20/10/2025
आज बुटवल–१२ मा आयोजित विशेष सरसफाई कार्यक्रममा उत्साहजनक रूपमा सहभागी हुनुभएका संपूर्ण टोलवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौं।
तपाईंहरूको सक्रिय सहभागिता, सहयोग र एकताले हाम्रो टोललाई अझ सफा, सुन्दर र व्यवस्थित बनाएको छ।
यस्तो सामूहिक प्रयासले हाम्रो समाजमा सफा वातावरण र सहकार्यको सुन्दर सन्देश फैलाएको छ।
यसै अवसरमा, तिहारको पावन पर्व — दीपावली, भाइटीका र गोवर्द्धन पूजाको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
आगामी दिनहरू तपाईंहरू सबैका लागि खुसी, समृद्धि र स्वास्थ्यपूर्ण जीवनका द्योतक बनून् भन्ने कामना गर्दछौं।
सफा टोल, सुन्दर टोल — हाम्रो गौरव, हाम्रो पहिचान।
शुभकामनासहित,
चौराहा टोल विकास संस्था
बुटवल–१२, रुपन्देही