24/09/2026
🇳🇵 हार्दिक बधाई तथा शुभकामना ! 🇳🇵
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको महाअभियानअन्तर्गत देशभर सम्पन्न हुँदै गरेका अधिवेशनबाट नवनिर्वाचित वडा सभापति तथा सम्पूर्ण कार्यसमिति, क्षेत्रीय प्रतिनिधि, गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका तथा महानगरपालिकाका नवनिर्वाचित सभापति एवं सम्पूर्ण कार्यसमितिहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
इतिहासले निर्माण गरेको नेपाली कांग्रेसको गौरवपूर्ण यात्रालाई सम्मान गर्दै, अबको यात्रालाई नयाँ सोच, नयाँ ऊर्जा र नयाँ पुस्ताको सक्रिय सहभागितासहित समाजसँग अझ नजिक जोड्ने कांग्रेस बनाउनु आजको आवश्यकता हो।
अग्रजहरूको अनुभव र योगदानलाई सम्मान गर्दै युवाहरूको ऊर्जा, सिर्जनशीलता र नेतृत्वलाई अवसर दिने वातावरण निर्माण गरौँ। कांग्रेस केवल चुनावका बेला जनतामाझ पुग्ने होइन, सुख–दुःखमा समाजसँगै उभिने संगठन बनाऔँ।
आउनुहोस्, “समाजका लागि कांग्रेस र कांग्रेसका लागि समाज” भन्ने भावनालाई आत्मसात् गर्दै नवीन कांग्रेस निर्माणको यस महाअभियानमा हामी सबै एकजुट बनौँ।
🇳🇵 १५औँ महाधिवेशनलाई एकता, उत्साह र लोकतान्त्रिक संस्कारका साथ भव्य एवं सफल बनाऔँ।
श्रीधर बस्याल
बगनाशकालि-०७-पाल्पा
सम्पर्क:- 9857034584
Leading with vision. Serving with dedication.
Theme: “Strengthen the Bond”
Focused on youth empowerment, leadership growth, and meaningful service.
- श्रीधर बस्याल
बगनाशकालि-०७-पाल्पा