27/09/2025
आज मिति २०८२ साल आश्विन ११ गते, शनिबारका दिन, लियो क्लब अफ विराटनगर यंग हार्ट र लियो क्लब अफ काठमाडौं रिसुङ्गाको संयुक्त आयोजनामा हिन्दूहरूको महान् चाड विजयादशमीको शुभकामना आदान–प्रदान कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम लियो डिष्टिक काउन्सिल ३२५ ‘C’ का अध्यक्ष आदरणीय मनोज तिवारीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। यस अवसरमा हाम्रो क्लब लियो क्लब अफ विराटनगर यंग हार्टका पास्ट प्रेसिडेन्ट आदरणीय बिमोर्ष सिद्धार्थ दाइ, इमिडिएट पास्ट डिष्टिक प्रेसिडेन्ट लियो–लायन शिवशंकर मण्डलज्यूसहितका डिष्टिक बोर्डका पदाधिकारीज्यूहरू, लियो क्लब अफ विराटनगर युनिकका अध्यक्ष लियो अनुज कार्की, लायन्स क्लब अफ विराटनगर युनाइटेडकी जोइन्ट–ट्रेजर लायन सङ्गीता घिमिरे बरालज्यू, रतुवामाई नगरपालिका कार्यकारी अधिकृत आदरणीय मामा कुबेर बरालज्यू, लियो क्लब अफ विराटनगरका बोर्ड सदस्य तथा सदस्यहरू साथै लियो क्लब अफ काठमाडौं रिसुङ्गाका अध्यक्ष लियो कुसुम बास्कोटाज्यूको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
यस कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनु भएका लियो डिष्टिक काउन्सिल ३२५ ‘C’ परिवार, सम्पूर्ण पास्ट प्रेसिडेन्टहरू, लायन सङ्गीता घिमिरे बरालज्यू, आदरणीय मामा कुबेर बरालज्यू तथा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
यस्ता ट्युनिङ्ग कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर गर्दै लैजाने प्रतिबद्धतासहित, आजको विजयादशमी शुभकामना आदान–प्रदान कार्यक्रमलाई सफल र भव्य बनाउन साथ र सहयोग पुर्याउनु भएका सम्पूर्ण लियो–लायन्स परिवारलाई फेरि एकपटक धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। 🙏
साथै, लियो क्लब अफ विराटनगर यङ्ग हार्टको सम्पूर्ण टिमको तर्फबाट २०८२ सालको हिन्दूहरूको महान् चाड बडादशैं, शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ। ❤️
लियो क्लब अफ विराटनगर यङ्ग हार्ट परिवार