्र, परिस्थिति, जटिलता सम्झाइयो?
आज किन सबै जटिलता हराएर एउटै नाममा दोष थोपर्ने सरल राजनीति?

सिंहदरबार जल्दा दोष मेयरको,
बालबालिका मारिदा दोष कसैको होइन।यो नै हाम्रो तितो यथार्थ । जहाँ आगो निभाउन नसक्नेहरू नै प्रश्न सोध्छन्,
र प्रश्न सोध्नेहरू नै आगो बाल्छन्।यदि सिंहदरबार जलाउने मेयर सजायको भागिदार हुन् भने,त्यो आगो टुलुटुलु हेरेर बस्ने
उपमेयर, वडाध्यक्ष,बहुमत कार्यपालिका सदस्य
सबै सजायको भागीदार हुन्। तर यहाँ अपराध खोजिँदैन,
यहाँ बलिको बोका खोजिन्छ।र जबसम्म प्रश्न सबैलाई बराबरी सोधिँदैन,त्यतिन्जेल सिंहदरबार मात्रै होइन,
जिम्मेवारी, नैतिकता र सत्य सबै जलेर खरानी हुँदै जान्छ।

***n ***nshah ***nshahnews
सुमन ढकाल - Copied 🙏🇳🇵
GEN-Z Dolakha

07/02/2026

नयाँ भन्ने युवाहरुले के गर्छन् र?
केही जानेका छैनन् के मिलाउन र?
यस्तो भन्ने हरुले आफूले जन्म दिएका छोरा छोरीलाई भीरमा लगेर धकेल्छन् की नाई होला?
आखिर ती पनि त नयाँ नै हुन्, भोली के गर्लान् र???

GEN-Z Dolakha

05/02/2026

अनि सुन्नु भयो?
स्थापित दलकाको कुरा?
हाम्रो पार्टी र नेताहरुले यत्रो वर्षमा तह लाउन नसकेको कर्मचारी तन्त्र नयाँ भनाउदाले सुधरलान नी पाँचै वर्षमा रे???

भने पछि यिनलाई नी आशा त रैछ नी? कत्रो ठूलो आशा ।
नयाँ लाई यिनैले भोट हालेर दुईतिहाइ पुर्याउने अरे यसपाली ।
😀😄
GEN-Z Dolakha
GEN-Z Kalinchowk
Generation Z, Jilu


04/02/2026

ल ध्यान दिउँ है त?

कथा १
एउटा देशमा एकाएक जनसागर ओइरिन्छा । शान्तिपूर्ण प्रदर्शन हुन्छ । अनि भीड नियन्त्रण भन्दा बाहिर लाग्छ। गोली चल्छ। कलिलो शरीर ढल्छ।
कार्यपालिका प्रमुख भन्छ : आदेश मैले दिने होइन ।
समर्थक भन्छन् : विभागीय प्रमुख दोषी, सम्बन्धित अधिकारी दोषी, किन हाम्रो नेतालाई दोष?

कथा २
त्यही देश मा अर्को दिन विध्वंशक आन्दोलन हुन्छ । जल्न नपर्ने संरचना जल्छन् । कैयु इतिहास ढल्छन्। विभिन्न निस्सा, किस्सा बदल्छन् । अनि सबै भन्दा पुरानो ऐतिहासिक सिंहदरबार खरानीमा बदल्छन् । आर्मीको एउटा सिङ्गै गण उपस्थित तर अस्तित्व रोकेनन्, नजिकैको पालिकाको दमकलले साइरन ठोकेनन् ।
कार्यपालिका प्रमुख भन्छन् : हामीले कोसिस गर्यौ सकेनौं ।
समर्थक भन्छन् : कोसिस गरेकै हुन सकेनन्, छेकाई मा परे, जान पाएनन्, आर्मी ले रोक्न किन सकेन ?

अनि
एक थरी विश्लेषकहरुको स्पष्टोक्ती,
कथा २ का पात्र दोस्रो घटनाका मुख्य नाइके हुन । कथा १ त विभागीय को जिम्मेवारी हो ।
पहिलै भनेका थिए । पुरा गरे । फाँसीमा झुन्ड्याउनु पर्छ ।
अर्का थरी प्रष्ट्याउँछन्, कथा १ का पात्र प्रमुख दोषी हुन्, जेल कोचेर भएभरको सबै क्षतिपूर्ति असुलउपर गराउनु पर्छ ।

दुवै अप्रिय घटना हुन । हुनै हुँदैनथ्यो । भयो, देशले ठूलो जन धनको क्षति बेहोर्न पर्यो । प्राण गयो, अब आउँदैन फर्की । संरचना बरु बन्लान् पर्खी ।
एउटा कार्यकारीले आदेश दिँदैन भने अर्को ले कसरी दिन्छ?
एउटा ले दिन्छ भने अर्को ले किन दिँदैन?

दुवै घटनाको फरक फरक चोट भार होलान् तर मर्मिक्ता, व्यवहारिकता तथा अस्तित्व हेर्ने हो भने कुनले बढी विक्षिप्त बनाएको छ, अनि कुन कुरा पुनः प्राप्ति गर्न सकिन्छ कुन सकिन्न?
आखिर हामी निष्पक्ष भएर कहिले विश्लेषण गर्ने? अनि हामी सधैं पक्षधरता मै सिमित हुने हो?

