10/08/2026
रिजन–१३
जोन–२७ र जोन–२८ अन्तर्गतका लायन्स क्लबहरूको शपथग्रहण तथा पदस्थापन सम्पन्न
बुटवल । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी, नेपालको रिजन–१३ अन्तर्गत जोन–२७ तथा जोन–२८ का विभिन्न लायन्स क्लबहरूको शपथग्रहण तथा पदस्थापन समारोह भव्य रूपमा सम्पन्न भएको छ।
२०८३ साउन २० गते (५ अगस्ट २०२६) दियालो फुडल्याण्ड, कालिकानगर, बुटवलमा आयोजित समारोहमा डिस्ट्रिक्ट गभर्नर PMJF Lion Sandeep Kasaudhan प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कासौधनले पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिदै लायन्सको सेवा अभियानलाई प्रभावकारी बनाउन एकता, सहकार्य र नेतृत्वबीचको समन्वय महत्वपूर्ण हुने बताउनुभयो।
समारोहमा रिजन–१३ अन्तर्गतका विभिन्न लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नवनियुक्त क्लब पदाधिकारीहरूलाई शपथग्रहण गराउँदै पदस्थापन गरिएको थियो।
रिजन–१३ का चेयरपर्सन Lion Narayan Tiwari ले आफ्नो कार्यकालमा सदस्यता वृद्धि, नेतृत्व विकास, क्लब सुदृढीकरण तथा समुदायको वास्तविक आवश्यकतामा आधारित सेवामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले रिजनअन्तर्गतका सबै क्लबलाई एउटै सेवाभावमा एकीकृत गर्दै व्यवस्थित, प्रभावकारी र परिणाममुखी सेवा अभियान सञ्चालन गर्ने बताउनुभयो।
२० सदस्यसहितको सहभागितामा लायन्स क्लब अफ बुटवल सिद्धार्थ सम्मानित
समारोहमा Highest Participation अन्तर्गत २० जना सदस्यसहित उल्लेखनीय सहभागिता जनाएबापत Lions Club of Butwal Siddhartha लाई विशेष सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा क्लबको उत्साहपूर्ण सहभागिता, सक्रियता र सेवाप्रतिको प्रतिबद्धताको कदरस्वरूप प्रदान गरिएको उक्त सम्मानले सदस्यहरूमा थप ऊर्जा र उत्साह सञ्चार गरेको छ।
उच्चतम सहभागिताको सम्मानले सामूहिक सहभागिता, सहकार्य र सेवाभाव नै लायन्स अभियानको महत्वपूर्ण शक्ति भएको सन्देश दिएको छ।
“Rooted in Service • Think Positive • Spread Happiness” भन्ने मूल भावनासहित सम्पन्न समारोहले रिजन–१३ मा नयाँ नेतृत्व र नयाँ उत्साहका साथ सेवाको नयाँ अध्याय प्रारम्भ गरेको छ।
समाजमा खुशी, आशा र सकारात्मक परिवर्तन फैलाउने लक्ष्यसहित रिजन–१३ ले आगामी लायन वर्षलाई सेवामुखी, प्रभावकारी र उपलब्धिमूलक बनाउने संकल्प गरेको छ।