06/10/2026
बुटवलमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न
बुटवल । लायन्स क्लब अफ बुटवल सिद्धार्थको आयोजनामा ‘शान्ति चित्रकला प्रतियोगिता २०२६–२०२७’ शनिबार बुटवल–११, देवीनगरस्थित लुम्बिनी शिक्षालयमा सम्पन्न भएको छ।
प्रतियोगितामा सहभागी बालबालिकाले चित्रमार्फत शान्ति, सद्भाव, प्रेम र मानवताको सन्देश प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
बालबालिकाको सिर्जनशीलता र कलात्मक प्रतिभाको विकास तथा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको लायन्स क्लब अफ बुटवल सिद्धार्थका अध्यक्ष ले जनाउनुभयो।
कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक, विद्यालय परिवार, निर्णायक तथा सहयोगी सबैप्रति क्लबले धन्यवाद व्यक्त गरेको छ।
लायन्स क्लब अफ बुटवल सिद्धार्थ
Help For Helpless | We Serve