नेपाली साहित्य समाज, उर्लाबारी

  • Home
  • Nepal
  • Biratnagar
  • नेपाली साहित्य समाज, उर्लाबारी

नेपाली साहित्य समाज, उर्लाबारी साहित्य लेखन र प्रकाशन

उर्लाबारीलाई कर्मथलो बनाएर साहित्य सिर्जना गरिरहेका उर्जाशील कवि कृष्ण उदासीको “पानीको पर्खाल” कवितासङ्ग्रहको गृह विमोचन...
11/11/2025

उर्लाबारीलाई कर्मथलो बनाएर साहित्य सिर्जना गरिरहेका उर्जाशील कवि कृष्ण उदासीको “पानीको पर्खाल” कवितासङ्ग्रहको गृह विमोचनमा उर्लाबारी र यस वरपर पायक पर्ने सबैमा सविनय निम्तो छ । आउनुहोस् , हौसला बॅाडौं ।

https://nepalisahitya.com/posts/thab-ra-samayaka-bratha-thaii-kataka-vamacana
07/07/2024

https://nepalisahitya.com/posts/thab-ra-samayaka-bratha-thaii-kataka-vamacana

आज नेपाली साहित्य समाजको आयोजनामा कृति विमोचन,समीक्षा र सम्मान कार्यक्रम उर्लाबारी नगरपालिकाको सभहलमा सम्पन्न ...

नेपाली साहित्य समाजका सदस्य, सल्लाहकार, कवि, कथाकार, मूर्तिकार मन्जुल मितेरी नेपाल सरकार संस्कृति तथा नागरिक उड्डयन मन्त...
15/07/2023

नेपाली साहित्य समाजका सदस्य, सल्लाहकार, कवि, कथाकार, मूर्तिकार मन्जुल मितेरी नेपाल सरकार संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयबाट २०७९ को ललितकला तर्फको पुरस्कारले सुशोभित हुनुभएकाले वहॅाको उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक बधाई तथा हर्षबढाईं व्यक्त गर्दछौं ।

हाम्रा कार्यक्रम।
01/05/2023

हाम्रा कार्यक्रम।

गगनका कविताहरू परिपक्व हुनुका पछाडि यी धेरै कारणहरू छन् । संघर्ष गरेको मान्छेले जिन्दगी चिनेको हुन्छ ।
19/02/2023

गगनका कविताहरू परिपक्व हुनुका पछाडि यी धेरै कारणहरू छन् । संघर्ष गरेको मान्छेले जिन्दगी चिनेको हुन्छ ।

हातको औँला छिन्यो तर समस्याको पहाड ढलेन - गगन लिम्बू | Gagan Limbu Biography | The Poet Idol Credit...

मिति २०७९ पुस १६ गतेका दिन नेपाली संगीतका अग्रज र अत्यन्तै आरणीय सर्जक तथा गायकहरू एल.पी. जोशी, शिवशङ्कर थापा, सिताराम त...
01/01/2023

मिति २०७९ पुस १६ गतेका दिन नेपाली संगीतका अग्रज र अत्यन्तै आरणीय सर्जक तथा गायकहरू एल.पी. जोशी, शिवशङ्कर थापा, सिताराम ताजपुरिया र विशाल राईलाई सम्मान गर्ने कार्यक्र सम्पन्न भयो । नेपाली साहित्य समाजको आयोजना र उर्लाबारी नगरपालिकाको प्रायोजनमा भएको यस ऐतिहासिक कार्यक्रममा बिहानी कलाकेन्द्रले सांगीतिक कार्यक्रमको सम्पूर्ण व्यवस्थापन गरेको थियो ।
कार्यक्रममा एल.पी. जोशीका २ गीत ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ र ‘ओल्लो खोलो पल्लो खोलो’, शिवशङकर थापाका ‘भन्थिन् मेरी उनी’ र ‘मेरो आँखामा भर दिन’, सीताराम ताजपुरियाका ‘गौरादहको बजारमा’ र ‘छिटको सारी चौबन्दी चोलीमा’, विशाल राईका ‘फेरि पनि लुम्बिनी बुद्ध जन्माइदेऊ’ र ‘होश गरहै वैँशैमा’ गीत गाइएका थिए । कार्यक्रममा सम्मानित व्यक्तित्वहरूका अनुभव र अनुभूतिका बारेमा छलफल पनि गरिएको थियो ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । नेपाली साहित्य समाजको आग्रहलाई स्वीकार गरिदिनु हुने सम्मानित स्रष्टाहरूलाई हार्दिक धन्यवाद । साथै प्रमुख अतिथिको रुपमा रहेर कार्यक्रमलाई भव्य बनाइदिनुहुने कवि मिश्र वैजयन्तीलाई हार्दिक धन्यवाद । सांगीतिक कार्यक्रमको सम्पूर्ण व्यवस्था मिलाइदिएर कार्यक्रमलाई भव्य बनाइदिनुभएकोमा यशोदा शाक्य सहित बिहानी कला केन्द्रको सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद । स्रष्टाहरूको जीवन भोगाई र अनूभूतिका बारेमा सर्जकसँग गरिको छलफल कार्यक्रममा सहजकर्ताको भूमिका सफलतापूर्वक निर्वाह गरिदिनु भएकोमा कवि गगन योक्पाङ्देनलाई हार्दिक धन्यावाद । हल उपलब्ध गराईदिने सगरमाथा सहकारी र ध्वनी यन्त्रको राम्रो प्रवन्ध गरिदिनुहुने सूर्य श्रेष्ठ सहित सिम्रन साउण्डलाई पनि हार्दिक धन्यवाद । र विशेष धन्यवाद जो हाम्रो निम्तोलाई स्वीकारेर कार्यक्रममा आइदिनु भयो ।

यो कार्यक्रम इतिहासले सम्झने छ । त्यसका लागि सिर्जना कर्ममा लाग्नुभएका सबै आदरणीय व्यक्तित्वहरूको उपस्थिति अनिवार्य छ ।
25/12/2022

यो कार्यक्रम इतिहासले सम्झने छ । त्यसका लागि सिर्जना कर्ममा लाग्नुभएका सबै आदरणीय व्यक्तित्वहरूको उपस्थिति अनिवार्य छ ।

Address

Biratnagar
021

Telephone

9842136545

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली साहित्य समाज, उर्लाबारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाली साहित्य समाज, उर्लाबारी:

Share