साथमा माथिको घटनालाई अझ प्रस्ट पार्ने सामान्य गाउँले भाषाको अर्को सानो किस्सा जोड़ें, कथा ३
एउटा गाउँ रहेछ, गाउँमा धेरैको आफ्नै कामकाज, आफ्नै रहनसहन । त्यही गाउँको एउटा अगुवा व्यक्ति हरेक दिन गाउँले सबैलाई कुनै न कुनै बहानामा केही आशा देखाउने, केही नयाँ दिने, र उसको पछि लाग्न बाध्य बनाउने । कामचलाउ रूपमा सबै पूरा गरेजस्तो देखाउँदै सबैको मन जितेको पनि । उसले बिस्तारै सबैलाई उसको अन्धभक्त बनाउन सफल भएछ । अनि एक दिन सबै मानिस एकोहोरो भएर उसको पछि लागेछन । पछि विस्तारै अभाव हुँदै गयो । भनेको ठाउँमा चाहेको कुरा नहुँदा मान्छे किन भएन भनेर प्रश्न गर्न लागे ।यहाँ को कहा गयो भन्न लागे । बिस्तारै सबैले पीडा पोख्न लागे, दिक्क मान्न लागे, रिस पोख्न लागे, कसैले खाना नपाएर, कसैले पिउन नपाएर, कसैले लाउन नपाएर त कसैले जिउँन नपाएर । यस्तै यस्तैमा एक दिन सबै नजिकैको बगरमा भेला भएर विरोध गरेछन । एकाएक भेलबाडी आएर धेरैलाई बगाएछ । बाँकी हुने रुवाबासी, चिच्याटहत, भाँडभैलो गर्दै डोजर लिएर खोलै भत्काइदिएछन् । बग्ने प्रष्ट बाटो नभएर पानि बस्तीमा पसेर सबै घर गोठ बगाईदिएछ । आखिर चोट त गाउँलाई नै पर्यो । नमार्नु आफ्नै छिमेकी मर्यो । सब विरोधीहरुकै कारण, हो आखिर अगुवाले के गर्यो?

सम्झनुस् त, यो तेस्रो कथामा तपाईंको विचारको दोषी को?
१. आश गर्ने गाउँले
२. प्रश्न गर्ने गाउँले
३. विरोध गर्ने
४. आक्रोशमा होस् गुमाउने गाउँले
५. त्यो अवस्था मा पुर्याउने अगुवा

विचार तपाईंको, जवाफ तपाईंको ।

04/02/2026

यसको सत्यता के हो त बिस्तारै आउला, तर निर्वाचनमा यस्तो एकोहोरो, घमण्डी अनि सन्ठी स्वभावले ठूलै चुनौती खेप्नु पर्ने देखिन्छ । आखिर नरम, शान्त, विवेकी, दुरदृष्टि तथा नीति भएको कोही नभएकै हो त?
Rastriya Swatantra Party - RSP ??

30/01/2026

गजल: इतिहासको रगत र आजको सपना

रगत दिएर देशको, भाग्य कोर्ने ती सहिद हुन्
मुठ्ठी कसी निरङ्कुशता, तोड्ने ती सहिद हुन्।

हिजो शुक्रराज र गङ्गालाल, हाँस्दै झुण्डिए झुलमा
आज छातीमा तातो गोली, रोक्ने ती सहिद हुन्।

कोही फेसबुकका भित्ता छोडी, सडकमा आएका थिए
आफ्नो कलिलो जवानी, देशलाई सुम्पने ती सहिद हुन्।

ए आमा! नखोज अब, छोरो फर्किन्छ कि भनी
माटोको सुगन्ध बनेर, बाँच्ने ती सहिद हुन्।

कसैलाई पदको लोभ थियो, कसैलाई कुर्सीकै मोह
तर स्वार्थ त्यागी देशका लागि, ढल्ने ती सहिद हुन्।

शालिकमा फूल चढाउने त, स्वार्थीहरू धेरै छन् यहाँ
तर शून्यतामा नयाँ बिहानी, खोज्ने ती सहिद हुन्।

सलाम छ त्यो जेन्जी जोसलाई, जो इतिहास बनेर गयो
हाम्रो स्वतन्त्रताको जग, बस्ने ती सहिद हुन्, अमर सहिद हुन् ।



बाँचेर देशका लागि, मर्नुको मजा बेग्लै हुन्छ
मृत्युलाई नै जितेर, मर्नुको मजा बेग्लै हुन्छ ।

हिजोसम्म जो तन्नेरी, केवल आफ्नै धुनमा हराउँथे
आज तिनैले इतिहास, कोर्नुको मजा बेग्लै हुन्छ।

कलिला ती हातहरूले, झण्डा बोकेर निस्किए जब
आँखामा नयाँ सपना, छर्नुको मजा बेग्लै हुन्छ।

ए आमा! तिम्रो काख त, आज सारा देशकै काख भो
धर्तीका लागि रगत, झार्नुको मजा बेग्लै हुन्छ।

दुनियाँले भन्थ्यो जसलाई, यो पुस्ता त अल्छी छ निकै
तिनले नै गोली छातीमा, थाप्नुको मजा बेग्लै हुन्छ।

चोकमा ठडिएका शालिक, केवल ढुङ्गा मात्र होइनन्
सहिद भई मुटुमा, बस्नुको मजा बेग्लै हुन्छ।

Diwakar Dahal
#विरसहिद

Address

4 Charikot/Jilu Road
Charikot
45500

Website

Alerts

Be the first to know and let us send you an email when Generation Z, Jilu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share