28/03/2026
आज वीरगन्ज पब्लिक कलेजद्वारा आयोजित 'साहित्यिक उत्सव २०८२' को भव्य समारोहका बीच उत्कर्ष नेपालका आदरणीय अध्यक्ष श्री ऋतु राज (Ritu Raj) ज्यू सम्मानित हुनुभएको छ।
साहित्यिक क्षेत्रमा उहाँको निरन्तर सक्रियता तथा नेपालमा भोजपुरी भाषाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै कलेजले उहाँलाई विशेष सम्मान गरेको हो।
यो सम्मान ऋतु राज ज्यूको मात्र नभई सम्पूर्ण उत्कर्ष नेपाल परिवारकै लागि एउटा गर्वको विषय हो। उहाँको यो साहित्यिक यात्रा अझै उचाइमा पुगोस् भन्ने कामना गर्दछौँ।